इटहरी । उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन शनिबार हुँदैछ । यो निर्वाचनमा चार जनाले अध्यक्ष पदमा प्रतिष्पर्धामा गर्दैछन् । अध्यक्षका लागि जीवन पराजुली, रञ्जु सिग्देल र गायत्री कटवाल (भण्डारी), मणिन्द्रबहादुर कटवालबीच प्रतिष्पर्धा हुनेछ । अध्यक्षका उम्मेदवार पीताम्बर पोखरेलले भने पराजुलीको समूहलाई समर्थन गरेका छन् । अध्यक्षका उम्मेदवार पराजुलीले २२ वर्षकै उमेरदेखि व्यवसायमा लागेका कारण र व्यवसायीको हितमा काम गर्ने अनुभव आफूमा भएको बताएका छन् ।इटहरीदेखि दार्जीलिङ हुँदै काठमाडौँसम्म पुगेर शैक्षिक अध्ययन गरेका उनले यसअघि जेसीज, लायन्स जस्ता संस्थामा नेतृत्व गरिसकेका छन् ।तरहरा जेसीज वर्ष २०१३ का अ
कुमोद अधिकारी मोरङ । मोरङका तीन दर्जन गरिब दलित छात्राहरुलाई मानवअधिकार तथा शान्ति समाज नेपालले पढाइमा प्रोत्साहन दिइरहेको छ । विपन्न दलित छात्राहरुको माध्यमिक शिक्षामा पहुँच बढाउन गत बर्षदेखी पाँच बर्षे छात्राबृत्ती अभियान सञ्चालन गरि शान्ति समाज नेपालले मोरङको कटहरी र धनपालथान गाउँपालिकाका तीन दर्जन गरिब दलित छात्राहरुलाई बर्षेनी छात्राबृत्ती प्रदान गरि पढाईमा प्रोत्साहन गर्न थालेको हो । ‘छोरी पढाऔ गरिमा बढाऔँ’ भन्ने आह्वानसहित ६ कक्षामा पढने दलित छात्राहरुलाई गतबर्षदेखी छात्राबृत्ती प्रदान गर्न थालिएको र कक्षा १० सम्म पुगुन्जेल निरन्तर जनही १२ हजारका दरले छात्रबृत्ती प
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले तेस्रो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । आज बिहानै साढे पाँच बजे विमानस्थल पुगेका मन्त्री किरातीले विमान स्थलमा क्रमिक सुधार भएको छ वा छैन भनेर अनुगमन गरेका हुन् । तेस्रो पटक अनुगमनमा पुगेका उनी विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको बताए । उनले भने, ‘यो नै पूर्ण सुधार होइन । तर, क्रमिक सुधार भएको छ । यसबाट म आंशिक सन्तुष्ट छु । २४ सै घण्टा खटेर एयरपोर्टलाई सुन्दर बनाउने ब्युटिसियनहरुलाई विशेष धन्यवाद छ ।’एयरपोर्टको शौचालयमा म्युजिक जडान गरिनु, गुनासोका लागि क्युआर को
इटहरी । इटहरी उद्योग वाणिज्य संघको यही माघ २८ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा उमेदवारी दिएका हालका महासचिव पिताम्बर पोखरेलले जीवन पराजुली प्यानललाई समर्थन गर्ने भएका छन् ।जीवन पराजुली प्यानलको संकल्प पत्र सार्वजनिक कार्यक्रममा सहभागी भएर बोल्दै अध्यक्षका उमेदवार समेत रहेको पोखरेलले आफनो समेत मत जीवन पराजुलीलाई जाने बताएका हुन् ।संकल्प पत्र सार्वजनिक कार्यक्रममा विभिन्न पार्टी तथा व्यवसायीहरुका ६ वटा संगठनको समर्थन पराजुली प्यानललाई रहेको सो अवसरमा जानकारी गराइयो । संकल्प पत्र सार्वजनिक कार्यक्रममा पराजुली प्यानलका उमेदवारहरु सहित उद्योग वाणिज्य संघ इटहरीका पूर्व अध्यक्ष टं
इटहरी । उद्योगी व्यवसायीहरुको हकहितका लागि काम गर्ने छाता संगठन उद्योग वाणिज्य संघका लागि नेतृत्वमा युवा व्यवसायीहरु समेत आकर्षित हुन थालेका छन । यही क्रममा इटहरी उद्योग वाणिज्य संघको आगामी २८ गते हुने निर्वाचनमा पनि युवाहरु व्यवसायीहरु समेत उमेदवार रहेका छन् ।उमेरमा युवा भएपनि आधा दर्जन वढी विभिन्न किसिमका व्यवसायी फर्महरु कुशलता पुर्वक सञ्चालन गरिरहेका युवा व्यवसायी सिनेट रिजाल पनि इटहरी उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएका छन् ।व्यवसायीक क्षेत्रमा समेत बढ्दो प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै प्रविधिका विषयमा समेत जानकारी हासिल गरेका युवाहरु न
इटहरी । उद्योगी व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य संघको निर्वाचनको मिति नजिकीएसंगै उमेदवारहरु मतदाता व्यवसायीहरुको मन जित्ने अभियानमा जुटेका छन् ।यही माघ २८ गते हुने उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनका लागि उमेद्वारी दिएका उमेदवारहरु मत माग्न मतदाताहरुलाई भेटघाटलाई तिब्रता दिदै आएका हुन् ।उद्योगी व्यवसायीको नेतृत्वका लागि आ–आफ्नो प्यानल बनाएर उमेदवारहरु मत मागि रहेको समयमा जीवन पराजुली नेतृत्वको प्यानल पनि मतदाता उद्योगी व्यवसायीहरुको भेटघाटलाई बढाएको छ । मत माग्दै पराजुली प्यानल पनि मतदाताहरुका व्यवसायिक प्रतिष्ठान तथा घरदैलोमा पुग्ने क्रम जारी राखेको छ । मतदाताहर
काठमाडौँ । राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) आजदेखि १९औँ वर्षमा प्रवेश गरेको छ ।वार्षिकोत्सवका अवसरमा टेलिकमले आज भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालय प्राङ्गणमा विशेष समारोह आयोजना हुने जनाएको छ ।कम्पनीका प्रवक्ता शोभन अधिकारीका अनुसार कम्पनीले हरेक वर्ष माघ २२ गते आफ्नो वार्षिकोत्सव मनाउने गरेको छ । टेलिकमले मोबाइल टेलिफोन सेवा, जिएसएम, जिपीआरएस, थ्रीजी र फोरजी सेवा दिइरहेको छ । कम्पनीले निश्चित लाइन र मोबाइल टेलिफोन सेवा, ब्रोडब्याण्ड र निश्चित–लाइन इन्टरनेट सेवा इन्टरनेट एसएमएस सेवाहरू उपलब्ध गराएको छ ।यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माल
काठमाडौँ । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निमोनियका कारण ९५ वर्षको उमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आएका राणा उपचारका लागि केही दिनअघि त्यहाँ भर्ना भएका थिए ।हिमालय बैंकका संस्थापक राणा नेपालको पहिलो अर्थसचिवसमेत थिए । पछिल्लो समय उनी नागरिक समाजको अगुवाका साथै आमनिर्वाचन पर्यवेक्षक समितिका संस्थापकका रूपमा क्रियाशील थिए । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उनका दुई छोरा र दुई छोरी छन् ।
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको रकममध्ये करिब तीन अर्ब फिर्ता हुने बताएका छन् ।गत मङ्सिर ४ मा निर्वाचनको समीक्षाका क्रममा शुक्रबार सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा उनले निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउन आयोगले विशेष सजगता अपनाएकाले तोकिएका सबै रकम खर्च नहुने भएको जनाए । उनले आसन्न राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन र राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा समेत खर्च गरेर बाँकी रकम फिर्ता गरिने बताए । नेपाल सरकारबाट उक्त निर्वाचनका लागि १० अर्ब विनियोजनमध्ये आठ अर्ब ४९ करोड ९९ लाख निकासा भएकामा हालसम्म छ अर्ब ५० करोड
मोरङ । विराटनगर महानगरपालिकाअन्तर्गतको न्यायिक समितिले द्रुत गतिमा न्याय सम्पादन गर्ने गरेको छ । समितिले चालु आर्थिक वर्ष २०७९–८० को हालसम्म दर्ता भएका एक सय ३८ मुद्दामध्ये ९३ वटाको फैसला गरेको छ । बाँकी मुद्दा सुनुवाइको क्रममा छन् । नेपालको संविधान, २०७२ को धारा २१७ को उपधारा १ मा कानुनबमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्न गाउँपालिकाले उपाध्यक्षको संयोजकत्वमा तथा नगरपालिकाले उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समितिको व्यवस्था गरेको छ । स्थानीय सरकार सञ्चालन ऐनको धारा ४६ को उपधारा १ बमोजिम चालु आवमा दर्ता भएका ३६ मध्ये २३ मुद्दाको महानगरपालिकाको न्यायिक समितिले फैस