इटहरी । सुनसरीको इटहरीमा संचालित इन्खा एकीकृत अस्पतालका अध्यक्ष डाक्टर खगेन्द्र ओलीले आफ्नो जन्म दिन निःसहाय बालबालिका सेवा आश्रम इटहरीका नानीहरुको साथमा मनाएका छन् ।
इटहरी–४ मा संचालित निःसहाय बालबालिका सेवा आश्रमको संस्थागत विकासमा लामो समयदेखि योगदान गर्दै आएका डा. ओलीले बिहीवार बेलुकाको खाना खुवाउनुका साथै १० हजार १ सय पाँच सहयोग पनि गरेका छन् ।
आश्रम संचालिका गिता गौतमले संस्थालाई आर्थिक, भौतिक तथा नैतिक सहयोग पुर्याएकोमा डा. ओलीलाई धन्यवाद ज्ञापन गरेकी छन् ।
दुरदराज गाउँमा गएर नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएका ओली नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाको सहकोषाध्यक्षमा मनोनित भइ काम गर्दै आएका छन् ।
