नगर प्रहरीलाई इलेक्ट्रिक साइकल

  • फागुन १०, २०७९ / नेपाल रेखा
alt

विराटनगर । विराटनगर महानगरपालिकाले नगर प्रहरीको कामलाई थप प्रभावकारी बनाउन इलेक्ट्रिक साइकल वितरण गरेको छ।विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने अभियानमा लागेको महानगरले नगर प्रहरीको कामलाई थप जिम्मेवार बनाउन इलेक्ट्रिक साइकल वितरण गरेको जनाएको छ । महानगर परिसरमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले महानगर प्रहरीका प्रमुख राजन पौडेलसहित नगर प्रहरीलाई इलेक्ट्रिक साइकलको चाबी हस्तान्तरण गरे । विभिन्न वडाका वडाध्यक्षसमेतको उपस्थितिमा नगर प्रहरीलाई इलेक्ट्रिक साइकल वितरण गरिएको हो । सो अवसरमा मेयर कोइरालाले महानगर प्रहरीलाई थप स्रोत साधनयुक्त बनाउने योजनाअनुसार इलेक्ट्रिक साइकल वितरण गरिएको बताए । उनले जिम्मेवार भएर छिटो छरितो रुपमा काम गर्न निर्देशनसमेत दिए ।
सो अवसरमा महानगरका प्रवक्ता सन्तोष न्यौपाने, वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, काजीबहादुर बस्नेत, वासुबहादुर बस्नेत, राम पोखरेल, सूर्यनारायण महतो, जितेन्द्रकुमार साहलगायत विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]