उपभोक्ता सचेतनासम्बन्धी प्रशिक्षण

  • फागुन ९, २०७९ / नेपाल रेखा
alt

विराटनगर । उपभोक्ता जागरण अभियान नेपालको आयोजनामा सोमबारदेखि विराटनगरमा उपभोक्ता सचेतनासम्बन्धी प्रशिक्षणमूलक कार्यक्रम सुरु भएको छ ।
विराटनगर महानगरपालिकाको सहयोगमा जागरण नेपालले उपभोक्तालाई जागरुक बनाउने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको आयोजकले जनाएको छ । प्रशिक्षण कार्यक्रमको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले एक समारोहका बीच उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले राष्ट्रपतिदेखि सामान्य नागरिक पनि उपभोक्ता भएको बताए । हरेक उपभोक्ता जागरुक र सचेत हुनु आवश्यक रहेको उनको भनाइ थियो । हरेक कुरा राज्यले गरिदिओस् भन्ने सोच गलत भएको मेयर कोइरालाले बताए ।
त्यस्तै कार्यक्रममा विराटनगर वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, १५ का प्रकाश साह, १८ का जितेन्द्रकुमार साहले उपभोक्ता जागरणका लागि वडा कार्यालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । जागरण अभियानका मोरङ अध्यक्ष लोचन रिजालको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी चिरञ्जीवी दाहालले सचेतना कार्यक्रमसँगै बजार अनुगमनलाई पनि प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उपभोक्ता जागरण अभियानका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले वडा नम्बर ६, ११, १५ र १८ नम्बर वडाका जनप्रतिनिधिहरुलाई सहभागी गराएर उपभोक्ता सचेतना र जागरणका विषयमा प्रशिक्षण दिइने जानकारी गराए ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]