क्याम्पसका प्राध्यापक सम्मानित

  • फागुन १२, २०७९ / नेपाल रेखा
alt

विराटनगर । विराटनगर स्थित महेन्द्र मोरङ क्याम्पस व्यवस्थापन संकायका सातजना प्राध्यापकलाई बिहीवार सम्मानित गरिएको छ। सम्मानित हुनेहरुमा डा. शिवचन्द्र चौधरी, मोहनकुमार श्रेष्ठ, रामकुमार थापा, डा. मोहनकुमार सुवेदी, वेदप्रसाद संग्रौला, डा. जनकनाथ सापकोटा र जयकुमार महतो रहेका छन् ।
दुई दशक भन्दा वढी समयदेखि क्याम्पसमा प्राध्यापन गरिरहेको उनीहरुलाई विषयगत विभागको प्रमुखमा नियुक्त भएकोमा स्वागत एवं सम्मान गरिएको हो ।
सम्मानित डा चौधरी, व्यवस्थाप विज्ञान श्रेष्ठ व्यवस्थापन थापा वजारशास्त्र डा. सुवेदी वित्तशास्त्र संग्रौला अर्थशास्त्र र डा. सापकोटा लेखाशास्त्रका अध्यक्ष हुन् भने महतो एमपिए अनुसन्धान समितिका संयोजक हुन् ।
उनीहरुलाई क्याम्पसका सहायक प्रमुख शिवनारायण चौधरी तथा डिल्ली पोखरेल र पूर्व सह–परीक्षा नियन्त्रक डा.उद्धव पोखरेलले सम्मानित गरेका हुन् ।
सो अवसरमा बोल्दै क्याम्पसका सहायक प्रमुख पोखरेलले जेष्ठता र क्षमताको आधारमा नियुक्त हुने भएका नयाँ प्रमुखहरुले प्राज्ञिक उन्ननयनमा योगदान दिनेमा आफु विश्वस्त रहेको बताए ।
सहायक प्रमुख चौधरीले विद्यार्थीको चाप अनुसार क्याम्पसमा कक्षा कोठाको अभाव रहेकाले नयाँ भवन आवश्यक रहेको बताए । कार्यक्रममा पूर्व सह–परीक्षा नियन्त्रक डा. उद्धव पोखरेल तथा नन्द न्यौपाने त्रिवि आंशिक प्राध्यापक संघ क्याम्पस एकाई अध्यक्ष धिरज आचार्य सह–प्राध्यापक अर्जुन दाहाल नन्दकिशोर अग्रवाल दिनेश श्रेष्ठ वद्री पौडेल तथा शाखा अधिकृत विनोद कामतले शुभकामना मन्तव्य राखेका थिए ।
स्वतन्त्र प्राध्यपक समूहको आयोजना भएको सो कार्यक्रम डा जनकनाथ सापकोटाको सयोजकत्वमा सम्पन्न भएको हो ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]