शिक्षा–स्वास्थ

    Showing १४१-१५० of १९६ items.
  • कोरोनाले स्वास्थ्य कार्यालय भवन निर्माण कार्य प्रभावित

    इटहरी । सुनसरीको बर्जु गाउँपालिकाको वडा नम्बर १ मा बनाउन थालिएको आधारभूत स्वास्थ्य कार्यालय भवन निर्माण कार्य कोरोनाकाकारण प्रभावित बनेको छ ।७० प्रतिशत निर्माण कार्य भएपनि बाँकी ३० प्रतिशत काम कोरोनाकाकारणले अघि बढ्न नसकेको सोही गाउँपालिका १ नम्बर वडा अध्यक्ष श्याम गुरुङ्गले बताउनु भयो । नेपालमा लक डाउन सुरु हुनुभन्दा एक महिना अघि ४० लाख लागतमा ४ कोठे भवन निर्माण कार्य थालिएको थियो । कोरोनाको कारण निर्माण मजदुर परिचालनमा कठिनाई उत्पन्न भइ हाल सो भवन निर्माण कार्य स्थगित भएको छ । आधारभूत स्वास्थ्य कार्यालय भवन निर्माण कार्य सम्पन्न भएपछि ६ औं तहको स्वास्थ्य कर्मचारीबाट सेवा प्रवाह हुने वडा अध्य

    • प्रकाशित मितिः असोज २५, २०७७
    • २९६ पटक पढिएको
    • "नेपाल रेखा"
  • मेलान सुनसरीद्वारा सहयोग प्रदान

    इटहरी । मेडिकल ल्याबेरोटरी एसोसिएसन अफ नेपाल (मेलान) सुनसरी र प्रदेश स्वास्थ्य प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीको सहकार्यमा १५ हजार ५ सय बराबरको खाद्य सामाग्री सोमबार सहयोग स्वरुप प्रदान गरिएको छ । इटहरी स्थित सरकारी अस्पतालको प्रयोगशाला बिभागमा स्वयम् सेवकको रुपमा कार्यरत एक स्वास्थ्यकर्मीलाई सो सहयोग वितरण गरिएको हो । उनी र उनको ८ जना परिवारलाई कोरोना पोजेटिभ देखिएको थियो । उनीहरु सबै आइशोलेसनमा बसेर सामान्य अवस्थामा आइसकेका छन् । परिवार नै संक्रमित भएपछि उनीहरुलाई पौष्टिक खाद्य सामाग्री उपलब्ध गराइएको मेलान सुनसरी अध्यक्ष डा. खगेन्द्र ओलीले जानकारी दिए । डा. ओलीले लकडाउनकाकारण संकटमा परे

    • प्रकाशित मितिः असोज ५, २०७७
    • १,१४९ पटक पढिएको
    • "नेपाल रेखा"
  • १ सय बेडको आइशोलेसन संचालनसँगै स्वास्थ्य केन्द्रको भवन पनि बनाउन सुरु

    इटहरी । इटहरीमा सय वेडको आइसोलेसन संचालन हुने भएको छ । कोभिड रोकथाम तथा नियन्त्रण मुल समितिका संयोजक नगरप्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको वैठकले यस्तो निर्णय गरेको हो । प्रदेश सांसदहरु सर्वध्वज साँवा र लिलम बस्नेत तथा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, सहयोगी कार्यालय संघ, संस्थाका प्रतिनिधि सहित बैठक बसेको हो । बैठकमा प्रदेश साँसदहरु सर्वध्वज साँवा र लिलम बस्नेतले इटहरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. मनिश शर्मा र स्वास्थ्य महाशाखा प्रमुख चौधरीलाई आइसोलेसनको चावी र पिपिइ हस्तान्तरण गर्नु भयो । इटहरी उपमहानगरको कार्यपालिका बैठकले आइसोलेसन संचालनको जिम्मेवा

    • प्रकाशित मितिः असोज ४, २०७७
    • ४२९ पटक पढिएको
    • "नेपाल रेखा"
  • इटहरी अस्पताललाई दुई वटा एम्बुलेन्स दिइयो

    इटहरी । सुनसरीको इटहरी उपमहानगरले इटहरी ९ नम्बर वडामा अवस्थित इटहरी अस्पताललाई दुई वटा एम्वुलेन्स हस्तान्तरण गरेको छ । म्ंगलबार इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले इटहरी अस्पताल संचालक समिति अध्यक्ष भूपेन्द्र बराललाई उम्बुलेन्सको चावी हस्तान्तरण गर्नुभयो । बराल ९ नम्बर वडा अध्यक्षसमेत हुन् । त्यसैगरी, उपमेयर लक्ष्मी गौतमले इटहरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मनिश शर्मालाई अर्को एम्बुलेन्सको चावी हस्तान्तरण गर्नुभयो । यी दुबै एम्वुलेन्सको प्रयोगबाट अहिलेको विषम परिस्थितिमा इटहरीको स्वास्थ्य सेवालाई सहज बनाउन सहयोग पुग्ने प्रमुख द्वारिकलाल चौधरीले बताउनु भयो ।  

    • प्रकाशित मितिः भदौ २३, २०७७
    • ४६२ पटक पढिएको
    • "नेपाल रेखा"
  • होम आइसोलेसनमा बस्ने संक्रमितलाई भिडियो कल सेवा

    इटहरी । इटहरी अस्पतालले होम आइसोलेसनमा रहेका कोभिड –१९ संक्रमितहरुलाई भिडियो कल मार्फत सेवा दिन थालेको छ ।अस्पतालहरुमा वेड अभाव भएपछि इटहरी क्षेत्रमा घरमै होम आइसोलेशनमा रहेका संक्रमितहरुलाई भिडियो कल मार्फत स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरिएको अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. मनिषकुमार शर्माले बताए । होम आईलेशनमा रहेका संक्रमितको अवस्था बुझेर स्वास्थ्य परामर्श सेवा दिइरहेको डा. शर्माले बताए । होम आइसोलेसनमा बस्दा अपनाउनुपर्ने सावधानी र ध्यान दिनुपर्ने कुराहरु बताइसकिएको छ । इटहरीमा अहिले ६ जना होम आइसोलेसनमा छन् । संक्रमण पुष्टि भइसकेपछि पनि कुनै लक्षण नदेखिए

    • प्रकाशित मितिः साउन २३, २०७७
    • २८७ पटक पढिएको
    • "नेपाल रेखा"
  • सर्वगुणी बेसारः महिमा अपार

    –नारायण अधिकारी चितवन । जानेर वा नजानेर नेपालीको घरघरमा प्रयोग हुने बेसार बहुउपयोगी भएको ज्ञान कमैलाई छ । कतिपयले रङका लागि मात्रै प्रयोग गरेको भए पनि यसले औषधिको काम गरिरहेको कमैलाई थाहा होला । नेपालीको भान्सामा मसलाका रूपमा प्रयोग हुने बेसार दर्जनौँ रोगको औषधि हुने विज्ञले बताएका छन् । मुख्य रूपमा रोगप्रतिरोधी क्षमता विकास गर्न सर्वगुणी बेसारले महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ छ । पतञ्जलि आयुर्वेद मेडिकल कलेज धुलिखेलका प्राचार्य, द्रव्यगुणविज्ञ प्रा डा श्याममणि अधिकारी बेसार रोगविरुद्ध लड्नका लागि उपयोगी हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बेसारले शरीरको शक्ति बढाउन मद्

    • प्रकाशित मितिः असार ७, २०७७
    • २०० पटक पढिएको
    • "नेपाल रेखा"
  • इटहरीमा थप एक जनामा कोरोना पोजेटिभ

    इटहरी । इटहरीका एक जना पुरुषमा कोरोना पुष्टि भएको छ । जनता क्याम्पसको क्वारेन्टिनमा बसेका एक पुरुषमा कोरोना पोजेटिभ भेटिएको हो । उनी एक हप्ता अगाडि भारतबाट इटहरी आएका थिए । क्वारेन्टिनमा रहेकै बेला ज्वरो आएको र धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो । उनी ५० बर्षीय रहेको बताईएको छ । उनलाई थप उपचारको लागि धरान पठाइएको इटहरी उपमहानगरले विज्ञप्ति जारी गरि जनाएको छ । साथै उपमहानगरले सचेत रहन नगरवासीलाई आग्रहसमेत गरेको छ ।

    • प्रकाशित मितिः असार २, २०७७
    • २८५ पटक पढिएको
    • "नेपाल रेखा"
  • नेपाल–इजरायल कोरोना परामर्श समिति गठन

    काठमाडौँ । कोभिड–१९ को उपचारसम्बन्धी ज्ञान र अनुभव आदान प्रदान गर्न नेपाल–इजरायल केरोना योजना (एनआइसीआई) गठन भएको छ । यही जेठ १३ गते इजरायलस्थित नेपाली राजदूतावासको संयोजनमा दुईदेशका चिकित्सकबीच नेपालमा बढ्दै गएको कोरोना सङ्क्रमण नियन्त्रण र न्यूनीकरणका लागि इजरायलले प्राप्त गरेका अनुभव र सफलताका विषय आदन–प्रदानका लागि भर्चुअल संवाद भएको थियो ।संवादका आधारमा कोरानाको महामारीबाट उत्पन्न प्रभाव कम गर्न र आवश्यक मेडिकल व्यवस्थापनका लागि एनआइसीआई गठन भएको इजरायलका लागि नेपाली राजदूत डा अन्जान शाक्यले जानकारी दिनुभयो । दुवै देशका आ–आफ्ना विशेषज्ञसहितको समितिले उपचार र व्यवस्

    • प्रकाशित मितिः जेठ ३०, २०७७
    • ३८६ पटक पढिएको
    • "नेपाल रेखा"
  • लुकीछिपी आउने क्रम रोकिएन, बराहक्षेत्र आइपुगेका युवालाई क्वारेन्टाइन पठाइयो, कोही झुम्का, सुन्दरहरैंचा र सप्तरी ओर्लिए

    अच्युत भट्टराई बराहक्षेत्र । भारतबाट सिधै घर आइपुगेका सुनसरीको बराहक्षेत्र–४ दुब्याही टोलका १ युवकलाई क्वारेन्टाइन पठाइएको छ ।भारतको गुजरातमा मजदुरी गर्दै आएका उनी ५ दिन अगाडि सुनौली बोर्डर आइपुगेको बताउछन् । उनले भने–‘कसैले खोजी खबर गरेन, घरसम्म आउने आधार केही नभेटेपछि ७ जना मिलेर ६ हजारका दरले भाडा तिरेर आएका हौ ।’ उनी संगै आएकामध्ये २ जना सप्तरीमा छन् भने अर्का १ जना सुनसरीको झुम्कामा र अरु ३ जना मोरङको सुन्दरहरैचा गएका छन् । यसरी अव्यवस्थित रुपमा घरमै आइपुग्दा सुरक्षा ब्यबस्था हेरेर आश्चर्यमा परेको सोही वडाका अध्यक्ष आशाराम चौधरीले बताए । उनले भने मैले सिडियो साब लग

    • प्रकाशित मितिः जेठ ३०, २०७७
    • २९७ पटक पढिएको
    • "नेपाल रेखा"
  • पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजमा अनलाईनबाट संक्रमितको भर्ना लिइने

    विराटनगर । मोरङ सुन्दरहरैचाको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गरिने भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गरिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो । संक्रमितहरु अस्पतालमा आएर भर्ना हुन समय लाग्ने गरेको भन्दै उहाँले संक्रमित भर्ना हुनुअघि अनलाइनबाट वेड बुक गर्न सक्ने प्रवन्ध गरिएको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘संक्रमितले वेड वुक गरेपछि वेड नं. र वेडको लोकेसनका आधारमा भर्ना हुनेछन् ।’ संक्रमण देखिएको स्थानबाट एम्वुलेन्

    • प्रकाशित मितिः जेठ २६, २०७७
    • १८५ पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]