होम आइसोलेसनमा बस्ने संक्रमितलाई भिडियो कल सेवा

  • साउन २३, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । इटहरी अस्पतालले होम आइसोलेसनमा रहेका कोभिड –१९ संक्रमितहरुलाई भिडियो कल मार्फत सेवा दिन थालेको छ ।
अस्पतालहरुमा वेड अभाव भएपछि इटहरी क्षेत्रमा घरमै होम आइसोलेशनमा रहेका संक्रमितहरुलाई भिडियो कल मार्फत स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरिएको अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. मनिषकुमार शर्माले बताए ।
होम आईलेशनमा रहेका संक्रमितको अवस्था बुझेर स्वास्थ्य परामर्श सेवा दिइरहेको डा. शर्माले बताए । होम आइसोलेसनमा बस्दा अपनाउनुपर्ने सावधानी र ध्यान दिनुपर्ने कुराहरु बताइसकिएको छ ।
इटहरीमा अहिले ६ जना होम आइसोलेसनमा छन् । संक्रमण पुष्टि भइसकेपछि पनि कुनै लक्षण नदेखिएकाहरुलाई इटहरीमा आवश्यक मापदण्ड पूरा गरेर घरमै बस्न मिल्ने ब्यवस्था गरिएको छ ।
होम आइसोलेशनमा रहेका लक्षणरहित संक्रमितलाई भिडियो मार्फत परामर्श दिने र लक्षण देखा परे वा स्वास्थ्य समस्या जटिल भए कोभिड अस्पतालमा रेफर गरिने इटहरी अस्पतालका इमरजेन्सी प्रमुख रामकुमार धमलाले बताए । संक्रमितहरुलाई मोवाइल न. ९८५२०७३२४८ वाट्स अप वा भाइवर कल मार्फत समेत परामर्श दिइने इमरजेन्सी प्रमुख धमलाले बताए । हालसम्म इटहरी क्षेत्रमा कोभिड–१९ संक्रमितको संख्या २८ जना पुगेको छ । ती मध्ये १४ निको भएर घर फर्किएका छन् । आठ जनाको आइसोलेसन अस्पतालहरुमा उपचार भइरहेको छ ।

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]