नेपाल–इजरायल कोरोना परामर्श समिति गठन

  • जेठ ३०, २०७७ / "नेपाल रेखा"
alt

काठमाडौँ । कोभिड–१९ को उपचारसम्बन्धी ज्ञान र अनुभव आदान प्रदान गर्न नेपाल–इजरायल केरोना योजना (एनआइसीआई) गठन भएको छ । यही जेठ १३ गते इजरायलस्थित नेपाली राजदूतावासको संयोजनमा दुईदेशका चिकित्सकबीच नेपालमा बढ्दै गएको कोरोना सङ्क्रमण नियन्त्रण र न्यूनीकरणका लागि इजरायलले प्राप्त गरेका अनुभव र सफलताका विषय आदन–प्रदानका लागि भर्चुअल संवाद भएको थियो ।
संवादका आधारमा कोरानाको महामारीबाट उत्पन्न प्रभाव कम गर्न र आवश्यक मेडिकल व्यवस्थापनका लागि एनआइसीआई गठन भएको इजरायलका लागि नेपाली राजदूत डा अन्जान शाक्यले जानकारी दिनुभयो । दुवै देशका आ–आफ्ना विशेषज्ञसहितको समितिले उपचार र व्यवस्थापनबारे परामर्श गर्नेछन् । नेपाल पक्षको संयोजकमा काठमाडौँ विश्वविद्यालयका डा विराज कर्माचार्य रहनुभएको छ ।
राजदूत शाक्यले भन्नुभयो, “इजरायल कोरोना नियन्त्रणमा सफल देखिएको सन्दर्भमा अत्याधुनिक प्रविधि, ज्ञान र अनुभवबाट नेपाल लाभान्वित हुनसक्ने अपेक्षा हामीले लिएका छौँ ।”
उहाँ अनुसार सो समितिमा नेपालका तर्फबाट स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान् कोइराला, स्वास्थ्य सेवा विभागका निर्देशक तारानाथ पोखरेल, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका प्रतिनिधि, स्वास्थ्य सेवा विभागकी निर्देशक रोशनी लक्ष्मी तुइतुइ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रुना झा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा गुणनिधि शर्मा, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा अनुप बाँस्तोला, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक, भीमप्रसाद सापकोटा, नेपाल सशस्त्र प्रहरी अस्पतालका डा शैलेन्द्र श्रेष्ठ, नेपाल सैनिक अस्पतालका डा अरुण न्यौपाने र डा सुशील रावल, नेपाल प्रहरी अस्पतालका डा आशिष दत्त, पाटन अस्पतालमा डा आशिष श्रेष्ठ, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका डा सन्तकुमार दास हुनुहुन्छ ।
दुईदेशबीचको दौत्य सम्बन्ध अझ प्रगाढ बनाइराख्न इजरायलको प्रविधि, कृषि, स्वास्थ्यजस्ता क्षेत्रमा नेपाललाई सहयोग गर्ने सम्बन्धमा विभिन्न सम्झौताहरू सम्पन्न भइसकेको छ । ती सम्झौता कोरोनाको महामारी न्यून भएपछि कार्यान्वयन हुनेगरी अघि बढाइने जनाइएको छ ।

सुनसरी घटनाको छानबिन ...

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं प ...

प्रतिनिधिसभामा कप्ता ...

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सीमासम्बन्धी प्रध ...

देवानगञ्ज घटनामा मृत ...

विराटनगर । कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएक ...

डोकामा साग बेच्दै कि ...

ललितपुर महानगरपालिका–१९, इटीटोलस्थित लग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]