राज्यको चौथो अंग भनेर कहलिएको पत्रकारिता जनताको सत्य तथ्य सूचनाको सम्वाहक मात्र होईन सूचनाको एउटै आस्था र भरोसाको केन्द्र पनि हो । पत्रकारिता लाई धुमिल बनाउनेकाम बजारमा भनिए जस्तो थरिथरीका पत्रकारहरु बाट नै हुनेगरेको छ । तसर्थ महासंघलाई नेतृत्व थरिथरीका पत्रकारहरुको चाहिएको होकी, एक योग्य, ईमान्दार, क्षमतावान र जनभावनाको कदर गर्ने असल पत्रकार चाहिएको हो हामीले बुझ्नु पर्ने कुरा हो । नेतालाई मान र पद दिलाउनका लागि मात्र नागरिकले भोट हाल्ने होईन । पक्कै पनि जनभावना अनुरुप जनहितमा नीतिनिर्माण गरि राज्यलाई शुसासन, विकाश र न्यायको को बाटोमा डोर्याउन एक असल र सक्षम नेतृत्वको चयनका लागि नागरिक
निर्वाचनको यो महत्त्वपूर्ण घडीमा पत्रकारहरू कदापि चुक्नुहुँदैन । यस्तो अवस्थामा चुक्नु भनेको आफ्नो खुट्टामा आफैँ बन्चरो हान्नुबराबर हो । मतदान गर्ने समयमा हामीले सिद्धान्तभन्दा कामलाई महत्त्व दिनु व्यावहारिक हुन्छ । पत्रकारिताको भावना बुझेर उम्मेदवारलाई राम्रोसँग चिनेर कुन उम्मेदवारले सही काम गर्न सक्छ ? उसलाई नै मतदान गर्नुपर्ने हुन्छ । शालिग्राम पाण्डे नेपाल पत्रकार महासङ्घको निर्वाचन चैत २५ गते घोषित निर्वाचन विगतभन्दा फरक हुनेछ । विगतमा सुरुमा जिल्लाको निर्वाचन गरिने र जिल्लाका पत्रकारहरूले प्रदेश तथा केन्द्रीय पार्षद् छनोट गर्ने प्रचलन थियो । तिनै छनोट भएका प्रदेश पार्षदला
कोरोनाको प्रभाव फैलँदो छ । जाडो बढ्दो छ । भाइरसको प्रकोप जाडोमा झन धेरै हुने भनिन्छ । आफु र परिवारमा यसको प्रभाव अत्यन्त न्युन होस् अथवा पर्दै नपरोस् भन्नु छ भने आफु नै सचेत रहनु पर्छ । लागिसके पछि अर्कोलाई गाली गर्नु र रिसाउनुको कुनै अर्थ छैन । नेपालरेखा / लामो समयको कोरोना त्रास संगै अब समाज बिस्तारै सामान्य जनजिवनमा फर्किन सुरु भएको छ । यद्यपी कोरोना संक्रमण जोखिम भने यथावत नै छ भने अर्कातिर आशालाग्दो कुरा निको हुनेको संख्या पनि बढ्न थालेको छ । आइवार थप दुई हजार ८ सय २४ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क छ । योसंगै नेपालमा अहिलेसम्म संक्रम
पर्यटन एक गतिशिल क्षेत्र र व्यवसाय हो । यो क्षेत्रमा त्यतिकै मात्रामा चुनौतीहरु पनि छन् । नेपालमा पर्यटन क्षेत्रमा अनगिन्ती अवसरहरु रहेका छन् । समग्रमा पर्यटन क्षेत्र अवसर र चुनौती पनि हो । माउन्टेनियरिङ, जलयात्रा, धार्मिक पर्यटन, ग्रामीण पर्यटन जस्तै कैयौँ आयामहरु पर्यटन क्षेत्रमा छन् । तर पनि हामी नयाँ–नयाँ प्रविधिमा परिष्कृत छैनौँ । हाम्रो पर्यटन आन्तरिक चुनौतीमा नै अल्झिएको छ । हाम्रो सम्पदा भित्र रहेका पर्यटनको लागि नयाँ गन्तव्यहरुको खोजी गर्ने र तिनलाई प्रवद्र्वन गर्ने काम भएका छैन भन्दा पनि हुन्छ । ग्रामीण पर्यटनका बलिया आधार मानिने पर्या–पर्यटन, सांस्कृतिक पर्यटन, धार्मिक
पत्रकारिता स्वतन्त्र पेसा हो भने यो पेसा अपनाउन चाहनेमा न्यूनतम योग्यता हुनैपर्दछ । स्वस्थ पत्रकारिता सशक्त र सुयोग्य पत्रकारबाट मात्रै सम्भव हुन्छ । पत्रकारिता आफैमा श्रद्धेय बौद्धिक पेसा हो तर आज पत्रकार भन्नासाथ नाक खुम्च्याउनुपर्ने अवस्था पत्रकारिताको धर्म नबुझेकाहरुको प्रवेशकै कारण सिर्जना भएको हो । नेपालमा अहिले पत्रकारहरु राजनीतिक दलहरुको छायामा रहेका प्रेस युनियन, प्रेस सगठन, प्रगतिशिल पत्रकार संघ, क्रान्तीकारी पत्रकार महासंघ, मिडिया नेपाल, मिडिया सोसाइटी, थारु पत्रकार संघ, मगर पत्रकार संघ, फोनिज लगायत बिभिन्न जातीय पत्रकार संघ÷संगठन भित्र रहेर पत्रकारिता गर्नेहरुको स
प्रहरी, सुरक्षाकर्मी महानुभावहरु तँपाईले लोकतन्त्रको रक्षा गर्दै जनताको सेवा गर्ने हो जनताप्रति दमन गर्ने होइन, जनतालाई त्रसित, आतंकित बनाउने होइन । निर्दोषलाई जबरजस्ती दोषी बनाउने होइन ‘बरु ९९ अपराधी छुटुन् तर एउटा पनि निरपराधि नपरुन्’ भन्ने मोटो के का लागि हो छातीमा हात राखेर एक मुठी माटो हातमा लिएर विशुद्ध ढंगले सोच्नुस त तँपाई जन्मिदा के लिएर आउनु भएको थियो अनि मर्दा के लिएर जानु हुन्छ ? लकडाउन छ भन्दैमा अत्यावश्यक वस्तु त रोकिएको छैन नि प्रहरी प्रशासनलाई सामान चाहिदा पसल खोल्न लाएर सामान लिने अनि सर्वसाधारणलाई सामान चाहिदा १० मिनेट खोलेर सामान विक्रि गर्दा व्यापारी त्यत्रो ठूल
इटहरी । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको त्रास नेपालमा पनि परेको छ । कोरोना भाइरसको त्रासका कारण सरकारले २०७६ चैत्र ११ गते देखि देशभर लकडाउन गरेकाले लकडाउनका कारण सानो लगानीका धेरै मिडियाहरु बन्द हुन पुगे । लकडाउनले खास गरि छापामाध्यमलाई असर पारेको अवस्था छ । लकडाउनका कारण उद्योग धन्धा, व्यापार व्यवसाय बन्द भएकाले संचार माध्यमले पाउने विज्ञापनमा गिरावट आयो । जसका कारण कतिपय संचारमाध्यम बन्द भए भने कतिपय संचारमाध्यमले पत्रकारहरुलाई जागिरबाट विदा दिएको अवस्था छ । कतिपय पत्रकारहरुले काम गरेको तलव पाएका छैनन्, ठूलो लगानीको संचार गृहहरुबाहेक सबैको अवस्था यस्तै छ । बिभिन्न संचार माध
आधुनिक लोकतन्त्रमा नागरिकले सूचना प्राप्त गर्ने हक अन्य हक अधिकारहरुको सामिप्यमा सर्वाङ्गिण मानिन्छ । त्यसैले लोकतन्त्रमा सूचनाको हक जनताको आँखा, कान र मष्तिस्कसम्म पुर्याउने कार्यका खातिर पत्रकारितालाई राज्यको चौथो अंगको रुपमा स्वीकार गरियो । लोकतान्त्रिक मुलुकहरुमा सूचनाको निर्वाध हकलाई सुरक्षित गर्न विशेष प्रकृतिका गोपनीय अधिकार बाहेक अन्य अधिकारहरु सर्वथा खुल्ला, पारदर्शी र खुलस्त ठानिन्छन् । यीनै सूचनाहरुको सर्वव्यापकताको क्षेत्रमा काम गर्ने मानव श्रोत नै सूचना प्रवाहका हस्ती पत्रकारहरु हुन् । पत्रकारिता र पत्रकारको विचमा रहेको व्यवसायिक साइनो कमाई खाने मात्र होइन । पत्रकारिता राष्ट्रिय ज
विश्वव्यापी रुपमा देखिएको कोभिड–१९ को बढ्दो प्रभावलाई अपेक्षित रुपमा रोकथाम गर्न सन्सारभरिका राष्ट्र राज्यहरुले भगिरथ प्रयत्न गरिरहेका बेला नेपालमा २०७६ चैत्र ११ गते देखि लागू भएको बन्दाबन्दी करिव ४ महिना पछि अर्थात २०७६ साउन ८ गते देखि अन्त्य भएकोमा नेपाल सरकारले पुनः बन्दाबन्दीको स्वरुप परिवर्तन गरी निश्चित क्षेत्र र स्थानमा स्थानीय प्रभाव र असरका आधारमा स्वयं स्थानीय सरकारले नै आवश्यकता महसुस गरी बन्दाबन्दी घोषणा गर्ने नीतिगत परिवर्तन गरेको हुँदा मुलुकमा अन्त्य भएको बन्दाबन्दी पश्चात अस्वभाविक र असुरक्षित आवागमनका कारणले रोगको संक्रमण समुदाय स्तरमा फैलिएको प्रष्ट छ । लामो समय सम
मुलकमा कोरोना भाइरसको संक्रमणको जोखिम देखाएर २०७६ साल चैत्र ११ गतेदेखि लकडाउन गरिएको थियो । लकडाउन गरिदाको अवस्थामा कोरोना संक्रमितको संख्या दर्जन पनि पुगेको थिएन । सरकारले करिव ४ महिना पछि लकडाउन खोल्यो लकडाउन खोल्दाको अवस्थामा कोरोना भाइरस संक्रमितको अवस्था १५ हजारको हाराहारीमा पुगेको थियो । सरकारले यति लामो समयसम्म लकडाउन गर्न हुदैन थियो लकडाउन भनेको सरकारद्वारा जनताको स्वतन्त्रताको हरण गर्ने कार्य हो । लोकतान्त्रिक सरकारले पटक–पटक जनताको स्वतन्त्रताको हरण गरिरहँदा मानवअधिकारवादीहरु किन मौन छन् बुभ्mन सकिएन । सरकारले जनताको हिड्ने, बोल्ने, पेशा व्यवसाय गर्ने सम्पत्ती बेच विखन गर्ने, स