जनताको अपेक्षा र स्वतन्त्र पत्रकारिता

  • भदौ ८, २०७७ / "नेपाल रेखा"
alt

आधुनिक लोकतन्त्रमा नागरिकले सूचना प्राप्त गर्ने हक अन्य हक अधिकारहरुको सामिप्यमा सर्वाङ्गिण मानिन्छ । त्यसैले लोकतन्त्रमा सूचनाको हक जनताको आँखा, कान र मष्तिस्कसम्म पुर्याउने कार्यका खातिर पत्रकारितालाई राज्यको चौथो अंगको रुपमा स्वीकार गरियो । लोकतान्त्रिक मुलुकहरुमा सूचनाको निर्वाध हकलाई सुरक्षित गर्न विशेष प्रकृतिका गोपनीय अधिकार बाहेक अन्य अधिकारहरु सर्वथा खुल्ला, पारदर्शी र खुलस्त ठानिन्छन् । यीनै सूचनाहरुको सर्वव्यापकताको क्षेत्रमा काम गर्ने मानव श्रोत नै सूचना प्रवाहका हस्ती पत्रकारहरु हुन् । पत्रकारिता र पत्रकारको विचमा रहेको व्यवसायिक साइनो कमाई खाने मात्र होइन । पत्रकारिता राष्ट्रिय जीवनको अपरिहार्य मानक हो । आध्ुनिक लोकतन्त्र र राज्य सत्ताका तमाम कुराहरुको सहज सूचना प्रबाह गर्ने कार्य पत्रकारिताको व्यवसायिक माध्यमबाट सम्भव छ । त्यसैले आधुनिक लोकतन्त्रमा राज्यद्वारा सम्पादन गरिने मुखपत्रको सम्पादकीयता भन्दा निजी क्षेत्रबाट सञ्चालन भएका पत्रिकाहरुको विश्वसनीयता, प्रभावकारिता, निष्ठा बढी महत्वपूर्ण हुने गर्दछ । यसै कारणले राज्यद्वारा संचालित मुखपत्रहरुले संचार जगतकै आधारभूत पत्रकारिताको स्वरुपबाट पित पत्रकारिता अँगाल्न स्वयम् पत्रकारहरु नै विवश, बाध्य र मजवुर हुन्छन् । सत्ताभक्ति, सरकारी पत्रकारिताको अनुष्ठान नै हो । अझै त हाम्रोजस्तो अल्प विकसित मुलुकमा सरकारी संस्थागत सम्पादकीयहरु लालसाले, स्वार्थले, दमनले स्वतन्त्र हुने न त चेष्टा गर्छन्, न त हिम्मत गर्छन् । त्यसैले त्यस्ता पत्रकारहरु सत्ताभत्तिको मोहमा लटपटिएको हुँदा सूचना सम्प्रेषणको वस्तुगत र वास्तविक आधारबाट पत्रिकाका सन्दर्भ सामग्रीहरु उन्नत र विश्वसनीय हुँदैनन् । पत्रकारिता त्यस्ता पत्रकारहरुको लागि जीवनभरि बादलले ढाकेको क्षितिज बनिरहन्छ ।
के पत्रकार स्वतन्त्र हुदैनन् ? स्वतन्त्र पत्रकारहरुबाट मात्र स्वतन्त्र पत्रकारिताको निष्ठा र जीजीविशा पूरा गर्न सकिन्छ । अन्यथा पत्रकारिताको पाटोबाट वर्तमान समाचार सम्प्रेषणको सामाजिक उपस्थिति हेर्ने हो भने एकै विषयवस्तुका सम्पूर्ण समाचारहरु रंगिन हुन्छन् । जनताले कुन रंग रोज्ने कस्को विश्वास गर्ने भन्ने निधो प्राप्त गर्न नसकेका कारणले वास्तविक सूचना के हो भन्ने कुरामा सधै दिग्भ्रमित हुनु परेको छ । आज समाचारहरु विश्वास र अविश्वासको दोहरिमा लतपतिएका छन् । के पत्रकारहरु बैचारिक रंगका हिमायतीहरु हुन् ?
राजनीतिक विचार जे जुन अवस्थामा रहे भएता पनि सही सूचना प्रवाह गर्ने सामाजिक अभियन्ता नै स्वतन्त्र पत्रकार हो । त्यस्तो पत्रकारको पत्रकारिता पित पत्रकारिता नभई अन्वेषणात्मक पत्रकारिता हुने गर्दछ । घटित घट्ना, राष्ट्रिय चर्चा, सरकारी निर्णय, देशीय अन्तरदेशीय सूचनाहरु लोकतन्त्रका सामाजिक पाटाहरु हुन् । नेतृत्व र सत्ता कुन राजनीतिक दल र कुन व्यक्तिको हो भन्ने कुरा स्वतन्त्र पत्रकारितामा कुनै अर्थ राख्दैन । राष्ट्रिय जीवनको हरेक सूचनाहरु नागरिकले प्राप्त गर्ने हक राख्दछन् । विकासोन्मुख मुलुकमा हुने राजनीतिक गैर चरित्र, राजनीतिक नेतृत्वबाट हुने अपराधहरु, स्वेतग्रीवी अपराधहरु, व्यापारिक घरनाबाट हुने अपराधहरु, राजनीतिक दलहरु विचका असामान्जस्यताहरु, नागरिक समाज र राष्ट्रका विचको अन्तर सम्बन्धहरु, धार्मिक सहिष्णुता र असहिष्ण्ुाताका विम्बहरु, जातीय भेदभाव र समाजका सम्बन्धहरु, प्रथा, परम्परा, संस्कार, रितिरिवाज सभ्यता र कानुनहरु, आर्थिक घोटला र नीतिगत भ्रष्टाचारहरु, शीर्ष नेतृत्वमा रहेका राजनीतिक दलका नेताहरु र जीवन संगति फौजदारी कसुर र दण्डहिनता, राष्ट्रवाद र राष्ट्रियता, समाज, साहित्य र सिर्जना, व्यक्ति, व्यक्तित्व र मर्यादा, नेतृत्व कर्ता र नेतृत्वदायी संस्थाका बारेमा अन्वेषणात्मक पत्रकारिताको खाँचो परेको छ । यीनै कुराहरुमा स्तुति, भक्तिका साथ कत्थ्य प्रस्तुत गर्ने पत्रकारिताले स्वतन्त्र पत्रकारिताको चिरहरण गरेको छ । यसका खातिर राजनीतिक दलका कार्यकर्ताहरु पत्रकार र त्यस्ता पत्रकारहरु संचार गृहका मालिक बनेका छन् । यीनै मालिकहरुको सामन्ती सत्ता भित्र स्वतन्त्र पत्रकारिता दास बन्नु पर्ने बाध्यता छ । वर्तमान पत्रकारिता त्यसको साक्षात स्वरुप हो ।
विगतमा नेपाली पत्रकारिता कुशल व्यक्तित्वहरुको नेतृत्व र जाँगरबाट सम्पादन हुन्थ्यो । पत्रकारिता जीवन भरिको निष्ठाबृति थियो । स्वतन्त्र आश्था कलमका हरेक कदमहरुमा सम्पादित थिए । मन, मुटु र कला पत्रकारिताको साक्षत धर्म थियो । निरंकुश शासन सत्ता, निर्दलीय पञ्चायती व्यवस्था भित्र पित निष्ठा पत्रकारिता हुँदा पनि निष्ठाको पत्रकारिता जनताको सामुन्ने संधै स्वतन्त्र रह्यो । निजी क्षेत्रबाट संचालित पत्रिकाहरु अनुगमन (सेन्सरसिप) को मारबाट अगाडी बढ्दा पनि पत्रकारको कलाबाट समाज सूचना प्राप्तीको यथोचित लाभ प्राप्त गर्न सक्षम थियो । स्वतन्त्र पत्रकारिताका कारणले त्यस समयमा जनतामा भर पुुर चेतना भर्न सफल भयो । जनादेश, देशान्तर, विमर्ष, नेपाल, झिल्को, जनदिशा, जनआस्था, छलफल लगायतका सम्मानित पत्रिकाहरु र ती पत्रिकाहरुका सम्पादकहरु स्वतन्त्र पत्रकारिताका लागि सलाम गर्न लायक थिए ।
मुलुकमा लोकतन्त्रको बहाली पछि पत्रकार, पत्रिका र संचार गृहको बाक्लो उपस्थिति रहेको छ । अनगिन्ती पत्रिकाहरु सम्पादन भए पनि सलाम गर्न लायक निष्ठामा स्वतन्त्रता जिवित भएका परिलक्षित पत्रिकाहरु कमै भेटिने गर्दछन् । यस्तो स्थितिमा स्वतन्त्र पत्रकारिताको मूर्त रुप दिने भावनात्मक शक्ति र निष्ठा भएका स्वतन्त्र पत्रकारहरु कमै देखिन्छन् । संचार गृहहरु, अति व्यवसायिक बनेका कारण मोलतोल, तुलो तराजुका साथ घट्ना बृत्ति प्रति आकर्षित हुने गर्दछन् । सम्बाददाताको समाचार एउटा, संचारगृहको जीवन अर्को बनेका धेरै उदाहरणहरु पत्रकारिता जगतमा देखिएका छन् ।
राज्यको चौथो अंगको क्षेत्रमा नकारात्मक वा सकारात्मक जस्तो स्वरुप ग्रहण गरेर पत्रकारितामा रहने कलमजीवीहरु आयामिक रुपमा सक्षम नै मानिन्छन् । कत्थ्य भन्दा तथ्य एकिन गर्नु र तथ्य एकिन पछि सत्य समाचार प्रकाशन गर्नु पत्रकारिताको मुलभूत धर्म हो । सत्य समाचार र सूचना प्रबाहले मात्र सकारात्मक चेतनाको प्रबाह गर्ने र सकारात्मक मनोविज्ञान तय गर्ने भएको हुँदा भ्रामक धारणाहरु बनाउने पित पत्रकारिता तिरस्कार गर्ने अब समय आइसकेको छ । पत्रकारिता भित्रको जिवन्त विशेषज्ञता र अनुभवले नकारात्मक धार अँगाल्ने पत्रकारिताको सकारात्मक जोहो र बन्दोवस्त गर्ने बेला पनि आइसकेको छ । परिस्थितिले नकारात्मक भएका मनहरुलाई निष्ठा, अनुभव र योग्यताले बदल्न सकिन्छ । समाज बदल्ने अहम भूमिका पत्रकार जगतका आदरणीय पत्रकारहरुमा रहेको हुँदा स्वतन्त्र पत्रकारिताको जीवनमा रक्तसंचार गर्नु अपरीहार्य भै सकेको छ । सम्पन्नताले विवेक गुमाएकाहरु, मुर्खताले सम्पत्ती गुमाएकाहरु, भक्तिले स्तवतन्त्रता गुमएकाहरु, आडम्बरले कर्तव्य गुमाएकाहरु चौथो अंगका सारथी कदापी हुन सक्दैनन् । त्यसैले स्वतन्त्र पत्रकारिताको महत्व र परिवेश फराकिलो बनेको छ । पत्रकारिताको व्यवसायिक धर्म पत्रकारहरुले नै सम्मानित बनाउनु पर्दछ । पत्रकार जगत सम्मानित बन्न सक्यो भने सांस्कारिक र सभ्य समाजको परिकल्पना साकार हुने छ । सूचना र संचारले नागरिकको आत्म विश्वास र राष्ट्रभक्तिप्रति समर्पण गराउने अध्यायको सुरु हुने छ । राजनीतिकर्मी र नागरिकका विचको अन्तर सम्बन्धलाई जोड्ने छ । विशिष्टताको आधारमा नेतृत्वको चयन हुनेछ । नेता जनता प्रति निर्भर हुने संस्कारको सुरुवात हुनेछ । स्वेतग्रिवि अपराधहरु सुन्य हुने छन् । राष्ट्रिय लाभको समानुपातिक वितरण हुने छ । स्वतन्त्र पत्रकारिताले कानुनी राजको हैसियलाई उजागर गर्ने छ । अन्तत निष्ठाको लोकतन्त्र विश्वासको नेतृत्व र समृद्धिको राज्य प्राप्त हुनेछ । चेतना भया ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]