कोरोना संक्रमण हुन नदिन आफै सजग रहौं "राम शर्मा"

  • कार्तिक १७, २०७७ / "नेपाल रेखा"
alt

 

कोरोनाको प्रभाव फैलँदो छ । जाडो बढ्दो छ । भाइरसको प्रकोप जाडोमा झन धेरै हुने भनिन्छ । आफु र परिवारमा यसको प्रभाव अत्यन्त न्युन होस् अथवा पर्दै नपरोस् भन्नु छ भने आफु नै सचेत रहनु पर्छ । लागिसके पछि अर्कोलाई गाली गर्नु र रिसाउनुको कुनै अर्थ छैन ।

 

नेपालरेखा / लामो समयको कोरोना त्रास संगै अब समाज बिस्तारै सामान्य जनजिवनमा फर्किन सुरु भएको छ । यद्यपी कोरोना संक्रमण जोखिम भने यथावत नै छ भने अर्कातिर आशालाग्दो कुरा निको हुनेको संख्या पनि बढ्न थालेको छ ।

आइवार थप दुई हजार ८ सय २४ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क छ । योसंगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या एकलाख ७३ हजार ५ सय ६७ जना र निको हुनेहरु पनि एकलाख ३४ हजार ८ सय ४२ रहेका छन् । अरु पुनर्ताजगीका लागि क्वारेन्टाईन र आईसोलेसनमा रहेका छन् ।

आफ्ना रोजिरोटी, दैनिकी र कामको शिलशिलाले गर्दा मानिसको आपसमा सम्पर्क भइनै रहेको हुन्छ । साथीभाइसंगको हेलमेल या उठवसले पनि हामीलाई थाहै नपाई संक्रमण हुनसक्ने हँुदा, संक्रमण भएर साथिभाइ, छरछिमेकलाई दोष दिनुभन्दा आफै सजग सचेत हुन पनि आवश्यक छ भन्दै आफ्नो फेसबुकमा राम शर्मा सचेत रहन आग्रह गर्दै लेख्नु हुन्छ ...

राम शर्मा

‘रिसले उनी राता पिरा भएका थिए । कोरोनाले उनलाई छोयो । अत्यन्त प्यारा मान्छेको नजिकैको उठबसमा उनी पनि अछुतो रहन सकेनन् ।’

कोरोना लागेपछि मलाई कोरोना भएको छ भन्ने एउटा स्वाभाविक मानसिक उद्विग्नता, शरीरको दुखाई, ज्वरोको आक्रमण, आइसोलेशनको एक्लोपनले सताउँदा कोरोना केही पनि होइन यो विश्वव्यापी औषधि र भ्याक्सिनका व्यापारीहरुको षड्यन्त्र हो भनेर भन्ने जो कोहीसँग पनि रिस उठ्नु स्वाभाविक हो ।

कोरोनाको प्रभाव फैलँदो छ । जाडो बढ्दो छ । भाइरसको प्रकोप जाडोमा झन धेरै हुने भनिन्छ । आफु र परिवारमा यसको प्रभाव अत्यन्त न्युन होस् अथवा पर्दै नपरोस् भन्नु छ भने आफु नै सचेत रहनु पर्छ । लागिसके पछि अर्कोलाई गाली गर्नु र रिसाउनुको कुनै अर्थ छैन ।

कोरोनाले नेपाल मात्र होइन विश्वका लगभग सबै सरकारहरुको चरित्रलाई उदांगो बनायो । औषधि बनाउने फर्मास्युटिकल कम्पनिहरुको नांगो चरित्र अगाडी ल्याइदियो । सानातिना स्वास्थ्यका समस्यामा पनि हजारौँ लाखौँ खर्च गर्ने प्रवृत्ति स्वाट्टै घट्यो । आफ्ना वरिपरीका समाधानहरु खोज्न उत्प्रेरित बनायो । प्राकृतिक उपचारको पद्दतिले अनायासनै ठाउँ ओगट्यो ।

मेडिकल साइन्सले नै स्वीकारेको कुरा हो ६० प्रतिशत रोगहरु डर र शंकाको कारणले हुन्छन् । रोग लागेर होइन रोगको शंका लागेर । शंका र डरको भरमा लागेका रोगलाई सेउडो रोग भनिन्छ । डक्टरहरुले सेउडो रोगको सेउडो उपचार गर्छन् । रोगै छैन के उपचार गर्ने ? यस अवस्थामा रोगको निदान भन्दा डर र शंकाको निदान गर्नु पर्ने हुन्छ ।

कोरोनाले सामान्यजनलाई भन्दा धेरै डक्टरहरुलाई आक्रान्त बनाएको छ । डक्टरहरुको अगाडी एकदम डरलाग्दा केसहरु रहेका हुन्छन्, तर सबै सामान्यजनहरुमा डरलाग्दा केस हुँदैनन् । यस अर्थमा सबै केसहरु डरलाग्दा हुँदैनन् ।


हामीले भोगेकै कुरा हो । कोरोनाको संक्रमण नै भएकाहरुमा पनि विभिन्न अवस्था छन् । लक्षण नभएका सँक्रमित, लक्षण भएका तर सामान्य देखिने सँक्रमित, सिरियस सँक्रमित । डाक्टरहरु सिरियस संक्रमितको वरिपरिनै बस्नु पर्ने भएकोले डाक्टरहरुको आफ्नै मनोविज्ञान छ । विहान बेलुको छाक टार्न बाहिर गएर कामै नगरी नहुनेहरुको आफ्नै मनोविज्ञान छ । हामीहरुले यो मनोविज्ञानलाई राम्ररी बुझ्नु पर्छ ।

महामारी हो । यो कसले कसरी फैलायो अथवा फैलियो भन्ने कुराको अब कुनै तुक छैन । सरकार पंगु भैसकेको छ । सरकारका प्राय संयन्त्रहरु व्यापारीहरुको हातमा छ । व्यापारीलाई आफ्नो माल सक्कली होस् नक्कली होस् बेच्नु सँग सम्बन्ध हुन्छ । विचौलियाहरुलाई जसरी होस् जे गरेर होस, नेता कर्मचारीहरुलाई साम दान दंड भेद जे गरेर हुन्छ बढी भन्दा बढी बेचेर पैसा कमाउनु सँग सम्बन्ध रहन्छ । न्याय सम्पादन गर्ने, न्यायिक स्थानमा बसेका कर्मचारीहरु जब मुद्रापशु बन्छन् जनताको अगाडी कुनै उपाय रहँदैन । त्यही अवस्था अहिलेको विश्वका अधिकाँश देशका जनताहरुको छ ।

विस्तारै विस्तारै सरकारले कोरोना व्यवस्थापनलाई जनताकै टाउकोमा छोड्दै गएको छ । अब सर्वसाधारणहरुकै काँधमा कोरोनाको आफ्नै सबै जिम्मेवारी छ । यो कुरालाई आत्मसात गर्नु पर्छ ।

परिवार आफ्नो हो । जाडोको समय शुरु हुँदैछ । यो जाडोमा परिवारलाई कसरी सुरक्षित गर्ने भनेर यथेष्ठ पूर्व तयारी गर्नु अहिलेको हाम्रो दायित्व हो ।

जता पायो त्यतै नजाऔं । जे पायो तेही नखाउँ । अनाहकमा नडराऔं । दुर्गा भवानीले हामीलाई शक्ति प्रदान गरुन् ।

 

 

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]