लकडाउनमा प्रहरीले बुझ्नु पर्ने व्यावहारिक पक्ष

  • भदौ २०, २०७७ / "नेपाल रेखा"
alt

प्रहरी, सुरक्षाकर्मी महानुभावहरु तँपाईले लोकतन्त्रको रक्षा गर्दै जनताको सेवा गर्ने हो जनताप्रति दमन गर्ने होइन, जनतालाई त्रसित, आतंकित बनाउने होइन । निर्दोषलाई जबरजस्ती दोषी बनाउने होइन ‘बरु ९९ अपराधी छुटुन् तर एउटा पनि निरपराधि नपरुन्’ भन्ने मोटो के का लागि हो छातीमा हात राखेर एक मुठी माटो हातमा लिएर विशुद्ध ढंगले सोच्नुस त तँपाई जन्मिदा के लिएर आउनु भएको थियो अनि मर्दा के लिएर जानु हुन्छ ?
लकडाउन छ भन्दैमा अत्यावश्यक वस्तु त रोकिएको छैन नि प्रहरी प्रशासनलाई सामान चाहिदा पसल खोल्न लाएर सामान लिने अनि सर्वसाधारणलाई सामान चाहिदा १० मिनेट खोलेर सामान विक्रि गर्दा व्यापारी त्यत्रो ठूलो अपराधी हुने ? व्यापारीलाई लगेर ठिङ्गाउनै पर्ने ? व्यापारीले आप्mना समस्या बताउँदा झुण्डिएर मर भन्ने यो कति सम्मको नैतिकता हो ? लकडाउनमा सरकारले घर घरमा खाद्य सामग्री पुर्याउनु पर्छ खै सरकारले जनताको घरमा खाद्य सामग्री पुरयाएको छ ? के चप्पल पसलेले चप्पल पकाएर खाने हो ? कपडा पसलेले कपडा पकाएर खाने हो । आखिर बाँच्नका लागि खानु त परयो नि । सकारले खाद्यान्न नदिएपछि जनताले सामान बिक्रि गरेर खान पाउनु पर्यो नि त । तँपाईहरुलाई माथिको आदेश आउँछ रे ठिक छ माथिएको आदेश पालना गर्नु पर्छ । तर तँपाईहरुले जनताको मार्कालाई सही ढंगले माथि ब्रिफिङ पनि त गरि दिनु पर्यो । जनताले, बालबच्चाले खान नपाए पछि त्यो पीडाले उसले जिउ छाड्न बाध्य हुन्छ भन्ने कुरा सरकारलाई हेक्का हुनु पर्यो नि । तपाईको तलव सरकारले ५ महिना रोकि दियोस् त तँपाई काम गर्न सक्नु हुन्छ । व्यापारीले ५ महिना भयो व्यापार व्यवसाय गर्न नपाएको यो कुराको कतैबाट सुनवाई नहुने सरकारले जे गरे पनि जनताले सहेर बस्नु पर्ने ? लकडाउ, निशेषधाज्ञाको पनि समय सीमा हुन्छ । नेपालमा मात्र हो ५–६ महिना जनताले भोक भोकै बस्नु परेको अन्य मुलुकमा जुन देशमा सरकारले लकडाउन गर्यो घर घरमा खाद्यान्न पुर्याई दिएको छ । कतिपय देशले खाद्यान्न दिन नसक्ने भनेर लकडाउन गरेको छैनन् । खै लकडाउन नगरे पनि अरु उपाय अपनाएर ती देशहरुमा कोरोना संक्रमण नियन्त्रण भएकै छ त । नेपालमा चैत्र ११ गते लकडाउन गरिदा करिव १ दर्जन मानिस कोरोना भाइरस संक्रमित थिए करिव ५ महिनाको लकडाउन र निषेधाज्ञाको समयमा ४० हजारको हाराहारीमा कोरोना संक्रमित भएका छन् । यो ५ महिनाको समयमा मन्त्री, नेता, मेयर, वडाध्यक्ष, सुरक्षा निकायका उच्च पदस्थ पदाधिकारीले के काम गरे त ? लकडाउन गरे पछि कोरोना संक्रमण नियन्त्रण हुनु पर्नेमा झन बढेको छ सरकारले जनतालाई यसको जवाफ दिनु पर्छ । कोरोना संक्रमण किन बढ्यो यसको जबाफ जनतालाई चाहियो । मन्त्री, नेता, मेयर, उच्च ओहदाका पदाधिकारी, उच्च तहका सुरक्षाकर्मीले भरमगदुर प्रयास गरेको भए आज नेपाल कोरोना मुक्त देश हुने थियो । वहाँहरुलाई जनताले हृदय देखि धन्यबाद दिने थिए । जसरी नेपाल नेपाल विद्युत प्राधिकरणका कुलमान घिसिङ्गलाई अँध्यारो नेपाललाई उज्यालो बनाएकोमा मुरी मुरी धन्यबाद दिइ रहेका छन् । आज कुलमान घिसिङ ३ करोड नेपालीको ढुक ढुकी बन्न पुग्नु भएको छ । तर आज यति लामो समय सम्म जनताले लकडाउन र निशेधाज्ञा आदिका नाममा सास्ती मात्र खेप्नु प¥यो कोरोना संक्रमितको संख्या भने दिनानु दिन बढेर गएको छ । अब पनि सरकराले लकडाउन र निशेधाज्ञा आदिका नाममा जनतालाई सताई रहने हो भने जनताले स्वभाविक रुपमा विद्रोह गर्नै पर्छ । किनकी सरकार जनताको मार्का बुभ्mदैन, जनताको समस्या सुन्दैन, जनताको भोको पेट देख्दैन भने जनताले ५ महिना सहे अब सहनेवाला छैनन् ।

police
प्रहरी तथा सुरक्षाकर्मी महोदय ! तपाईहरु देशको सुरक्षाकर्मी हो तपाईहरुको सेवा जनताको सुरक्षाका लागि हो । जनतालाई हप्काउन, थर्काउन, ज्यादती गर्न तपाईले जागिर खाएको होइन । यदि तँपार्इँहरुमा त्यस्तो गलत मानसिकता छ भने आजैबाट तँपाईको दिमागबाट झिकेर प्mयाँकी दिनुस यो लगत सोच पनि एक किसिमको रोग नै हो जसरी रोग पाल्नु हुँदैन त्यसै गरी यस्तो गलत सोचलाई पाल्नु हुदैन । सक्नुहुन्छ भने राम्रो काम गरेर समाजका लागि उदाहरणीय व्यक्ति बन्नुस्, सक्नु हुन्न भने कम्तिमा जनतालाई आतंकित बनाउने नराम्रो काम भुलेर पनि नगर्नुस् । आज तँपाई शक्तिमा हुनु हुन्छ भोलि शक्तिविहिन भए पछि त्यसले नोक्सानी गर्ने छ । तँपाईको जागिर सिमित समयमा लागि हो भने तँपाईको असल आचरण मृत्यू पर्यन्तका लागि हो । यति कुरा बुझिदिनुस् सुरक्षाकर्मी महोदय ! तपाई सुरक्षाकर्मीहरु पनि जनताकै छोरा, नाती, भाइ, भतिज, भान्जा नै हो टाढाको तथा पराई अवश्य होइन होला । हिजो पंचायति कालमा पन्चहरुले र प्रहरीका उच्च पदाधिकारीहरुले जनताको वास्तविकतालाई ढाँटेर राजा समक्ष गलत संदेश पुर्याएर ३० वर्ष मोज (रजगज) गरे । २०४६ सालको सफल जनआन्दोलन पछि ‘बहुदलीय लोकतान्त्रिक शाशन प्रणाली स्थापना भएको छ । लोकतन्त्रमा मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाजस्ता संविधानले दिएका अधिकारमा कसैले पनि धावा बोल्न पाइदैन ।
१९ दिने आन्दोलनको उपलब्धीले हाल नेपालमा जनप्रतिनिधिबाट निर्मित संविधान आए पछि मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आएको छ । अब पनि जनताका जायज समस्यालाई नेताहरुले, उच्च पदस्थ प्रहरीहरुले ढाक छोप गरेर राख्ने कार्यलाई जनताले सहने छैनन् । लोकतन्त्र भनेको बन्द समाज होइन खुला समाज हो । खुला समाजमा जनताका आवाजहरु, जनताका समस्याहरु बाहिर आउनु पर्छ । तँपाई सुरक्षाकर्मीले अब पनि ढाकछोप गर्ने होइन वास्तविकता उजागर गरि दिनु पर्छ र आज केही गलत मानसिकता भएका प्रहरीहरुले गलत काम गर्दा सिंगो प्रहरी संगठनको बद्नाम भएको छ । तपाई विशुद्ध भावनाले हेर्नुस त सुन काण्डमा उच्च ओहदाका प्रहरी कति जना मुछिएका छन् । अझ भित्री भेद खुल्छ भनेर कति उच्च पदस्थ प्रहरीलाई जोगाईको अवस्था छ । मुलुक यसरी वर्वाद भै रहेकोछ, केही सिमित व्यक्तिहरुले लुट मच्चाई रहेका छन् । अधिकाँस सुरक्षाकर्मीहरु देश र जनता प्रति समर्पित भएर काम गरी रहेका छन् केही गलत व्यक्तिका कारण सिंगो प्रहरी संगठनको इज्जत प्रतिष्ठामा दाग लागिरहेको छ । अब भन्नुस तपाई देशका कर्मठ, निस्वार्थ भावनाका सुरक्षाकर्मीहरुले जनतालई तर्साउने, धम्क्याउने, आतंकित बनाउने होइन जनता संग घुलमिल भएर देशको वास्तविकता यस्तो छ भनेर जनतालाई देशको वास्तविक कुराहरु बुझाई दिने हो अनि मुलुक सुसभ्य, समृद्ध बन्नेछ, मुलुकमा रोजगारीका अवसरहरु आउने छन् । तँपाईले प्रहरीमा जागिर खाएका कारण कतिपय क्ुरा बोल्न मिल्दैन होला तपाईहरुको जागिर उच्च तहका प्रहरीले खाई दिन्छन् होला तर देशलाई समृद्ध बनाउने, जनतालाई भय र त्रासरहित अवस्थामा हिडडुल गर्न पाउने, स्वतन्त्र रुपम पेसा व्यवसाय गर्न पाउने अधिकारको रक्षा गर्ने दायित्व, प्रहरी संगठनको बद्नामी हुन नदिने दायित्व तँपाईको पनि हो । तपाई सुरक्षाकर्मीहरुले देखेका जानेका भोगेका गलत कुराहरु संचार माध्यमलाई आएर खुसुक्क भन्नुस तँपाईले दिएको समाचारको श्रोतलाई गोप्य राखेर संचार माध्यमले आप्mनो जोखिम (रिक्स) मा देश र जनताको हितमा समाचार सम्प्रेषण गर्ने संचारमाध्यमलाई त्यस्ता कुरा दिनु भयो भने ती कुरा बाहिर आउने छन् । दोषी उपर कार्बाही हुने छ, अरु कार्बाही नभए पनि जनताका अगाडी उनीहरुको शीर निहुरिने छ ।
सुरक्षाकर्मी महानुभावहरु तँपाईहरुले विभिन्न तालिमहरुमा धेरै कुरा सिक्नु भएको छ तपाईहरु संग प्रसस्त सिप छ, ज्ञान छ, उर्जा छ । ती सिकेका कुराहरुलाई देश र जनताको हितमा उपयोग गर्नु भयो भने तपाईलाई जीवनमा छुट्टै आनन्द आउने छ । तँपाईमा इच्छाशक्ति बढ्ने छ, हेर्नुस् त रमेश खरेल भरसक आइजीपी हुने व्यक्तित्व हुनुहुन्थ्यो नभए पनि एआइजी हुने व्यक्तित्व हो । तर पदको लोभमा नपरीकन राजीनामा दिएर मुलुक र जनताको हितमा काम गर्न आउनु भएको छ । तँपाई जति सुकै पैसा कमाउनुस तँपाईलाई कहिल्यै सन्तुष्टि मिल्ने छैन जब तँपाई मुलुक र जनताको हितमा काम गर्नु हुन्छ तँपाईलाई हरेक पलमा सन्तुष्टि मिल्ने छ हरेक पाइलामा सफलता मिल्ने छ ।
यो पत्रकार धेरै जान्ने हुँदो रहेछ भनेर यस पंतिकारलाई कृपया गाली नगर्नुस् इटहरीका एक व्यापारीलाई इलाका प्रहरी कार्यालयका के कुन प्रहरीले व्यापार गर्न नपाउँदा खान पाइन बालबच्चा भोकै मर्ने भए भनेर गुनासा पोख्दा झुण्डिएर मर्नुस भन्नु भएछ । त्यस्तो गलत शब्द प्रयोग गरिएकोमा मलाई भित्र कति पोल्यो त्यसैले यी हरफहरु लेख्न बाध्य भएँ । प्रहरीको ज्यादती हुनु भएन भनेर १८ गते करिव साढे १० बजे समाचार संकलनका क्रममा जाँदा म कलम चलाउने कलम जिवीले बोल्न बाध्य भएँ । दुई जना प्रहरीले मलाई हप्काउनु पनि भयो, थुन्ने धम्की पनि दिनु भयो । मलाई करिव आधाघण्टा कब्जामा लिनु भयो म जस्तो कलम जिवी जो आवाज विहिनहरुको आवाज उजार गर्ने हो । यदि संचार माध्यम नहुने हो भने तँपाई पनि भोली अबकास प्राप्त गरे पछि सर्वसाधारण जनतानै हुनु हुने छ त्यति खेर तँपाई र तँपाईको परिवार, आफन्त, नातागोता, छर छिमेकमा अन्याय पर्यो भने त्यस समयमा अन्याय र अत्याचारका बारेमा समाचार लेखेर सरकारलाई सतर्क गराउने पत्रकार नै हुन् त्यसैले तँपाईले पत्रकारलाई जसरी बकम्फुसे सम्झनु भएको छ त्यो मानसिकता तँपाईको दिमागबाट हटाउनुस् । केही व्यक्तिले पत्रकारको नाममा पैसा असुली गरेका होलान् कसैलाई आतंकित बनाएका होलान् तर जो वास्तविक पत्रकार हो उसले आफु धरापमा परेर भए पनि, आप्mनो जीवनलाई जोखिममा रोखर (माया मारेर) देश जनताको हितमा कलम चलाएको हुन्छ । तँपाई प्रहरी, सुरक्षाकर्मी जत्तीकै २४ घण्टा डिउटी गरेको हुन्छ बरु तँपाईले आप्mनो पाकेको विदा बस्न पाउनु होला तर पत्रकारले कहिल्यै विदा पाउने छैनन् । किनकी ३ करोड नेपाली जनता त्यतिमात्र होइन विश्वका ७ अरब मानिसको हितका लागि पत्रकारले कलम चलाएर खवरदारी गरिरहेको हुन्छ । समयमा सबैमा सद्बुद्धि पलाओस् ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]