इटहरी । लक डाउनलाई ब्यवस्थित गर्दै सरकारले गरेका निर्णयलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न इटहरी उपमहानगरले सरोकारवाला सँग वैठक सम्पन्न गरेको छ । नगरप्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा भएको वैठकले संघीय सरकारले गरेका निर्णय प्रभावकारी ढंगले कार्यान्वयन गर्ने निर्णय गरिएको छ । बजार अनुगमनलाई तिव्रता दिइने भएको छ । जनप्रतिनिधि, प्रहरी प्रशासन, उद्योग वाणिज्य संघ र नागरिक समाजको सहभागितामा वैठक भएको हो । सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि आउँदो जेठ ५ गतेसम्म लकडाउनलाई कायम गरे पनि विकास निर्माणका काम खुला गर्ने निर्णय गरेको थियो । यातायात, बजार र शिक्षण संस्थाबाहेक धेरै उद्य
काठमाडौँ । लकडाउनका समयमा तराईका नौ जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालयबाट २० हजार ४११ क्विन्टल चामल बिक्रीवितरण भएको छ । दुर्गम जिल्लामा मात्र बिक्री हुुँदै आएको कम्पनीको चामल लकडाउनका कारण तराइका जिल्लामा समेत बिक्री हुन थालेको कम्पनीले जनाएको छ । “तराइका जिल्लाहरूमा कम्पनीको खाद्यान्न बिक्री हुने गरेको थिएन, हामीले भण्डारण मात्र गरेर राख्ने गरेका थियौँ”, कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले भन्नुभयो, “तराईमा राखिएको भण्डारणबाट विभिन्न दुर्गम जिल्लाहरूमा खाद्यान्न पठाउने गरेका थियौँ तर लकडाउनको समयमा पर्याप्त मात्रामा खाद्य पदार्थको बिक्रीवितरण भएको
इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामधुनी नगर कमिटि सुनसरीले रामधुनी नगरपालिकामा रोकिएको राहत वितरण कार्य तुरुन्तै सुरु गर्न माग गरेको छ ।नेकपा रामधुनी अध्यक्ष राम कोइरालाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नगरप्रमुख जयप्रकाश चौधरीलाई भेट गरी राहत सम्वन्धमा ६ वुँदे माग पत्र पेश गरेको हो । नेकपाले सवै वडामा एकरुपता कायम गरि राहत वितरण गर्न र अतिविपन्न श्रमजीवि जनतालाई बाँच्न सक्ने गरि खाद्य समाग्री उपलब्ध गराउन माग गरिएको छ । यसैगरी यथाशिघ्र बजार अनुगमन गरी उपभोग्य समाग्रीको मूल्यसूची सार्वजनिक गर्न तथा राहत वितरणको सर्वदलीय अनुगमन गर्ने ब्यवस्था गर्न आग्रह गरिएको छ । यसअघि नेपाली काँग्रेस
धनुषा । प्रदेश नं २ सरकारले कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि रु दुई अर्ब खर्च गर्ने भएको छ । कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले रु दुई अर्ब रकम निकासा गरेको हो । चालू आर्थिक वर्ष २०७६÷७७ मा प्रदेश सरकारले रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार बजेट विनियोजन गरेको थियो । जसबाट कोरोना रोकथाम तथा नियन्त्रण प्रयोजनका लागि रु दुई अर्ब निकासा भएको र सो रकम खर्च भइरहेको आर्थिक मामिलामा तथा योजना मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभयो । सचिव श्रेष्ठका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गर्न सामाजिक विकास मन्त्रालयअन्तर्गत रु ८
धनकुटा । बिश्व शान्तिको कामना गर्दै २५६४ औं बुद्ध जयन्तीको अवसर पारेर धनकुटा जिल्लावासीले बिभिन्न स्थानहरुमा शान्ति दिप प्रज्वलन गरेका छन् । बिश्वमा कोराना भाईरसले महामारीको रुप लिईरहेका बेला धनकुटामा कोरोनाको प्रकोप बिरुद्ध बिजय प्राप्त गर्न धनकुटा उद्योग वाणिज्य संघको अगुवाइमा धनकुटा बजारका बिभिन्न चौकहरुमा दिप प्रज्वलन गरिएको हो ।स्थानिय बिभिन्न सामाजिक संघ संगठन हरुको अगुवा कार्यकर्ताहरुको सामुहिक दिप प्रज्वलन कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघले बुद्धजयन्तीको अवसरमा कोरोना भाईरस विरुद्धको यूद्धमा अग्रभागमा जिवनको प्रवाह नगरी खटिरहनु भएका चिकित्सक,स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,राष्टसेवककर
काठमाडौँ । सरकारले लकडाउन (बन्दाबन्दी)लाई जेठ ५ गतेसम्म बढाएसँगै कृषि, पशुपक्षी, औषधि, खाद्यान्न र विकास निर्माणसँग सम्बन्धित उद्योग खोल्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद् बैठकले वैशाख २६ गतेदेखि निश्चित मापदण्ड अपनाएर अत्यावश्यक क्षेत्रका उद्योग, बैङ्क तथा वित्तीय संस्था र सार्वजनिक सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय गौरवका तथा सहरी विकास आयोजनालाई स्वास्थ्य सजगतासहित निश्चित मापदण्ड अपनाएर खुलाउने निर्णय गरेको जानकारी दिनुभयो ।खुला गरिने उद्योग, व्यवसायऔषधिरस्वास्थ्य सामग्री उद्योग, दुग्ध प्रशोधन, खाद्यान्न, खानेपानी, पशुपक्ष
इलाम । कोभिड–१९ को जोखिम हुन नदिन पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आफ्नो गृह जिल्लाका लागि अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ । क्षेत्र नम्बर १ का सङ्घीय सांसदसमेत रहनुभएका उहाँले जिल्ला समन्वय समिति (जिसस)ले पाउने गरी काठमाडौँमा बस्दै आएका नेकपा कार्यकर्ता मनिष लिम्बू र कुनाल राईलाई हस्तान्तरण गर्नुभएको हो । ती सामग्रीमा थर्मगन, स्यानिटाइजर, सर्जिकल मास्क, एन–९५ मास्क र पिपिइ सेट हस्तान्तरण रहेका छन् । यसभन्दा अघि क्षेत्र नं २ बाट निर्वाचित सङ्घीय सासंद तथा पूर्व सभामुख सुवास नेम्वाङले समेत कोरोनाविरुद्धको सामग्री
इटहरी । इटहरी कानुन व्यवसायी समाजले बिहिबार निःशहाय बालबालिका सेवा आश्रमको स्थापना दिवसको अवसर पारेर आश्रमलाई आवश्यक सामग्री सहयोग गरेको छ । संस्थाका अध्यक्ष सुनिल आचार्यको सभापतित्वमा तथा बार काउन्सील नेपालका १ नम्बर प्रदेश सदस्य प्रेमप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा आश्रमलाई सामान हस्तान्तरण गरिएको थियो । सामान हस्तान्तरण कार्यक्रममा समाजका सल्लाहकार शालिग्राम पाण्डे, उपाध्यक्ष रमेश पोखरेल, सचिव वीरेन्द्र गौतम, समाजमा आबद्ध अधिवक्ता खगेन्द्र ढकाल, अधिवक्ता अमर आचार्य, आश्रमका संस्थापिका अध्यक्ष गिता गौतम, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । समाजले ३ फिटको दुरीको मान्यताल
इटहरी । इटहरी क्षेत्रमा रहेर विपतका घडीमा सामाजिक कार्यमा सक्रियतापूर्वक योगदान गर्दै आएको क्वीक रेस्क्यु टिम नेपालले ताप्लेजुङ्गको फुङलिङ्गं बजारका अग्नी पीडितहरुलाई राहत सामाग्री पु¥याएको छ ।गत शुक्रबार राति ताप्लेजुङ्ग सदरमुकाम फुङलिङ्गं बजारमा भएको आगलागी पीडितहरुका लागि इटहरीबाट खाद्यान्न ओढ्ने लगायतका राहत सामाग्री लिएर पुगेको क्वीक रेस्क्यु टिम नेपालले २९ परिवारलाई राहत सामाग्री ताप्लेजुङ्ग इसाइ समाजको सहयोगमा हस्तान्तरण गरेको हो ।लकडाउनको समय भएपनि अग्नी पीडितहरुलाई केही सहयोग उपलव्ध गराउने लक्ष्यसहित अग्नी पीडित क्षेत्र पुगेर चामल, ब्लांकेट, चिनी, खाने तेल, नुनजस्ता उपभोग्य वस्तुह
नायिका केकी अधिकारी र स्वस्तिमा खड्काले अमेरिकन फिल्ममा अभिनय गर्ने भएका छन् । एक अनटाइटल्ड फिल्ममा उनिहरु छानिएका हुन् । उनीहरुको छनौटको लागि अडिशन लिइएको थियो । अडिशनमा अरु को–को नायिकाहरु पुगेका थिए भन्ने खुलेको छैन । संचारकर्मीसँगको कुराकानीमा नायिका अधिकारीले अमेरिकन फिल्ममा अभिनय गर्न लागेको बताइन् । तर, चलचित्रको बारेमा अहिले नै केहि खुलाउन नमिल्ने गरी सम्झौता भएकोले अन्य कुरा खुलाउन नसक्ने बताईन् । केकी र स्वस्तिमाको भूमिका दिदि–बहिनीको हुने बुझिएको छ ।यो फिल्म कोरोना महामारी साम्य भएपछि अमेरिकामा छायांकन हुने बताईएको छ ।