प्रदेश नम्बर १ बाट थप दुई कोभिड–१९ सङ्क्रमित निको भई घर फर्के

  • वैशाख २८, २०७७ / "नेपाल रेखा"
alt

विराटनगर । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थ थप दुईजना बिरामी आज साँझ (आइतबार) निको भई घर फर्केका छन् । घर फर्केनेमा भोजपुर जिल्ला हतुवागढीका–६ का २६ वर्षीय उपेन्द्र राई र झापा बाह्रदशीका ४० वर्षीय महाजिर आलम रहेका छन् ।

यसअघि केन्द्रबाट गत सङ्क्रमितहरू वैशाख २४ गते ६ र वैशाख २६ गते आठजना निको भई घर फर्किसकेका छन् । घर फर्कने राई गत वैशाख १३ र आलम वैशाख १४ गते अस्पतालमा भर्ना भएका थिए । उनीहरूको पछिल्लो दुईपटक गरिएको थ्रोट स्वाब (पिसिआर) परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सङ्गीता मिश्राले बताउनुभयो ।

राईले गत फागुन ३० गते साउदी अरबबाट नेपाल आएको बताउनुभयो भने झापा बाह्रदशीका आलमले फागुन २७ गते भारतबाट घर आएको जानकारी दिनुभयो । दुवै जनाले अस्पताको निर्देशनअनुसार आफ्नो गाउँपालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा १४ दिन बस्नु हुने बताउनु भएको छ ।

राईले भोजपुरको घोडेटारमा निर्माण गरिएको क्वारेन्टाइनमा बस्ने बताउनुभयो । उहाँले तत्काल परिवारको सम्पर्कमा नजाने बताउँदै आफ्नो कारणले अरूलाई सङ्क्रमण नफैलियोस् भन्नका लागि तोकिएको समयसम्म क्वारेन्टाइनमा बस्ने जानकारी दिनुभयो ।

यसैगरी आलमले सरकारले लागू गरेको बन्दाबन्दी र सामाजिक दूरी कायम गरेमा यो महामारीबाट बच्ने एकमात्र उपाय भएकाले सबैलाई पालना गर्न आग्रह गर्नुभयो । उहाँले बाह्रदशी पालिकाअन्तर्गत घरमा निर्माण गरिएको क्वारेन्टाइनमा बस्ने बताउनुभयो । आलमले उपचारका क्रममा केन्द्रमा स्वास्थ्यकर्मी सहयोगी हुनाका साथै मागअनुसार सामग्री व्यवस्थापन समितिले उपलब्ध गराएकामा सबैलाई धन्यवाद दिनुभयो ।

अस्पतालबाट ‘डिस्चार्ज’ भएका दुवै जनालाई सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थ, स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोभिड–१९ उपचार केन्द्रका व्यवस्थापन समिति संयोजक ज्ञानबहादुर बस्नेत लगायतले बिदाइ गर्नुभएको थियो ।

सचिव पन्थले दुवैलाई तोकिएको समयसम्म नियमको पालना गरी क्वारेन्टाइनमा बस्न सुझाव दिनुभयो । केन्द्रबाट सङ्क्रमित निको भई आज दुईजना गरी जम्मा घर फर्कनेको सङ्ख्या १६ पुगेको छ । केन्द्रमा शनिबार तीन र आइतबार एक गरी जम्मा १९ जना सङ्क्रमितको उपचार भइरहेको सुपरिटेन्डेन्ट डा मिश्राले बताउनुभयो ।

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]