इटहरीको जनता माविमा प्रवेश परीक्षाको फर्म भरेका सबैले पढ्न पाउने

  • वैशाख ३१, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । इटहरीस्थित जनता माध्यमिक विद्यालयले प्रवेश परीक्षाको लागि फर्म भरेका सबै विद्यार्थीलाई भर्ना लिने जानकारी दिएको छ । ६ सय विद्यार्थी भर्ना लिने गरी प्रवेश परीक्षाको लागि आवेदन खुलाएकोमा १५ सयभन्दा बढी विद्यार्थीले आवेदन दिएका थिए ।
अघिल्लो वर्ष देखि विद्यालयले विद्यार्थीहरुलाई भर्ना गर्दा प्रवेश परीक्षा लिने गरेको थियो ।
यसपटक भने कोरोनाका कारण प्रवेश परीक्षा नलिने बरु आवेदन दिने सबैलाई लकडाउन खुलेपछि भर्ना लिने जनाउँदै विद्यालयले अविभावकहरुलाई भर्नाका लागि हतार नगर्न समेत आग्रह गरेको छ ।
विद्यालय प्रशासनका अनुसार दुई वटा भवनमा गरेर २४ वटा नयाँ कोठा तयार भएको छ । ती सबै कोठा आधुनिक र सुविधा सम्पन्न हुने बताइएको छ ।
विद्यालयलाई सहयोग गर्नेलाई प्राथमिकतामा राखि भर्ना गर्ने भन्ने किसिमको सूचना फैलिएपछि ७० जना अविभावकहरुले मंगलबार विद्यालयलाई बैंकमार्फत सहयोग जम्मा गरेका थिए । तर स्कूल प्रशासनले भने लकडाउन खुलेपछि सबैको भर्ना हुने जनाउँदै अविभावकहरुलाई हतार नगर्न र नआत्तिन अनुरोध गरेको छ ।
जनता स्कूलले अंग्रेजी माध्यमबाट प्रविधिमैत्री कक्षाहरु सुरु गरेपछि विद्यार्थी तथा अविभावकको आकर्षण बढेको छ । अघिल्लो वर्ष पनि अत्याधिक मात्रामा भर्नाको लागि आवेदन परेको थियो । त्यसमध्ये प्रवेश परीक्षा लिएर विद्यार्थीहरुलाई भर्ना गराइएको थियो ।
जनता स्कूल इटहरीमा मात्र नभएर देशभरमै सामूदायिक विद्यालयतर्फ नमूना विद्यालयको रुपमा आफूलाई चिनाउने अभियानमा छ । विद्यालयले स्तरीय शिक्षक राखेर प्रविधिमैत्रि तथा अत्याधुनिक कक्षा कोठामा अध्ययन अध्यापन गराउन थालेको छ । अंग्रेजी माध्यमबाट सुरु गरिएको उक्त नयाँ अभ्यासलाई यस वर्षदेखि नेपाली माध्यममा समेत प्रयोग गरिने हुँदा शिक्षाको गुणस्तर अझै बढ्ने विद्यालयले जनाएको छ ।

१४ औ वार्षिक उत्सवको ...

डि पी ढुंगेल विराटनगर : विराटनगर महानगरपालिका - ४ ...

दलित सवालमा एकजुट भए ...

इटहरी । दलित समुदायले आफ्ना साझा मुद्दा पहिचान गरी साझा ...

दैनिक जीवनको तनाव: स ...

आजको व्यस्त जीवनमा तनाव हाम्रो दैनिक अनुभवको एउटा हिस्स ...

संविधान दिवस तथा राष ...

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]