भोजपुरमा पाँच सयको आरडिटी र २५ जनाको पिसिआर टेष्ट गरियो

  • वैशाख २८, २०७७ / "नेपाल रेखा"
alt

भोजपुर । भोजपुर जिल्लामा अहिलेसम्म ५ सय जनाको आरडिटी र २५ जनाको पिसिआर परीक्षण गरिएको छ ।
जिल्लाको दक्षिणी क्षेत्र हतुवागढी गाउँपालिका वडा नम्वर ६ का २६ बर्षिय युवामा कोरोना संक्रमण पोजेटिभ भेटिएपछि उनीसँगको सम्पर्कमा रहेका र बाहिरबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले बताए अनुसार बैदेशिक रोजगारीबाट आएका साथै बाहिरी जिल्लाबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको आरडिटी परीक्षण समेत भइरहेको छ ।
साथै अरुण गाउँपालिकामा रहेका ९८ जनाको पनि आरडिटी परीक्षण सकिएको छ । रिपोर्ट नेगेटिभ देखिएकाले उनीहरु सबैलाई आ–आफनो घर पठाइएको छ ।
गाउँपालिकाको वडा नम्वर १ याङपाङका १७ जना, वडा नम्वर ३ प्याउलीका का १५ जना, वडा नम्वर ४ चरम्वीका १२ जना, वडा नम्वर ५ याकुका ४ जना, वडा नम्वर ६ जरायोटारका २४ जना र वडा नम्वर ७ सिक्रेटारका २६ जना गरी ९८ जनाको आरडिटी परीक्षण गरिएको स्वास्थ्य कार्यालय भोजपुरले जानकारी दिएको छ । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।
क्वारेन्टाइनमा बसेका उनीहरुको आरडिटी र ज्वरो परिक्षण गर्दा कुनै समस्या नदेखिएकोले होम क्वारेन्टाइनमा पठाइएको हो । बाँकी ४५ जनाको पनि क्वारेन्टाइनमा बसेको १४ दिन पुगेपछि आरडिटी र ज्वरो परीक्षण गर्ने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी बुढाथोकीको भनाई छ ।

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]