इटहरी । कोविड १९ का कारण प्रभावित भई स्वदेश फर्किन चाहेका र स्वदेश फर्किएका प्रदेशका नागरिकहरुको तथ्यांक संकलन शुरु गरिएको छ । कोभिड–१९ बाट सिर्जित विषम परिस्थितिका कारण वैदेशिक रोजगारमा संलग्न, नेपाल फर्किन प्रतिक्षारत र फर्किएका प्रदेश १ नागरकिहरुको तथ्यांक अनलाइनबाट संकलन सुरु गरिएको हो । तथ्यांक संकलन गर्ने कामको मंगलबार मुख्यमन्त्री शेरधन राईले शुभारम्भ गर्नुभयो । गत जेठ ५ गतेको मन्त्रिपरिषद्को बैठकले विदेशमा रहेका प्रदेश १ का नागरिकहरुको अनलाइन फारम तयार गरेर तथ्यांक संकलन गर्ने निर्णय गरेको थियो । तथ्यांक फारम जततउकस्ररजभउिष्लिभ।उज्ञ।नयख।लउ मा गएर सिधै भर्न सकिनेछ । यो फारम प्रद
इटहरी । इटहरी उपमहानगरद्वारा वजेट निर्माण गरिरहदा इटहरीका युवा उद्यमीहरुसँग छलफल गरिएको छ । युवा उद्यमी मंचका केन्द्रीय सदस्य सुदीप घिमिरेको नेतृत्वमा भेला भएका युवा उद्यमीसँग छलफल गरिएको हो । युवा उद्यमीहरुले उपमहानगरले वजेटमा समेटनुपर्ने विषयमा ध्यानाकर्षण गराएका छन् । युवालाई उद्यमी वनाउने वुटम्याक्स तालिम, महिला उद्यमी सम्मेलन र वजेटमा युवा उद्यमी लक्षित योजना समावेश गर्न माग गरेका हुन् । इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले युवा उद्यमीहरुका माग प्रति उपमहानगर सकारात्मक रहेको बताउदै युवा उद्यमीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । उपमेयर लक्ष्मी गौतमले उपमहानगर युवा उद्यमीसँगको समन्वयमा काम
इटहरी । बुढीगंगा खोलाको पूर्वपट्टि निर्माण हुन लागेको पूर्वी मुक्तिधाम निर्माणबारे विपक्षीलाईहरुलाई छलफलका लागि झिकाउन आदेश दिइएको छ । उच्च अदालत विराटनगरका न्यायाधीश लेखनाथ घिमिरेको एकल इजलासबाट मंगलबार विपक्षीहरु प्रदेश समन्वय परिषदका संयोजक मुख्यमन्त्री शेरधन राई, सुनसरी मोरङ जिल्लाका दुबै प्रमुख जिल्ला अधिकारीहरु र निर्माण समितिका अध्यक्ष हेमप्रसाद घिमिरे समेत आठ जना उपर १५ दिन भित्र लिखित जवाफ लिई उपस्थित हुन आदेश जारी गरिएको छ । सुनसरी र मोरङ जिल्लालाई छुट्याउने बुढी गंगा खोलामा पूर्ववत अवस्थामा निर्माण सम्पन्न भई उपयोगमा रहेको मुक्तिधामको पूर्वपट्टि निर्माण हुन लागेको पूर्वी मुक्तिधाम न
इटहरी । रानी-धरान छ लेन सडक परियोजनाले इटहरी गोलचौकमा सडक मर्मत गरेको छ । चौकहुदै चल्ने यातायातका साधनहरुलाई वाइपास गरेर सडक मर्मत गरेको हो । सडक मर्मत गरेकोमा इटहरी उपमहानगरले सडक परियोजनालाई धन्यवाद दिएको छ । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम, इटहरी वडा नम्वर ६ का वडाध्यक्ष दीपक गौतम, उपमहानगरका इन्जिनियर अरुण राजभक्तलवटले सडक मर्मत कार्यको नीरिक्षण गर्नुभयो । रानी धरान ६ लेन सडक परियोजनाका इन्जिनियर उपेन्द्र दासले सडक मर्मत सकेर बुधबार देखि चौकवाट नै यातायातका साधन चल्ने वताउनुभयो । उपमहानगर, उद्योग वाणिज्य संघ र प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको पहलमा मर्मत गरिएको उहाँले वताउनुभय
अच्युत भट्टराई बराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर ४ मा आर्थिक बर्ष २०७६–०७७ मा पूर्वाघार तर्फ ५ करोड ९० लाखका कामहरु भएका छन् । वडा अध्यक्ष आशाराम चौधरीले यी योजना नगर र प्रदेश बाट परेका ठुला योजना भएको बताए । ५० हजार १ लाखका काम धेरै भएका छन् उनले थपे । उनका अनुसार पुलाहा खोला नियन्त्रणमा ४० लाख पिडारी ढल निर्माणमा २० लाख धनपुरी ढल निर्माणमा कल्भर्ट सहित २२ लाख ५० हजार, धनपुरी पिच १ करोड २५ लाखमा बोलपत्र आव्हान, पिडारी पिच, २ करोड ३८ लाखमा बोलपत्र आवहान, सर्दु खोला नियन्त्रणमा ३५ लाख, आन्द्रा मोठ ड्रेन निर्माणमा मन्दिर सहित १२ लाख, वडा कार्यालय घेराबारा १४ लाख, स्वास
भद्रपुर । सरकारले मेची–महाकाली विद्युतीय रेलमार्गका लागि पूर्वबाट जग्गा अधिग्रहण प्रक्रिया शुरु गरेको छ । पहिलो चरणमा रेलमार्ग निर्माण हुने भनिएको १०६ किलोमिटर लामो काँकडभिट्टा–इनरुवा खण्डका लागि झापा, मोरङ र सुनसरी जिल्लाभित्रका लगभग चार हजार कित्ता जग्गाको अधिग्रहण प्रक्रिया शुरु भएको हो । सरकारले रेलमार्गले ओगट्ने ६७३ बिघा १८ कठ्ठा जग्गा अधिग्रहण गर्नेछ । झापामा ३०३ बिघा, मोरङमा २३० बिघा र सुनसरीमा १४० बिघा १८ कठ्ठा जग्गा अधिग्रहण हुनेछ । झापा जिल्ला प्रशासन कार्यालयले यही जेठ २४ गते सार्वजनिक सूचना प्रकाशित गरी अधिग्रहण प्रक्रिया शुरु भएको जानकारी दिएको छ । झापाका प्रमुख जिल्ल
विराटनगर । मोरङ सुन्दरहरैचाको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गरिने भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गरिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो । संक्रमितहरु अस्पतालमा आएर भर्ना हुन समय लाग्ने गरेको भन्दै उहाँले संक्रमित भर्ना हुनुअघि अनलाइनबाट वेड बुक गर्न सक्ने प्रवन्ध गरिएको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘संक्रमितले वेड वुक गरेपछि वेड नं. र वेडको लोकेसनका आधारमा भर्ना हुनेछन् ।’ संक्रमण देखिएको स्थानबाट एम्वुलेन्
इटहरी । हाल विश्व कोभिड–१९ कोरना भाईरस संक्रमणका कारण भयावह स्थितिमा गुज्रिरहेको छ भने नेपाल पनि उक्त भाईरसबाट अछुत रहेको छैन । सो भाईरस संक्रमणलाई कम गर्नका लागि प्लान ईन्टरनेशनल नेपाल र सामुदायिक समाज उत्थान केन्द्र ( CSDC) सुनसरीको सहकार्यमा संचालित लैङ्गिक रुपान्तरित खानेपानी सरसफाइ तथा स्वच्छता दिगो विकास लक्ष्य परियोजना अन्र्तगत सुनसरी जिल्लाका विभिन्न पालिकाहरु, वडाहरु, स्वास्थ्य कार्यालय तथा क्वारेन्टाईनहरु लगाएत ४९ स्थानहरुमा हातले नछोईकन खुट्टाको सहयोगले धारा खोली हात धुन सक्ने स्थान निर्माणमा सहयोग गर्ने योजना रहेकोे छ । हाल ६ स्थानहरु–रामधुनी न.पा. वडा नंं. ८ को वडा कार
इटहरी । कोरोना भाइरस कोविड १९ संक्रमितहरुको संख्या दिनप्रति दिन बढी रहेको समयमा कोरोना परीक्षणलाई सहज बनाउने उद्देश्यले प्रदेस नम्बर १ का ल्याव टेक्नीसियनहरुलाई तालिम प्रदान गरिएको छ ।नेपाल सरकार स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन र मेडिकल ल्याब्रोटरी एशोसिएसन नेपालको आयोजनामा प्रदेस नम्बर १ स्तरीय तालिमको आयोजना गरिएको हो ।तालिममा स्वाब संकलन, सुरक्षीत रुपमा प्रयोगशालासम्म पुर्याउने, परिक्षण गर्ने लगायतका विषयहरु समावेश गरि आयोजना गरिएको तालिम प्रभावकारी भएको उदयपुरका सहभागी ल्याव टेक्नीसियन लौकाजी राईले बताए ।स्वास्थ्य प्रयोगशालाले रोग पत्ता लगाउने देखि निधान भएको अवस्थाका विषयमा जान
इटहरी । क्वीक रेस्क्यु टिम नेपालले कोरोना संक्रमण नफैलियोस् भनेर स्वास्थ्य सुरक्षाका लागि सुरक्षाकर्मी तथा अत्यावश्यक काममा खटिने कर्मचारीहरुका लागि पिपिई लगायतका सामाग्रीहरु उपलव्ध गराउन थालेको छ ।विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाको जोखिमको समयमा समेत कार्य क्षेत्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरुलाई क्वीक रेस्क्यु टिम नेपालले पिपिई र मास्क लगायतका स्वास्थ्य सुरक्षा सामाग्रीहरु उपलव्ध गराउने कार्य थालेको हो ।कर्मचारी तथा सुरक्षाकर्मीहरु समेत कार्य क्षेत्रमा खटिदा जोखिममा पर्ने तर्फ मध्यनजर गर्दै पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय सुनसरीलाई पाँच थान पिपिई, इलाका प्रहरी कार्यालय इटहरीलाई २५