इटहरी १० मा जेवी टुहुरे फाउण्डेसनको भवन बनाइदै

  • जेठ ३०, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । जनगायक जेवी टुहुरेको नाममा स्थापित जेवी टुहुरे फाउण्डेसनको भवन शिल्यान्यास गरिएको छ ।
इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले इटहरी–१० मा भवनको शिल्यान्यास गर्नु भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी अध्यक्ष बहादुर सिहं तामाङ्ग र फाउण्डेसनकी अध्यक्ष निर्भिका टुहुरेलगायतको उपस्थितिमा भवन शिल्यान्यास गरिएको हो ।
प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको ४० लाख र ८ लाखको जनश्रमदानमा निर्माण कार्य अघि बढेको फाउण्डेसनकी अध्यक्ष निर्भिका टुहुरेले बताउनुभयो ।
उहाँका अनुसार इटहरी उपमहानगर कार्यपालिकाको वैठकले निर्णय गरेर वडा नम्वर १० मा जग्गा उपलब्ध भएको हो । त्यहाँ स्टुडियो सहितको संगीत प्रतिष्ठान निर्माण गरिने उहाँले जानकारी गराउनु भयो । उहाँले जग्गा उपलब्ध गराउने इटहरी उपमहानगर र भवन निर्माणमा वजेट उलपब्ध गराउने प्रदेश सरकारलाई धन्यवाद ब्यक्त गर्नुभयो ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]