दुई बर्षभित्र इटहरीका सबै मुलबाटोहरु कालोपत्रे गरिने

  • जेठ ३१, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीले अबको दुई बर्षभित्र इटहरीका सवै मुलवाटोहरु कालोपत्रे गरिसक्ने कुरा दोहोर्याउनु भएको छ ।
सप्तकोशी एफएममा कार्यक्रम हेल्लो मेयरमा कुरा गर्दै उहाँले आफनो कार्यकालमा त्यति गर्न नसके राजनीतिबाटै सन्यास लिने बताउनुभयो । उहाँले भन्नुभयो ‘गाँउका मुल बाटोहरु पनि कालोपत्रे गर्न नसके किन राजनीति गर्नु ?’ गाँउ गाँउका जनतालाई उपमहानगरवासी भएको अनुभूति दिलाउन वहुबर्षे सडक योजना अन्तर्गत मुल वाटोहरु कालोपत्रे गर्ने कार्य धमाधम संचालन भइरहेको मेयर चौधरीले वताउनुभयो ।
गाँउ गाँउमा कालोपत्रे सडक वनिरहदा जनता खुशी र उत्साहित वनेको उहाँको भनाई छ । वहुवर्षे योजना वाहेक ठेक्का मार्फत १७ वटा योजनाको निर्माण कार्य जारी रहेको वताउनुभयो ।
चालु आर्थिक वर्षमा उपभोक्ता समिति मार्फत संचालन गरिने ४ सय ८० वटा वडास्तरीय योजना स्वीकृत भएकोमा १ सय ३४ वटा सम्पन्न भइसकेको जानकारी दिनुभयो । २ सय ५९ योजना धमाधम संचालन भइरहेका छन् ।
उहाँका अनुसार २ सय १० वटा नगरस्तरीय योजना स्वीकृत भएकोमा २ सय ६ वटाको सम्झौता भई ६१ वटा सम्पन्न भएका छन् । १ सय ४५ वटा योजनाको निर्माण कार्य भइरहेको छ । इटहरीमा भौतिक पूर्वाधार निर्माण तर्फ उल्लेख्य प्रगति हुने मेयर चौधरीको दावी छ । आगामी आर्थिक बर्षमा भौतिक पूर्वाधार निर्माण, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिइने वताउनुभयो । आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषिमा आत्मनिर्भर वनाउन उल्लेख्य वजेट विनियोजन गरिने उहाँले जानकारी दिनुभयो ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]