इनरुवाका आगलागी पीडितलाई सरकारले क्षतिपूर्ति दिनुपर्छः रामकुमारी चौधरी

  • जेठ ३२, २०७७ / "नेपाल रेखा"
alt

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) का सांसद रामकुमारी चौधरीले सुनसरी सदरमुकाम इनरुवामा भएको आगलागी बारे प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
बैठकको बिशेष समयमा बोल्दै सांसद चौधरीले हनुमान बस्त्रालयबाट लागेको आगोले छेउको सृजना फाइनान्स र हार्डवेयर गरि छ घरपरिवारमा क्षती पुर्याएको सांसद चौधरीले बताइन् ।
धरान, इटहरी, दुहबी, बराहक्षेत्र, सुन्दरहरैचा र बिराटनगरको दमल प्रयोग गरी सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुले आगो निभाएका थिए । पीडितहरुलाई सरकारको तर्फबाट क्षतिपूर्ति दिनु पर्ने माग समेत गरेकी छिन् ।
साथै सुनसरी लगायत देशै भरीका कोरोना संक्रमित राख्ने क्वारेन्टाइनहरु अस्त व्यस्त रहेकोले व्यवस्थित गर्न समेत माग गर्नु भएको छ ।
तराईमा रहेको नेपाल भारत सिमानाहरुमा भारतीय पक्षबाट दिन प्रतिदिन बिभिन्न किसिमले स्थानीय तथा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीहरु माथि आक्रमण गर्ने र हत्यार समेत खोस्ने प्रयासहरु भैइरहेको सांसद चौधरीले बताउनु भयो । साथै नेपाली सेनालाई भात खुवाएर व्यापार गर्न लगाउने नभई सीमा रक्षा गर्न सिमानामा खटाउन समेत सरकारसङ्ग माग गरेकी छिन् । सशस्त्र प्रहरीको संख्या सीमा सुरक्षाको लागि थोरै भएकोले सपोर्टको लागि नेपाली सेनालाई सिमानामा पठाउनु पर्ने सांसद चौधरीले बताउनु भयो ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]