धरान । न्यूनतम् पारिश्रमिक निर्धारण समितिको आयोजना र नेपाल पत्रकार महासंघ सुनसरी शाखाको संयोजनमा ‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था यसलाई प्रभावकारी कार्यान्वयनका लागि अवलम्बन गर्नुपर्ने उपायका विषयमा’ अन्तरक्रिया गरिएको छ । सुनसरीको धरान स्थित नेपाल पत्रकार महासंघको सभाहलमा शनिबार भएको कार्यक्रममा पत्रकारहरुले श्रमजिवी पत्रकार ऐन कार्यान्वयन हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष राजेश विद्रोहीले ऐनलाई बाध्यकारीरुपमा ग्रहण नगरिदा पत्रकारले पारिश्रमिक नपाएको बताए । उनले भने–‘अरुलाई पारिश्रमिक दिलाउन आवाज उठाउने पत्रकार आफूले तलब नपाएको
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको पहिलो कार्यपालिका बैठक शुक्रबार बसेको छ ।उपमहानगरपालिका कार्यालयको सभाहलमा स्थानीय तह दोस्रो निर्वाचनको पहिलो कार्यपालिका बैठक बसेको हो । नगरप्रमुख हेमकर्ण पौडेलको अध्यक्षतामा बसेको बैठकले केही महत्वपूर्ण निर्णयहरू पनि गरेको छ । बैठकमा कार्यालयमा फर्निचर हुँदाहुँदै नयाँ जनप्रतिनिधिहरुका नाममा फर्निचर सामाग्री खरिद गरी अनियमितता गरेको भन्दै कार्यपालिका सदस्यहरुले ती सामाग्री कसरी खरिद गरियो भन्दै प्रष्ट हुन चाहेका थिए । नवनिर्वाचित जनप्रतिनिधिले काम थाल्दै गर्दा कर्मचारी भने सामान खरिदमा हतारिनुलाई अनियमितता हुनसक्ने भन्दै कार्यपालिका सदस्यहरु प्रष्ट हुन
कुमोद अधिकारी विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको परिणामप्रति पार्टी सन्तुष्ट रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार बिहान संचारकर्मीसंग कुरा गर्दै उनले पार्टी एक्लै चुनाव लड्दापनि मतको संख्यामा आफ्नो ठुलो भएको दावी गरे । नेकपा एमालले स्थानीय तहको निर्वाचनमा पपुलर मत पाएकाले मंसिरमा हुने प्रदेश र संघिय निर्वाचनमा एमाले सवैभन्दा ठुलो पार्टी बन्ने उनको दावी थियो । लोकतन्त्रको रक्षाका लागि संविधानको पूर्ण पालना आवश्यक रहेको उनले बताए । सत्ता स्वार्थका लागि अहिले संविधान विपरीत काम भइरहेकाले आफैले बनाएको संविधानको दलहरुले पालना गर्नुपर्ने
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्थानीय तहबिनाको संघीय शासन व्यवस्था असफल हुने भएकाले संघीय व्यवस्था बलियो बनाउन स्थानीय तह सफल हुनुपर्ने धारणा व्यक्त गरेका छन् । उनले संघीय शासन व्यवस्थाका लागि स्थानीय तहको विशिष्ट महत्व भएको उल्लेख गरे । प्रदेश नं. १ का स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षका लागि स्थानीय सरकार सञ्चालन सम्बन्धी दुईदिने अभिमूखीकरण कार्यक्रमको समापन तथा प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले संघीयताको जग नै स्थानीय तह भएको बताए । उनले सबै जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक
कुमोद अधिकारी विराटनगर । मोरङको विराटनगर महानगरपालिकाले आफ्नै छुट्टै आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । महानगरपालिकाको स्वामित्वमा रहेको आधारभूत आयुर्वेद स्वास्थ्य सेवा केन्द्रको महानगर उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गरेसँगै स्वास्थ्य सेवा केन्द्र औपचारिक रुपमा सञ्चालनमा आएको हो ।विराटनगर वडा नम्बर–११ को जनपथ टोलमा सञ्चालनमा ल्याइएको सेवा केन्द्रबाट आयुर्वेदसम्बन्धी सम्पूर्ण उपचार हुनेछ । औषधिसहित सबै सम्पूर्ण उपचार सेवा निःशुल्क उपलब्ध गराइने महानगरले जनाएको छ । महानगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर अहिले एउटा आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएप
धरान । धरान उपमहानगरपालिका वडा नम्बर १४ बिजयपुरकी मेरिका बास्कोटा दि हिडन ट्रेजरद्वारा आयोजित मिस नेपाल–२०२२ को फाइनलमा पुगेकी छन् ।देशभरिबाट करिब ८ सय जना युवतीहरुले मिस नेपालमा भाग लिन आवेदन दिएका थिए । देशका सात वटै प्रदेशमा भएको अडिसनबाट छानिएका २ सय जनाको गत जेठ–३ गते राजधानी स्थित होटल याक एन्ड यतिमा प्रतिष्पर्धा भएको थियो। उक्त प्रतिष्पर्धाबाट धरानकी मेरिका फाईनलका लागि उत्कृष्ट २४ मा पर्न सफल भएकी थिइन् । मेरिकाले आफूलाई भोट दिएर जिताउन सबैसंग आग्रह गरेकी छन् । उनलाई भोट दिनका लागि मोबाएलको प्ले स्टोरमा गएर खल्ति एप्स डाउनलोड गरि इभेन्ट सेक्सनमा गएर क्लीक गर्ने र त्यहाँ मिस
धरान । सम्पूर्ण उत्पीडित दलित शिल्पि एक होऔ भन्ने नाराकासाथ धरानमा १७ औ जातीय विभेद तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस सम्पन्न भएको छ । जेठ २१ गते धरान भानुचौकको लोकतान्त्रिक चौतारीमा सम्पन्न भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) नेता मुकसामहाङ मेन्याङ्बो (मुकेश) ले २०६३ साल जेठ २१ गते भएको जातीय विभेद तथा छुवाछूत उन्मुलन राष्ट्रिय घोषणा र २०७२ को नयाँ संविधानमा दलितको हकलाई मौलिक अधिकारमा लिपिबद्ध गर्दै दलित राष्ट्रिय आयोगको व्यवस्था हुनु दलित आन्दोलनको महत्वपूर्ण उलपलब्धिको रूपमा लिनुपर्ने वताए । हजारौं बर्ष देखि प्रतिक्रियावादीहरूले आफ्नो स्वार्थ सिद्ध गर्न निर्माण गरेको विचार र व्
धिरेन्द्रकुमार चौधरी रामधुनी । सुनसरीको रामधुनी नगरपालिका कार्यालयको पशु सेवा शाखाको आयोजनामा नगर क्षेत्रमा क्रियाशिल दुग्ध सहकारी संस्थालाई आबश्यक सामग्री मिल्क क्यान बितरण गरिएको छ ।शुक्रबार एक कार्यक्रमकाबीच रामधुनी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख शंकरलाल चौधरीले दुग्ध सहकारी संस्थालाई क्यान वितरण गरेका हुन् । मिल्क क्यान पाउने रामधुनी–१ मा रहेकोे बर्षा कृषि तथा पशुपालन फर्म २ वटा, रामधुनी–३ मा रहेको सौरभ बहुउद्देश्यीय कृषि फर्म २ वटा, रामधुनी–४ मा रहेको दुग्ध उत्पादन सहकारी संस्था १२ वटा रहेका छन् । त्यसैगरी रामधुनी–५ मा रहेकोे महालक्ष्मी कृषि फर्म २ वटा र रामधुनी
इटहरी । पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने होटल व्यवसाय सञ्चालनलाई सहज बनाउन सरकारले ब्याज छुटको नीति ल्याउनुपर्ने पूर्वका होटल व्यवसायीले माग गरेका छन् ।कोभिडकाकारण दुई वर्षसम्म थलिएको होटल व्यवसायलाई सहज रुपमा सञ्चालन गर्न सरकारले बैंक ब्याजमा छुट्को व्यवस्था गर्नु पर्ने व्यवसायीहरुले माग गरेका हुन् ।होटल इनटुरिस प्लालेसका सञ्चालक तथा होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले सरकारले बैंक ब्याज ४ प्रतिशतको सुविधालाई निरन्तरता दिनु पर्ने बताए । सरकारले एक वर्षका लागि मात्र ४ प्रतिशत होटल व्यवसायका लागि ब्याज सुविधा दिएको थियो ।इटहरीमा रहेको होटल इनटुरिस प्यालेसको तेस्र
कुमोद अधिकारी विराटनगर । सवारी चालक अनुमतीपत्र अर्थात सवारी लायसेन्स अब विराटनगरबाटै पाइने भएको छ । सुनसरीको इटहरीमा रहेको यातयात व्यवस्था सेवा कार्यालयमा सेवाग्रहीको चाप बढेपछि प्रदेस १ सकारले आगामी साउनदेखि सवारी चालक अनुमतिपत्र विराटनगरबाटै पाउने गरि व्यवस्था मिलाउन लागेको हो । यातयात व्यवस्था कार्यालयले आगामी साउन महिनादेखि सवारी चालक अनुमतिका लागि लिखित र ट्रयायल दुवै परीक्षा लिएर विराटनगरबाट सबै सवारी साधनका लायसेन्स दिने गरि काम अघि बढाएको कार्यालयका प्रमुख अनमोलमणी भट्टराईले बताए । प्रदेश नं. १ यातयात तथा संचार मन्त्रालयको मन्त्रि स्तरको निर्णयअनुसार यातयात व्यवस्था सेवा कार्यालय विराट