बजार अनुगमन टोलीद्वारा म्याद गुज्रिएका खाद्य सामाग्री नष्ट

  • असार ३, २०७९ / नेपाल रेखा
alt

दीपक कार्की
इटहरी । बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अनुगमन टोलीले तत्काल म्याद गुज्रिएका सामानहरु नष्ट गरि व्यवसायीलाई सचेत गराइएको छ ।
जिल्ला प्रशासन कार्यालय समेतको सहभागितामा गरिएको बजार अनुगमनका क्रममा इटहरीको मुख्य बजार क्षेत्रका केही पसलहरुमा म्याद गुज्रिएका सामानहरु फेलापछि नष्ट गरिएको हो ।
अनुगमनका क्रममा खाद्य पसलहरुमा केही सामानको म्याद गुज्रिएको पाइएको खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख काशिनाथ घिमिरेले जानकारी दिए ।
स्थानीय निकाय समेतको सहभागितामा जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग कार्यालय लगायतको सरोकारवालाहरुको समेत उपस्थितिमा बजार अनुगमन गर्ने क्रममा मसला, खाने तेल लगायतका वस्तुको म्याद गुज्रिएको पाइएका हुन् ।
बजार अनुगमनका क्रममा दैनिक उपभोग्य वस्तुका म्याद गुज्रिएको पाइएको बताउदै यस पटकलाई सचेत गराइएको घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख राजन पाण्डे बताउछन् । उनले सरोकारवाला निकायहरुसंग समन्वय गरेर आलोपालोमा अनुगमनलाई निरन्तरता समेत दिने जानकारी गराए । संयुक्त बजार अनुगमन टोलीले इटहरीमा होलसेल खाद्यान्न लगायतका पसलहरुमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा उपभोग्य म्याद, व्यवसाय दर्ता, नवीकरण, कर चुक्ता भए नभएको विषयलाई हेरेको थियो । अनुगमनमा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिताकुमारी चौधरी उपभोक्ता मञ्च नेपालका अध्यक्ष ठगेन्द्रप्रसाद आचार्य लगायतको सहभागिता रहको थियो ।

bajar anugaman itahari2

 

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]