शिक्षामा नीतिगत सुधार गर्नुपर्छः मन्त्री राई

  • असार ७, २०७९ / नेपाल रेखा
alt

दीपक कार्की
इटहरी । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री राजन राईले शिक्षालाई गुणस्तरीय, व्यवहारिक र व्यवसायिक बनाउन नीतिगत रुपमा सुधार गर्नु पर्ने बताएका छन् ।
सुनसरीको इटहरीमा जनता माध्यमिक विद्यालयको ६५ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथी मन्त्री राईले पछिल्लो समयमा पाठ्यक्रममा सुधार आइरहेको भएपनि अझै सुधारको खाँचो रहेको बताएका हुन् ।
कलेजको पढाई पुरा गर्ने बित्तिकै जीवन निर्वाह गर्न सक्ने पेशा अनाउने सक्षम हुने अवस्था अहिलेसम्म नगरेको भन्दै प्रदेश सरकारले शिक्षा क्षेत्रको सुधारका लागि गुणस्तरीय, व्यवहारिक र व्यवसायिक शिक्षाका लागि नीतिगत रुपमा सुधार गर्ने अभियानमा रहेको समेत मन्त्री राईले जानकारी गराए । जनता माविको पठन–पाठन राम्रो रहेको आफूले नजिकबाट निहालेकोे भन्दै मन्त्री राईले अझ सफताको शुभकामना समेत दिएका थिए ।
विद्यालयको बार्षिक उत्सव तथा अभिभावक दिवसका अवसरमा आयोजित सो कार्यक्रममा विद्यालयको आर्थिक वर्ष २०७७।०७८ को लेखापरिक्षण प्रतिवेदन, आव २०७७–०७८ को सामाजिक परिक्षण प्रतिवेदन विद्यालयका प्रध्यानाध्यापक पशुपति सिग्देलले प्रस्तुत गरेका थिए । विद्यालयमा अध्ययनरत बिभिन्न कक्षाका ३७ जना विद्यार्थीहरुलाई छात्रावृति समेत वितरण गरिएको थियो । त्यसै गरी कक्षागत रुपमा प्रथम, द्धितिय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
वार्षिक उत्सव तथा अभिभावक दिवस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालका अध्यक्षता रहेको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु फुलराज सुवेदी, कमल राज रेग्मी विद्यालयका पूर्व प्रधानध्यापक प्रेमप्रसाद न्यौपाने, छत्रपति ढुंगेल, बलराम पोखरेल अक्षयकोष दाताहरु लेखनाथ घिमिरे, पुजा उपाध्याय बराल, हिरामणी घिमिरे, अभिषेक नेपाल, पुन्यप्रसाद न्यौपाने लगायतका उपस्थिित रहेको थियो ।

2 3 3 5

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]