धनपालथान गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर

  • असार ५, २०७९ / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर / महिला तथा जेष्ठ नागरिकसंग गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष कार्यक्रम अन्तर्गत मोरङको धनपालथान गाउँपालिका वडा नं. ३ मा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
गरिब, अतिविपन्न तथा जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले धनपालथाना गाउँपालिका स्वास्थ शाखाले शिविरको आयोजना गरेको हो ।
शिविरमा ८ सय ३७ जनाले सेवा लिएको स्वास्थ्य शाखा प्रमुख ऋषिराज सेठले बताए । त्यसमध्ये महिला ५ सय ७८ तथा पुरुष २ सय ५९ जना रहेका छन् ।
शिविरमा आङ खस्ने तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धि भिआइए सेवा, क्यान्सर रोग सम्बन्धि सेवा, आँखाको जाँच तथा मोतियाविन्दुको निःशुल्क अपरेशन, विशेषज्ञ स्वास्थ्य जाँचका साथै स्वास्थ प्रयोगशालामा विरामीलाई निःशुल्क इसिजी तथा भिडियो एक्सरे सेवा प्रदान गरिएको थियो । त्यस्तै शिविरमा आउने विरामीहरुलाई ९० प्रकारको औषधि निःशुल्क वितरण गरिएको स्वास्थ्य महाशाखा प्रमुख ऋषिराज सेठले बताए ।
विराट मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोगमा भएको सो शिविरमा क्यान्सर रोग सम्बन्धि विशेषज्ञ सेवा, स्त्री तथा प्रसुतीरोग सेवा, जनरल फिजिसियन, हाडजोर्नी तथा नशारोग सम्बन्धि सेवा तथा आँखा रोग सम्बन्धि विरामीहरुलाई बिभिन्न प्रकारका सेवा प्रदान गरिएको थियो । शिविरमा सो अस्पतालको दुई दर्जन भन्दा बढि चिकित्सकहरुले सेवा प्रदान गरेका थिए ।
स्वास्थ शिविरको उद्घाटन गर्दै धनपालथान गाउँपालिकाका निर्वतमान अध्यक्ष हरिलाल सिंहले वर्षाको समयमा खेतीपाती गर्ने ग्रामिण क्षेत्रका किसानलाई बिभिन्न प्रकारको रोग लाग्ने भएकाले स्थानिय स्तरमा आयोजना हुने यस्ता शिविर जनताका लागि फलदायी भएको बताए ।
सो पालिकाका अध्यक्ष जिवछप्रसाद गच्छदारले स्वास्थ सिक्षा आम नागरिकको नैर्सगिक अधिकार भएकाले आफ्नो पालिकाले सातवटै वर्डामा शिविर संचालन गर्दै लैजाने बताए ।
कार्यक्रममा विराट मेडिकल कलेजका डाक्टर ईश्वर गुरुङ सो पालिकाका वडा अध्यक्ष नागेश्वरप्रसाद मण्डल तथा सो पालिकाका जनता समाजवादी पार्टीका अध्यक्ष विजयकुमार सिंहले जनताको घरदैलोमा संचालन हुने यस्ता शिविरले जनताको स्वास्थमा पहुँच बढेको बताए ।

sibir 1

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]