घरदैलोमा आएको सेवा लिन प्रमुख जिल्ला अधिकारीको आग्रह

  • जेठ ३१, २०७९ / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । नेपाल सरकारको राष्ट्रिय अभियानको रुपमा रहेको राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्यकालागि मोरङको मिक्लाजुङ गाउँपालिकामा  विवरण संकलन अभियान सुरु भएको छ ।
सो गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले परिचयपत्र विवरण संकलन अभियानको शुभारम्भ गरे । ९ वटा वडा रहेको सो पालिकामा एउटा वडामा चारवटा स्टेसन राखेर १५ दिनसम्ममा विवरण संकलन गरिने जनाइएको छ । अभियानको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी दाहालले नेपाल सरकारले शुरु गरेको यो अभियान घरदैलोमा आइपुगेकाले सवैलाई सेवा लिन आग्रह गरे ।
नेपाल सरकारले दिने सवै प्रकारका सेवा परिचयपत्रमा समावेश हुने भएकाले नेपाली नागरिकता भएका सवै नेपालीलाई परिचयपत्र बनाउन उनले आग्रह गरे ।  मोरङको १७ पालिकामध्ये  सातवटा पालिकामा परिचयपत्रका लागि विवरण संकलनको काम सम्पन्न भइसकेको छ । त्यस बाहेकको जिल्ला प्रशासन कार्यालय मोरङमा चारवटा स्टेसन राखेर विवरण संकलन गर्ने काम भइरहेको छ ।
गत असोज ४ गतेबाट मोरङमा शुरु भएको सो अभियानमा अहिलेसम्म २ लाखभन्दा वढि व्यक्तिको  विवरण संकलन गर्ने काम भइसकेको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।  परिचयपत्र पत्र बनाउन व्यक्तिगत, जैविक तथा आँखाको रेटिना तथा औठाको छाप सहित विवरण संकलन गरिने छ ।
परिचयपत्र बनाउनका लागि  जिल्ला भित्र रहेका नेपाली नागरिकले नागरिकताको आधारमा तथा अन्य जिल्लामा रहेका नागरिकले  यो जिल्लाामा बनाउदा वसाई सराईको कागजपत्र पेश गर्नुपर्ने अभियानका फोकल पर्सन एंव सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए ।  तीनपुस्ते विवरण सहित अहिले नेपाली नागरिकताको विवरण राखिने व्यवस्था मिलाइएको परिचयपत्रमा क्रमसः नेपाल सरकारले प्रदान गर्ने सबै सेवा सुविधाको विवरण समेटिने भएकाले फर्ममा विवरण भर्दा शुद्ध भाषामा भर्दिन समेत उनले आग्रह गरे ।   
कार्यक्रममा वोल्नु हुदै मिक्लाजुङ गाउपालिका अध्यक्ष बबिकुमार राईले घरदैलोमा आएको सेवालाई उपयोग गरि   अभियान सफल बनाउन आग्रह गरे । सो पालिकाका उपाध्यक्ष दिनेश पौडेलले वडाहरुको भौगोलिक अवस्था हेरेर स्टेसन राख्दा सवैलाई सहज हुने बताए । तोकिएको अवधिमा पनि परिचयपत्र बनाउन छुटफुट भएका नेपाली नागरिकले जिल्ला प्रशासन कार्यालय मोरङमा आएर परिचयपत्र बनाउने  व्यवस्था मिलाइएको छ ।
असोजको पहिलो हप्तावटा शुरु भएको परिचयपत्र विवरण संकलनको काम आगामी ५ महिना भित्र सबै स्थानीय तहमा सम्पन्न गरिने र त्यसपछि  ६ महिना भित्र नेपाली नागरिकले आफनै वडा मार्फत राष्ट्रिय परिचपत्र पाउने छन् । नेपाली स्मार्टकार्डको रुपमा रहेको सो परिचयापत्र निःशूल्क पाउने व्यवस्था मिलाइएको छ । परिचयपत्रमा बैंक तथा वितिय संस्थाको सेवा, सवारी चालक अनुमतीपत्र, सम्पती कारोबार, सामाजिक सुरक्षा भत्ता, मतदाता नामावली, अपराध अनुसन्धान, स्वास्थ्य सेवा, व्यक्तिगत घटनादर्ता, राजश्व संकलन तथा युटिलिटी सेवालाई उपयोग गर्नेगरि नेपाल सरकाले व्यवस्था मिलाएको छ ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]