सुन्दरहरैंचा नगरपालिकाद्वारा किसानलाई कृषि सामाग्री वितरण

  • जेठ ३०, २०७९ / नेपाल रेखा
alt

दीपक कार्की
विराटचौक । युवा रोजगार मुलक कार्यक्रमलाई प्राथमिकतामा राखेर मोरङको सुन्दरहरैचा नगरपालिकाले कृषिजन्य उत्पादन वृद्धिमा जोड दिदै किसानहरुलाई बिभिन्न किसिमका अनुदान उपलब्ध गराउदै आएको छ ।
युवा शक्ति वैदेशिक रोजगारीकालागि पलायन नहुन् भन्ने उद्देश्यले सुन्दरहरैचा नगरपालिकाले कृषिमा अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको हो ।
पशुपक्षी प्रवद्र्धन शाखाका जिवन चापागाई सुन्दरहरैचा नगरपालिकाले विगत पाँच वर्ष देखि कृषि उत्पादनमा वृद्धि गर्ने हुने काम गर्दै आएको बताउछन् । उनले दुध, फुल र मासु उत्पादनमा जोड दिदै नगरलाई आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गर्दै आएको समेत जानकारी दिए ।
सुन्दरहरैचा नगरपालिकाले किसानहरुलाई विउविजन, बाख्रा, कुटी काट्ने मेसिन, दुघ चिस्याउने मेसिन लगायतका कृषिसंग सम्वन्धित सामाग्रीहरु वितरण गर्दै आएको छ । नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाई कृषिसंग जोडिने खाद्यान्नहरु भारतबाट आयत गर्न परिरहेकाकारण व्यापार घाटा बढिरहेको भन्दै निर्यात गर्न नसकिएपनि आयत घटाएर व्यापार घाटा घटाउने गरी कृषि उत्पादन वृद्धि गर्न लाग्नु पर्नेमा जोड दिए । कृषि उत्पादन वृद्धिका लागि नगरपालिकाले अनुदानमा कुटी काट्ने मेशिन उपलव्ध गराइएकी पशुपालक किसान शोभा शर्मा मेशिनले गर्दा समय बचत हुने तथा आपूnलाई पनि सहज हुने बताउछिन् । उनले यस अघि हातले नै कुटी काट्दा समय बढी लाग्ने तथा झन्झट समेत हुने गरेको सुनाइन् । त्यसै गरी दुध चिस्याउने अनुदानमा प्राप्त गर्ने कामधेनु दुग्ध सहकारीका जीवनाथ अधिकारी अनुदानमा चिस्यान प्राप्त भएपछि किसानहरुबाट अझ वढी दुध संकलन गर्न सकिएको बताउछन् ।
सुन्दरहरैचा नगरपालिकाले किसानहरुलाई आवश्यकता र बजेटलाई प्राथमिकतामा राखेर आश्यकता अनुसार अनुदान उपलब्ध गराउने जनाइएको छ ।

मानसिक स्वास्थ्य-हाम ...

हाम्रो समाजमा हामी प्रायः मानिसलाई काम कस्तो चलिरहेको छ ...

नेता चोकमा झण्डा अना ...

मोरङ । १८ औँ गणतन्त्र दिवसको अवसर पारेर ग्रामथान गाउँपा ...

तालतलैया कला साहित्य ...

इटहरी । सुनसरीको इटहरीमा पनि साहित्यिक तथा सांस्कृतिक क ...

पत्रकार दीपक कार्की ...

इटहरी । ज्येष्ठ नागरिकहरूलाई एकै ठाउँमा भेला गराई आपसी ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]