विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश र स्थानीय तहलाई बलियो बनाउने मनसायका साथ स्वीट्जरल्याण्ड सरकारले गरेको सहयोग सकारात्मक भएको उल्लेख गरेका छन् । स्वीस सरकारको सहयोगमा सञ्चालित प्रदेश सहयोग कार्यक्रम निर्देशक समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले संघीय प्रणालीमाथि नै प्रश्न उठेका बेला स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त सहयोग स्थानीय सरकारको सबलीकरणमा खर्च हुनु राम्रो भएको बताए । उनले संघीय प्रणालीलाई बलियो बनाउनेगरी स्वीस सरकारको सहयोग कार्यक्रम केन्द्रित भएकाले यसलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए । मुख्यमन्त्री राईले प्रदेश सहयोग कार्यक
दीपक कार्कीइटहरी । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री राजन राईले शिक्षालाई गुणस्तरीय, व्यवहारिक र व्यवसायिक बनाउन नीतिगत रुपमा सुधार गर्नु पर्ने बताएका छन् ।सुनसरीको इटहरीमा जनता माध्यमिक विद्यालयको ६५ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथी मन्त्री राईले पछिल्लो समयमा पाठ्यक्रममा सुधार आइरहेको भएपनि अझै सुधारको खाँचो रहेको बताएका हुन् ।कलेजको पढाई पुरा गर्ने बित्तिकै जीवन निर्वाह गर्न सक्ने पेशा अनाउने सक्षम हुने अवस्था अहिलेसम्म नगरेको भन्दै प्रदेश सरकारले शिक्षा क्षेत्रको सुधारका लागि गुणस्तरीय, व्यवहारिक र व्यवसायिक शिक्षाका लागि नीतिगत रुपमा सुधार ग
ललितपुर । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपाल २०२२ को ताज प्रियंका रानी जोशीले पहिरिएकी छन् । ललितपुरको गोदावरी स्थित सनराइज कन्भेन्सनमा भएको ग्राण्ड फिनालेमा २३ प्रतियोगिलाई पछि पार्दै उनले विजयको ताज पहिरिएकी हुन् । मिस नेपाल नम्रता श्रेष्ठले उनलाई ताज पहिर्याइन् । उनी २०२० की मिस नेपाल हुन् । कोरोना महामारीका कारण गत वर्ष यो प्रतियोगिता भएन । त्यसैगरि, सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए । मिस नेपालको फाइनल प्रतिस्पर्धामा प्रियंकासहित आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंग
कुमोद अधिकारी विराटनगर / महिला तथा जेष्ठ नागरिकसंग गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष कार्यक्रम अन्तर्गत मोरङको धनपालथान गाउँपालिका वडा नं. ३ मा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ ।गरिब, अतिविपन्न तथा जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले धनपालथाना गाउँपालिका स्वास्थ शाखाले शिविरको आयोजना गरेको हो । शिविरमा ८ सय ३७ जनाले सेवा लिएको स्वास्थ्य शाखा प्रमुख ऋषिराज सेठले बताए । त्यसमध्ये महिला ५ सय ७८ तथा पुरुष २ सय ५९ जना रहेका छन् । शिविरमा आङ खस्ने तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धि भिआइए सेवा, क्यान्सर रोग सम्बन्धि सेवा, आँखाको जाँच तथा
दीपक कार्कीइटहरी । बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अनुगमन टोलीले तत्काल म्याद गुज्रिएका सामानहरु नष्ट गरि व्यवसायीलाई सचेत गराइएको छ ।जिल्ला प्रशासन कार्यालय समेतको सहभागितामा गरिएको बजार अनुगमनका क्रममा इटहरीको मुख्य बजार क्षेत्रका केही पसलहरुमा म्याद गुज्रिएका सामानहरु फेलापछि नष्ट गरिएको हो ।अनुगमनका क्रममा खाद्य पसलहरुमा केही सामानको म्याद गुज्रिएको पाइएको खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख काशिनाथ घिमिरेले जानकारी दिए ।स्थानीय निकाय समेतको सहभागितामा जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग कार्यालय लगायतको सरोकारवालाहर
इटहरी । बैक ब्याज बढाइएको तथा दोहोरो कर लगाइएको भन्दै सुनसरीको इटहरीमा व्यवसायीहरुले सरकारको विरोध गरेका छन् ।इटहरी चेम्बर अफ कमर्शको आयोजनामा व्यवसायीहरुले बैक ब्याज घटाउनु पर्ने दोहोरो कर हटाउनु पर्ने लगायतको माग राखी विरोध प्रदर्शन गरेका हुन् ।इटहरी उपमहानगरपालिका अगाडि व्यवसायीहरुले ब्याज दर सगरमाथा चढिसक्यो तपाई कता हो गभर्रनर ज्यु भन्ने नारा लगाउदै कालो पट्टी सहित विरोध प्रदर्शन गरे । विरोध प्रदर्शनका क्रममा इटहरी चेम्बर अफ कमर्शका अध्यक्ष गणेश कटुवालले व्यापार व्यवसायमा सहज हुने नीति ल्याउनु पर्नेमा सरकारले व्यापार व्यवसायका लागि समस्या हुने गरी नीति बनाएको आरोप लगाए । उनले पुँजीगत खर्च
कुमोद अधिकारीविराटनगर । नेपाल सरकारको राष्ट्रिय अभियानको रुपमा रहेको राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्यकालागि मोरङको मिक्लाजुङ गाउँपालिकामा विवरण संकलन अभियान सुरु भएको छ ।सो गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले परिचयपत्र विवरण संकलन अभियानको शुभारम्भ गरे । ९ वटा वडा रहेको सो पालिकामा एउटा वडामा चारवटा स्टेसन राखेर १५ दिनसम्ममा विवरण संकलन गरिने जनाइएको छ । अभियानको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी दाहालले नेपाल सरकारले शुरु गरेको यो अभियान घरदैलोमा आइपुगेकाले सवैलाई सेवा लिन आग्रह गरे । नेपाल सरकारले दिने सवै प्रकारका सेवा परिचयपत्रम
दीपक कार्कीविराटचौक । युवा रोजगार मुलक कार्यक्रमलाई प्राथमिकतामा राखेर मोरङको सुन्दरहरैचा नगरपालिकाले कृषिजन्य उत्पादन वृद्धिमा जोड दिदै किसानहरुलाई बिभिन्न किसिमका अनुदान उपलब्ध गराउदै आएको छ ।युवा शक्ति वैदेशिक रोजगारीकालागि पलायन नहुन् भन्ने उद्देश्यले सुन्दरहरैचा नगरपालिकाले कृषिमा अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको हो ।पशुपक्षी प्रवद्र्धन शाखाका जिवन चापागाई सुन्दरहरैचा नगरपालिकाले विगत पाँच वर्ष देखि कृषि उत्पादनमा वृद्धि गर्ने हुने काम गर्दै आएको बताउछन् । उनले दुध, फुल र मासु उत्पादनमा जोड दिदै नगरलाई आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गर्दै आएको समेत जानकारी दिए ।सुन्दरहरैचा
काठमाडौं । व्यावसायिक हकहित र उपभोक्ता अधिकारलाई प्रवद्र्धन गर्न औषधि तथा औषधिजन्य पेशा, व्यावसायीका संस्थाहरु महासंघको अवधारणमा संगठित हुने भएका छन् ।संघिय राजधानीमा भएको पेशा, व्यावसायी संस्थाहरुको प्रतिनिधिमुलक भेलाले महासंघको अवधारणामा संगठन बनाउनु पर्ने निष्कर्ष निकालेको हो । अवधारणालाई मुर्तरुप दिन आइतबार भएको भेलाले नेपाल औषधि व्यावसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय तयारी समिति पनि गठन गरेको छ ।तयारी समितिको सदस्यहरुमा जंगराज गिरी, किरण शर्मा, सुरेश घिमिरे, भक्तबहादुर हमाल, अञ्जन पुडासैनी र पवन आचार्य रहेका छन् । यस्तै सुरेन्द्र मानन्धर, मुकुन्दराज राजभण्ड
कुमोद अधिकारी विराटनगर । पूर्व राष्ट्रपति रामवरण यादवले प्राविधिक शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । मोरङको जहदा गाउँपालिका–४ मा रहेको शैलैजा आचार्य स्मृति पोलिटेक्निकको अनुगमन निरीक्षण पछि आयोजित कार्यक्रमा प्राविधिक शिक्षाले व्यवसायिक जनशक्ति उत्पादन गर्ने भएकोले शिक्षामा सवैको पहुँच आवश्यक रहेको बताए । शिक्षामा सबैको पहुँच पु¥याउन ग्रामिण क्षेत्रका गरिब तथा विपन्न समुदायलाई लक्षित गरेर सरकारले योजना बनाउनु पर्ने उनले बताए । शैलैजा आचार्यको नाममा स्थापना भएको प्राविधिक शिक्षालयको विकासमा संघ, प्रदेश, स्थानीय गरि तीनैतहको सरकारको ध्यान दिनुपर्नेमा उनले जोड दिए । उनले समुदाय शिक