शिक्षकले मागे बैंक खातामा तलब

  • असार १५, २०७९ / नेपाल रेखा
alt

धनकुटा । नेपाल राष्ट्रिय शिक्षक संगठन धनकुटाले विभिन्न माग राख्दै धनकुटा नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।
नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको बैक खातामै मासिक तलव भत्ता उपलव्ध गराउने लगायतका मागहरु सहितको ज्ञापन पत्र नगरप्रमुख चिन्तन तामांगलाई बुझाएको हो ।
सो ज्ञापन पत्रमा धनकुटा नगरपालिका भित्रका सम्पूर्ण ईसिडि शिक्षक, बालविकास तथा विद्यालय कर्मचारीको पारिश्रमिक नेपाल सरकारले  आर्थिक वर्ष २०७९÷०८० को बजेटमा तोके बमोजिम उपलव्ध गराउनु पर्ने, नगरपालिकामा शिक्षकहरुको दरबन्दी मिलान गर्दा पालिकाभित्र रिक्त हुदै जाने दरबन्दी मात्र पठाउदै जाने, अन्य पालिका वा जिल्ला रोजे स्वेच्छिक रुपमा सरुवा जान दिने व्यवस्था मिलाउन भनिएको छ । ज्ञापन पत्र वुझाउन गएका नेपाल शिक्षक संगठन धनकुटाका सचिव केदार काजी भट्टराईले तलव भत्ता निकासा गर्दा खातामै प्रत्यक्ष गरिने लगायतका विषयवस्तुहरु समेटिएका माग समेटेर ज्ञापन पत्र बुझाएको जानकारी दिए ।
ज्ञापन पत्र बुझदै नगरप्रमुख चिन्तन तामागंले ज्ञापन पत्रका विषयमा छलफल गरि निकास दिने भन्दै शिक्षकहरुलाई आस्वस्त पारे ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]