रामधुनी नगरको बजेट ७१ करोड १४ लाख ८२ हजार

  • असार ११, २०७९ / नेपाल रेखा
alt

धिरेन्द्रकुमार चौधरी
रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाको १२ आंै नगरसभाबाट आर्थिक बर्ष २०७९।८० को बजेट, नीति तथा कार्यक्रम पारित भएको छ ।
नगरसभामा रामधुनी नगर प्रमुख शंकरलाल चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सभामा रामधुनी नगर उपप्रमुख तारा थापाले आ.ब. २०७९÷०८० का लागि बजेट ७१ करोड १४ लाख ८२ हजार रुपैयांको अनुमानित बजेट प्रस्तुत गरिन् । गत आ. ब. को यथार्थ ४९ करोड ८१ लाख १२ हजार ७९७ रहेको प्रस्तुत बजेटमा उल्लेख रहेको छ । चालु आ. ब. को संसोधित अनुमान ७३ करोड ३८ लाख ८४ हजार ४९८ रुपैया बजेट रहेको जनाइएको छ ।
बजेट तथा कार्यक्रममा प्राथमिकतामा बालमैत्री स्थानीय शासनलाई निरन्तरता दिइने, गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा, सिपमुलक शिक्षा, पूर्वाधारको बिकास, कृषि उत्पादकत्वमा वृद्धि, अधुरो योजनालाई निरन्तरता, संघिय, प्रदेश सरकार, छिमेकी नगरपालिका तथा गाउपालिकासंग समन्वय गरी सन्तुलित बिकास गरिने र सुशासन कायम गर्ने उल्लेख गरिएको छ ।
त्यसैगरी नगरप्रमुख चौधरीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आर्थिक बिकासका लागि कृषि, पशु, सहकारी, पर्यटन, उद्योग, ब्यापार, बाणिज्य, रोजगार क्षेत्रमा बिकासका लागि कार्यक्रम प्रस्तुत गरे । कार्यक्रममा रामधुनी मन्दिरलाई पर्यटकीय क्षेत्रमा बिकास गरिने, कृषि क्षेत्रमा बिकासका लागि सहकारीमा जोड दिइने, एक घर एक करेसाबारी तरकारी उत्पादनमा आत्मनिर्भर बनाइने, स्थानीय संचार माध्यममा कृषिमा आधारित कार्यक्रम संचालन गरिने, नगरपालिकाको कार्यक्रममा फजुल खर्च मायाको चिनो खादामा खर्च कटौती गरिने उल्लेख गरिएको छ । सामाजिक बिकास तर्फ शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, लक्षित वर्ग, खानेपानी सरसफाइका लागि नीति तथा कार्यक्रम पारित गरिएको छ । भौतिक पूर्वाधार बिकास बिगतमा पारित नीति तथा कार्यक्रमलाई निरन्तरता दिदै थप नीति लिइएको छ ।
वन वातावरण तथा बिपद ब्यबस्थापन र सुशासन तथा संस्थागत बिकासका लागि नीति तथा कार्यक्रम पारित गरिएको छ ।
नगर सभामा नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर थापा, नगर कार्य पालिकाका सदस्य, नगरपालिकाका बिभिन्न वडाका वडा अध्यक्ष, सदस्य, कर्मचारीहरुको सहभागिता रहेको थियो ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]