१८ जनाले गर्भ पतन गराएको परिवार नियोजन संघको बैठकमा सार्वजनिक

  • असार १५, २०७९ / नेपाल रेखा
alt

इटहरी । गर्भ पतन तथा यौन स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएका संघसंस्थाहरुको प्रदेश स्तरीय समन्वय बैठक सुनसरीको इटहरीमा सम्पन्न भएको छ ।
नेपाल परिवार नियोजन संघ सुनसरी अन्तरगत रहेको इटहरी शाखामा आयोजना गरिएको बैठकमा संघले डिएफएटी प्रोजेक्ट अन्तरगतका विषयमा जानकारी गराएको हो ।
बैठकमा नेपाल परिवार नियोजन संघले सञ्चालन गर्दै आएको डिएफएटी प्रोजेक्टका विषयमा संघका इटहरी प्रमुख कुमार गिरीले जानकारी गराएका थिए । प्रोजेक्ट सुरु भएको छोटो समयमा टेलिफोनबाट ७ सय ९४ जनालाई परामर्श सेवा दिएको, १८ जनालाई मेडिकल गर्भपतन सेवा प्रदान गरेको लक्षित समूहका स्वास्थ्य सामाग्री वितरण गरिएको लगायतका विषयमा गिरीले बैठकलाई अवगत गराए ।
डिका प्रोजेक्ट अन्तरगत समन्वय वैठकमा डा.मिनस अर्याल, मानव कल्याण समाजका देवनारायण चौधरी इटहरी उपमहानगरपालिका जनस्वास्थ्य अधिकृत दिनेशकुमार चौधरी, सहयोगी महिला समूहकी दुर्गादेवी आचार्य नेपाल परिवार नियोजन संघकी स्वास्थ्य अधिकृत रानु राउत सहित बिभिन्न संघ संस्था, जनप्रतिनिधि र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]