थारु भाषामा स्थानीय पाठ्यसामग्री र पौराणिक गित झुम्कामा बिमोचन

  • असार १२, २०७९ / नेपाल रेखा
alt

झुम्का । थारु भाषामा स्थानीय पाठ्यसामग्री र पौराणिक गित झुम्कामा बिमोचन गरिएको छ ।
स्थानीय थारु भाषाको पाठ्यसामग्री निर्माण समितिले थारु भाषाको कक्षा १ देखी ५ सम्म पठनपाठनमा योग्य हुने पाठ्यसामग्री  निर्माण गरेका हुन् । भने थारु भाषाको लोपोन्मुख चाचैर बिरहैन गित थारु चलचित्र तथा सांस्कृतिक संघले सुनसरीले निर्माण गरेको हो ।
झुम्का स्थित थारू कल्याणकारीणि सभा भवनमा एउटै मन्चमा भएको दुईवटै कार्यक्रम पाठ्यसामग्री र गितको रामधुनी नगरपालिका नगरप्रमुख शंकरलाल चौधरीले बिमोचन गरेका थिए । सो अवसरमा उनले आफ्नो भेष, भुसामा कार्यक्रममा सजिएर आउने थारु महिलाहरूले आफ्नो अस्तित्व जोगाइरहेको चर्चा गर्दै भाषा, सस्कृति संरक्षणका लागि आफू पनि लागि परेको बताए ।
कार्यक्रममा रामधुनी नपाका पूर्व नगरप्रमुख जयप्रकाश चौधरीले आफू नगरमा भएको अबस्थामा भाषा, संस्कृति संरक्षण लागि काम गरेको चर्चा गरे ।  
रामधुनी नपा शिक्षा शाखा प्रमुख राजन गेलालले नपाले थारु भाषामा  समेत पाठ्यसामग्री तयार गरिरहेको जानकारी गराउदै यो पाठ्यसामग्री सहयोगी हुने धारणा राखे । उनले कक्षा १ देखि प्लस टु कक्षा सम्मका लागि स्थानीय भाषा पाठ्यसामग्री तयार गरिने बताए। पाठ्यसामग्रीमा सबै बिषयवस्तु संस्कृति र पुराना ब्यबहारिक बिषय बस्तु समेटेनु पर्ने उनले धारणा राखे ।
कार्यक्रममा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ( फोनिज) सुनसरीका पूर्व अध्यक्ष धिरेन्द्रकुमार चौधरीले थारु समुदायको साँस्कृतिक धरोहर, ग्राम थान र सिरुबा मेला लाग्ने ठाउ बिनासको अबस्थामा रहेको चर्चा गर्दै थारू भाषाको पाठ्यसामग्री र लोपोन्मुख गितले थारु भाषा संस्कृती जगेर्ना हुने आशा व्यक्त गरे ।
कार्यक्रममा थारु कल्याणकारीणि सभाका पुर्व अध्यक्ष चन्द्रनारायण चौधरीले कार्यक्रमले थारु भाषा संस्कृती जगेर्नाका लागि महत्वपूर्ण साबित हुने बिचार राखे ।
रामधुनी नपा वडा न. ५ का वडा अध्यक्ष लेखनाथ बास्तोलाले यस क्षेत्रमा थारु समुदायको बाहुल्यता रहेकोले यी समुदायको बिकासका लागि काम गर्नुपर्ने जोड दिए । रामधुनीकै वडा न. ९ का वडा अध्यक्ष घनश्याम चौधरीले  थारु समुदायको बिकासका लागि अझै धेरै काम गर्न बांकी रहेको बताए ।
थारु चलचित्र तथा सांस्कृतिक संघले नव निर्वाचित जनप्रतिनिधिलाई सम्मान समेत गरेको थियो ।
कार्यक्रम संयोजक जानकी चौधरीले स्थानीय नपाको सहयोगमा थारु समुदायको लोपोन्मुख चाचैर बिरहैन गित बनाउन सफल भएको जानकारी दिइन् । थारु समुदायमा गाइने पुरानो गित बिरहैन, पराती, झुमैर, धुम्रा नाच, समाचकेवा रहेको छ ।
गितको सम्पादन मेगा डिजिटलले गरेका छ्न । गितकार आशा चौधरी, तारा चौधरी, दुलारी चौधरी रहेका छन् । हार्मेनियममा लालबहादुर चौधरी र बाजा मिर्दङमा कमल चौधरी रहेका छन् । सो कार्यक्रम लालबहादुर चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]