विराटनगर महानगरको बजेट तीन अर्ब ६२ करोड ५५ लाख बढी

  • असार ११, २०७९ / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । विराटनगर महानगरपालिकाको नगर सभाको १० औँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि आय र व्ययको बजेट सार्वजनिक भएको छ ।
महानगरपालिकाले सार्वजनिक गरेको आय व्यय वजेटमा आगामी आर्थिक वर्षमा कुल .तीन अर्ब ६२ करोड ५५ लाख ६७ हजार व्यय हुने अनुमान गरिएको छ ।
महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्कीले प्रस्तुत गरेको आय व्ययको वजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ५५ करोड ३५ लाख ५० हजार, पूर्वाधार विकास क्षेत्रतर्फ .एक अर्ब ८९ करोड ७१ लाख १७ हजार, आर्थिक विकास क्षेत्रतर्फ २७ करोड ७३ लाख वजेट अनुमान गरिएको छ ।
त्यस्तै प्रस्तुत वजेटमा सामाजिक विकास तर्फ ७८ करोड ३९ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ सात करोड ७७ लाख र वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रतर्फ तीन करोड ६० लाख खर्च हुने बजेटमा अनुमान गरिएको छ ।
बजेटमा आगामी वर्ष सञ्चालन हुने आयोजनाहरुमा वडास्तरीय तर्फ ४१ करोड ६८ लाख, नगरस्तरीय आयोजनाका लागि ३० करोड, बहुवर्षीय तथा गौरवका आयोजनाका लागि २९ करोड, क्रमागत योजनाको भुक्तानीका लागि ४० करोड, आरयुडिपीबाट निर्माण भएका लगायतका पिच सडकहरु समेत गरी मर्मतसम्भारमा १४ करेड वजेट महानगरले विनयोजन गरेको छ ।
त्यस्तै, अन्य पूर्वाधारतर्फ ९ करोड ८० लाख, फोहोर पानी प्रशोधन केन्द्रका लागि दूई करोड ५० लाख र समपुरक कोषमा चार करोड ८० लाख विनियोजन गरिएको छ ।

mahanagar 2

 

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]