समाचार

    Showing 371-380 of 650 items.
  • दोहोरो हेल्मेटबारे प्रारम्भिक छलफल

    काठमाडौं। सवारी तथा यातायात ब्यबस्था ऐन २०४९ को दफा १३० मा सवारी चलाउदा सुरक्षा पेटी तथा हेल्मेट लगाउनुपर्ने उल्लेख छ। ऐनमा प्रष्ट लेखिएको छ- 'दुई पाङ्ग्रे सवारी चलाउदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्छ।' खासगरी मोटरसाइकल/स्कुटरमा पछाडि बस्ने यात्रुले र साइकल यात्रुले हेल्मेट नलगाउदा दुर्घटना र जीवन जोखिममा प्रायः उनीहरूनै पर्ने गरेका छन्। यसैको न्यूनीकरणका लागि आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा एक बिस्तृत छलफल भएको छ। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा भएको उक्त छलफलमा यस सन्दर्भमा चा

    • प्रकाशित मितिः माघ १७, २०७९
    • 93 पटक पढिएको
    • नेपाल रेखा
  • निर्माणाधिन कोशी राजमार्गको बिषयमा अख्तियारलाई ध्यानाकर्षण

    नेपालरेखा । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको कोशी राजमार्ग धरान देखि बिराटनगर, जोगबनी सम्मको ६ लेन सडकमा ब्यापक भ्रष्टाचार भएको आशंकाको ठहर गर्दै स्वतन्त्र नागरिक समाज सुनसरीले सोमवार ईटहरी स्थित प्रदेश नं. १ को अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयलाई पत्र मार्फत ध्यानाकर्षण गराएको छ । सडकको निर्मित अवस्था कमजोर र सडकको केन्द्रबिन्दुबाट दुवैतर्फ २५÷२५ मिटरको मापदण्ड पुरा नभएको गुणस्तरहिन सडक निर्माण भईरहेको प्रति आम जनमानसको निष्र्कष लाई मध्यनजर गर्दैैै समाजले अख्तियारको ध्यानाकर्षण गराएको हो । सडक निर्माणको क्रममा राजनीतिक प्राविधिक लगायत स्थानिय जनप्रतिनिधिहरुवाट नीतिगत एवं आ

    • प्रकाशित मितिः माघ १७, २०७९
    • 200 पटक पढिएको
    • नेपाल रेखा
  • आचार्य आत्मदाहको घटनामा राज्य गैर जिम्मेवार

    नेपालरेखा । ईलामका प्रेम प्रसाद आचार्य आत्मदाहको घटनामा राज्यको गैर जिम्मेवारीपन दोषी रहेको ठहर स्वतन्त्र नागरिक समाज सुनसरीले गरेको छ । घटनाका बारे प्रेस बिज्ञप्ती जारी गर्दै स्वतन्त्र नागरिक समाज सुनसरीले, अक्ष्यम राज्य सत्ताको कारण आचार्यले आत्मदाह हुनु अघि लेखेको पच्चिस बुंदा सहितको आत्म बृतान्त मार्फत दिएको सामाजिक संन्देशले राज्यको यस्तो गैर जिम्मेवारी लाई शासन मान्नु सुशासन नभएको बताएका छन् । स्वतन्त्र नागरिक समाज सुनसरीले प्रेस बिज्ञप्ती मार्फत लोकतन्त्रमा नागरिक सर्वोच्चता र सामाजिक नेतृत्वको आधार प्रमुख मानिएता पनि भ्रष्टाचार, अनियमितता, सामन्ती, शोषण, नवसामन्त र लुटेराहरुको अभिमुख

    • प्रकाशित मितिः माघ १५, २०७९
    • 178 पटक पढिएको
    • नेपाल रेखा
  • सडक कब्जा गरि बनाइएका संरचनामा डोजर चल्यो

    इटहरी । बिराटनगरको रानीदेखी किमाथान्का जोड्ने कोशी राजमार्ग अन्तरगत इटहरी क्षेत्रमा राजमार्ग ओगटेर बनेका भौतिक संरचनाहरूमा इटहरी उपमहानगरले डोजर चलाएको छ । इटहरी उपमहानगरपालिकाले शुक्रबार इटहरीको विराटनगर रोडस्थित २ वटा घरहरूमा डोजर लगाएर भत्कान सुरु गरेको हो । रानी विराटनगर जोगवनी किमाथान्का ६ लेन राजमार्ग अन्तरगत सडक क्षेत्रभित्र पर्ने घर टहरा हटाउने अभियान अन्तरगत शुक्रबारदेखि इटहरीमा डोजर चलाइएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । उनले यो कार्य अब अभियानकै रुपमा अगाडी लैजाने बताएका छन् । इटहरी क्षेत्र भएर दैनिक हजारौ यात्रु तथा सर्वसाधारण आवतजावत गर्ने हुदा आसपासका संरचनाले सडक साँघुरो हु

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 117 पटक पढिएको
    • नेपाल रेखा
  • सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको सुधारका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ ।उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठनको निर्णय गरेका हुन् । सात सदस्यीय कार्यदलको संयोजक पूर्वसचिव शरदचन्द्र पौडेल रहेका छन् । कार्यदलले अध्ययनलाई प्रतिवेदनका रूपमा पेस गर्ने छ ।कार्यदलमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, पुल्चोक इञ्जीनियरिङ क्याम्पसका प्राध्यापक डा पदमबहादुर शाही, यातायातविज्ञ मधुसुदन आचार्य र इञ्जीनियर विजय गौतम

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 88 पटक पढिएको
    • नेपाल रेखा
  • हुलाकी सडक निर्माणको कामले गती लिन थाल्यो

    कुुमोद अधिकारी विराटनगर । पूर्व पश्चिम तथा दक्षिण क्षेत्रलाई मुख्य राजमार्गसंग जोड्ने गरि निर्माण शुरु गरिएको हुलाकी सडकको ७० प्रतिशत भन्दा वढि काम सम्पन्न भएको छ । मोरङ, सुनसरी तथा सप्तरी जिल्लामा ३ सय ३२ किलोमिटर हुलाकी सडक निर्माण भइरहेकोमा त्यसमध्ये ७० प्रतिशतभन्दा वढि काम सम्पन्न भएको हो । सप्तरी देखि झापाको भद्रपुरसम्म निर्माण भइरहेको पूर्व–पश्चिम हुलाकी सडकको काम आगामी १ बर्षभित्रमा सञ्चालनमा आउने गरि काम भइरहेको हुलाकी सडक योजना कार्यालय इटहरीले जनाएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको उक्त सडक एकवर्षमा चार लेनमा विस्तार हुने जनाइएको छ  ।हुलाकी सडकको क

    • प्रकाशित मितिः माघ १०, २०७९
    • 97 पटक पढिएको
    • नेपाल रेखा
  • खुम्बुमा चिसोले पानीदेखि खानेतेलसमेत जम्न थाल्यो

    सोलुखुम्बु । अत्यधिक चिसोका कारण हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु क्षेत्रमा पानी जम्न थालेको छ । यसले गर्दा पिउने पानी आपूर्तिमा समस्या भएको छ । चिसोका कारण पाइपमै पानी जम्न थालेको र दिउँसो घाम लाग्दासमेत जमेको पानी नपग्लिँदा खुम्बुवासीको दैनिकी कष्टकर बन्न थालेको स्थानीय दामु शेर्पाले बताए । उनका अनुसार खुम्बु क्षेत्रमा खानेतेलदेखि घरभित्र भरेर राखेको पानीसमेत जमेर ढिक्काजस्तै हुने गरेको छ । खुम्बु क्षेत्रका अधिकांश होटल व्यवसायी र केही नागरिक यतिखेर जाडो छल्न जिल्ला बाहिर छन् । अत्यधिक चिसो हुने भएकाले खुम्बुका धेरैजसो नागरिक चिसो छल्न जिल्ला बाहिर जाने गरेका छन् । चिसोकै कारण पालिकाभित्र र

    • प्रकाशित मितिः माघ ८, २०७९
    • 96 पटक पढिएको
    • नेपाल रेखा
  • भोजपुरे खुकुरी:माग बढ्यो, कालीगढको अभाव

    भोजपुर । ख्यातिप्राप्त भोजपुरे खुकुरीको माग अन्तर्राष्ट्रिय बजारमासमेत हुने गरेको छ । यहाँ बनेको खुकुरीको माग देश तथा विदेशमा भए पनि मागअनुसार खुकुरी उत्पादन गर्न नसकिएको व्यवसायीको भनाइ छ ।देश, विदेशमा पहिचान बनाएको भोजपुरे खुकुरी दक्ष कालीगढ अभावमा मागअनुसार उत्पादन गर्न समस्या रहेको व्यवसायीको भनाइ छ । पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले खुकुरी बनाउने कालीगढ पेसा लोप हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ । खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष कालीगढ अभावले उत्पादनमा कमी आएको स्थानीय व्यापारीको भनाइ छ । खुकुरी बनाउने पेसा नयाँ पुस्ताको रोजाइँमा नपर्दा उत्पादनमा कमी आएको देखिन्छ । यहाँ भोज

    • प्रकाशित मितिः माघ ८, २०७९
    • 85 पटक पढिएको
    • नेपाल रेखा
  • विराटनगरलाई सफा र व्यवस्थित बनाउने महानगरको अभियान जारी

    विराटनगर । प्रदेश राजधानी विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउन मोरङका प्रमुख जिल्ला अधिकारीसहित विभिन्न सरकारी कार्यालयका प्रमुखहरूले सामूहिक प्रतिबद्धता जनाएका छन् । विराटनगर महानगरपालिकाको विशेष पहलमा बिहीबार भएको विशेष बैठकमा सहभागी मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसहित विभिन्न सरकारी कार्यालयका प्रमुखहरूले विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउन आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । जिल्ला प्रशासन कार्यालयको नियमित बैठकलाई महानगरकै आग्रहमा पहिलोपटक प्रशासन कार्यालयभन्दा बाहिर राखिएको प्रजिअ दाहालले जानकारी दिए । महानगरको अभियानमा सहकार्य गर्न तयार रहेको उनले उ

    • प्रकाशित मितिः माघ ६, २०७९
    • 97 पटक पढिएको
    • नेपाल रेखा
  • राष्ट्रपति समक्ष सभामुख घिमिरेद्वारा शपथग्रहण

    काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सरकारका मन्त्रीसहित संवैधानिक अङ्गका पदाधिकारीहरू उपस्थित थिए । यसैबीच, सभामुख देवराज घिमिरेले आफू नेकपा (एमाले)सँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग रहेको बताएका छन् ।नवनिर्वाचित सभामुख घिमिरेले प्रेस विज्ञप्ति जारी गरी स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्नका लागि

    • प्रकाशित मितिः माघ ६, २०७९
    • 96 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]