व्यावसायीसँग मत माग्दै पराजुलीको प्यानल

  • माघ २४, २०७९ / नेपाल रेखा
alt

इटहरी । उद्योगी व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य संघको निर्वाचनको मिति नजिकीएसंगै उमेदवारहरु मतदाता व्यवसायीहरुको मन जित्ने अभियानमा जुटेका छन् ।
यही माघ २८ गते हुने उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनका लागि उमेद्वारी दिएका उमेदवारहरु मत माग्न मतदाताहरुलाई भेटघाटलाई तिब्रता दिदै आएका हुन् ।
उद्योगी व्यवसायीको नेतृत्वका लागि आ–आफ्नो प्यानल बनाएर उमेदवारहरु मत मागि रहेको समयमा जीवन पराजुली नेतृत्वको प्यानल पनि मतदाता उद्योगी व्यवसायीहरुको भेटघाटलाई बढाएको छ । मत माग्दै पराजुली प्यानल पनि मतदाताहरुका व्यवसायिक प्रतिष्ठान तथा घरदैलोमा पुग्ने क्रम जारी राखेको छ । मतदाताहरुसंग पराजुली प्यानलले व्यवसायीहरुलाई समस्या पर्दा जुनसुकै समयमा उपस्थित हुने टिम तयार पारी चुनावी प्रतिस्पर्धा रहेको तथा व्यवसायीहरुले भोग्दै आएको पार्किङ्ग, कर लगायतका विषयमा प्राथमिकतामा राखेर काम गर्ने समेत अध्यक्षका उमेद्वार पराजुलीले बताए ।
पराजुली प्यानलबाट यस पनि निर्वाचित शोभा कोइराला, विष्णु नारायण डाँगी देखि लिएर युवा व्यवसायीहरु सिनेट रिजाल, विनोद पौडेल लगायतका उमेदवारहरु चुनावी प्रतिस्पर्धामा रहेका छन् । निर्वाचनका लागि पाँच जनाले अध्यक्षमा उमेदवारी दिएका छन भने विभिन्न प्यानल वनाएर आफनो प्यानलका लागि मत मागिरहेका छन् ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]