मोरङका दलित छात्राको पढाइमा प्रोत्साहन गर्दै शान्ति समाज

  • माघ २७, २०७९ / नेपाल रेखा
alt

कुमोद अधिकारी
मोरङ । मोरङका तीन दर्जन गरिब दलित छात्राहरुलाई मानवअधिकार तथा शान्ति समाज नेपालले पढाइमा प्रोत्साहन दिइरहेको छ ।
विपन्न दलित छात्राहरुको माध्यमिक शिक्षामा पहुँच बढाउन गत बर्षदेखी पाँच बर्षे छात्राबृत्ती अभियान सञ्चालन गरि शान्ति समाज नेपालले मोरङको कटहरी र धनपालथान गाउँपालिकाका तीन दर्जन गरिब दलित छात्राहरुलाई बर्षेनी छात्राबृत्ती प्रदान गरि पढाईमा प्रोत्साहन गर्न थालेको हो । ‘छोरी पढाऔ गरिमा बढाऔँ’ भन्ने आह्वानसहित ६ कक्षामा पढने दलित छात्राहरुलाई गतबर्षदेखी छात्राबृत्ती प्रदान गर्न थालिएको र कक्षा १० सम्म पुगुन्जेल निरन्तर जनही १२ हजारका दरले छात्रबृत्ती प्रदान गरिरहने मानवअधिकार तथा शान्ति समाजका निवर्तमान सभापति गोबिन्द खनालले बताए।
खनालका अनुसार समाजले यो बर्षकालागि मोरङको कटहरी गाउँपालिका स्थित थलाहाको जनता माविमा औपचारिक कार्यक्रम आयोजना गरि जम्मा ३४ जना दलित छात्राहरुलाई जनही १२ हजार रुपैया छात्राबृत्ती प्रदान गरेको छ । छात्राबृत्ती पाउनेहरुमा कक्षा ७ मा अध्यनरत कटहरी थलाहा स्थित जनता माविका २७जनार धनपालथान गाउँपालिकाको दादरबेरिया स्थित सरस्वती माविका७ जना विपन्न दलित छात्राहरु रहेका छन् ।
शान्ति समाज नेपालले पहिलो वर्ष २०७८ मा ६ कक्षामा अध्ययनरत ३७ जना बालिकालाई छात्रवृत्ति प्रदान गरेको थियो । तर तीमध्ये तीन जनाले बिद्यालय छाडेकोले यो बर्ष ३४ जनाले मात्र छात्रबृत्ती पाएका छन् ।
छात्रबृत्ती वितरण कार्यक्रममा शान्ति समाज नेपालका केन्द्रिय सभापति रामकृष्ण बराल, उत्तम पुडासैनी, सचिव लक्ष्मीनारायण मिश्र, मोरङका सभापति प्रा.डा.जीवन ढकाल सहभागी थिए । कार्यक्रममा जनता माविका प्रअ रामनारायण बिश्वास, सरस्वती माविका शिक्षकहरु हरि कट्टेल, भगवान पुडासैनी, धन थापा, लगायतले शान्ति समाजले दलित समुदायका छात्राहरुको शिक्षामा पहुँच बढाउन थालेको पाँचबर्षे छात्राबृत्ती अभियानको प्रशंसा गरेका थिए ।
पाँच वर्षसम्म प्रदान गरिने यो छात्रवृत्ति अभियानका लागि यो बर्ष शान्ति समाजका सदस्य र शुभचिन्तकहरु रामप्रसाद जोशीले २ जना, अनुजा खनालले २ जना, संवत थापाले २ जना र उर्मिला पराजुलीले २ जनालाई सहयोग प्रदान गरेका थिए ।
यसैगरी रामकृष्ण बराल, गोविन्द खनाल, होमकान्त चौलागाई, उत्तम पुडासैनी, रत्नलक्ष्मी श्रेष्ठ, कृष्णबहादुर रावल, डिकप्रसाद घिमिरे, विकास थापा, नम्रता खरेल, सुदीप रिजाल, किरण ढकाल, भेषराज पोखरेल, डिल्लीबहादुर कार्की, दिलबहादुर कार्की, कोमलप्रसाद शर्मा, यमुना कँडेल, रामबाबु दाहाल, लोचन रिजाल, राजेन्द्र खनाल, भैरव रिजाल, अच्युत बराल, मीना चौलागाई, राधिका खनाल, लक्ष्मी बराल, अपूर्वा शर्मा र आर्या पाण्डेले पनि यो छात्रवृत्ति अभियानमा सहयोग गरेका थिए ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]