मुख्य समाचार

    Showing 101-107 of 107 items.
  • सुनसरीमा मानव अधिकार अनुगमन समिति गठन

    इटहरी । कोभिड–१९ को सन्दर्भमा सुनसरी जिल्ला स्तरीय मानव अधिकार अवस्था अनुगमन समिति वुधवार गठन गरिएको छ ।मानव अधिकार अनुगमन समितिको सुनसरी जिल्ला संयोजक अमर खड्का र सदस्यहरुमा शारदाप्रसाद अधिकारी, रामसुन्दर मेहता, रमेश भट्टराई र मौसम राई रहेका छन् । यी मध्ये खड्का नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष हुन् भने शारदाप्रसाद अधिकारी नेपाल बार एशोसिएसन सुनसरी बार इकाई अध्यक्ष हुन् । साथै रामसुन्दर मेहता गैर सरकारी संस्थाबाट प्रतिनिधित्व गर्छन् भने रमेश भट्टराई मानव अधिकारको क्षेत्रमा क्रियाशिल छन् । मौसम राई महिला मानव अधिकारको क्षेत्रमा क्रियाशिल रहेकी छन् । यो समितिले वर्तमान जटिल परिस्थितिमा

    • प्रकाशित मितिः वैशाख १७, २०७७
    • 222 पटक पढिएको
    • "नेपाल रेखा"
  • कोसी आधारभूत विद्यालयको क्वारेन्टाइनमा फितलो व्यवस्थापन

    सुनसरी । सप्तरीको भारदहस्थित कोसी आधारभूत विद्यालयको क्वारेन्टाइनमा राखिएका भारतीय नागरिकहरुले आफूहरुलाई आधारभूत व्यवस्थापकीय सामाग्री समेत नभएको गुनासो गरेका छन् । आफूहरु विकास निर्माण सम्बन्धी मजदुरी गर्न भारतबाट आएको उनीहरुमध्येका एक आबुक कलामले बताए । कोरोना भाइरसका कारण नेपाल र भारतमासमेत लकडाउन भएपछि उनीहरु घर फर्किन खोज्दा क्वारेन्टाइनमा बस्नु परेको हो । सो क्वारेन्टाइनमा ७२ जना भारतीय नागरिक छन् । उनीहरु सबै भारत सिपोल जिल्ला वीरपुरका हुन् । उनीहरुले बिहान बेलुका दाल र भात बाहेक अन्य खाद्य सामाग्री केही नभएको बताए । उनीहरु सो क्वारेन्टाइनमा बसेको वुधबार १० दिन पूरा हुदैछ । सो क्वारेन

    • प्रकाशित मितिः वैशाख १७, २०७७
    • 191 पटक पढिएको
    • "नेपाल रेखा"
  • सुन्दरहरैंचामा लक डाउन कडा

    मोरङ । कोरोना भाइरसको संक्रमण नफैलियोस भने नेपाल सरकारले लगाएको लकडाउनको पूर्ण रुपमा पालना नभएको भन्दै चौतर्र्फी आलोचना भइरहेको समयमा गृह मन्त्रालयले लकडाउनलाई थप कडा पार्न निर्देशन गरे वमोजिम प्रदेश नम्बर १ का बिभिन्न ठाउँमा कडाइ गर्न थालिएको छ । लकडाउनको समयमा समेत विभिन्न वहाना वनाएर जथाभावी रुपमा घर वाहिर निस्कने कार्यलाई निरुत्साहित गर्न सुरक्षाकर्मीहरु कडाइ गर्न थालेका हुन् । मोरंगको सुन्दरहरैंचा क्षेत्रमा समेत लकडाउन पालना नगरि विभिन्न वहाना वनाएर बजार, चौक क्षेत्रमा निस्कनेहरुलाई सशस्त्र प्रहरी बल हाइवे चेक पोष्ट सलकपुरले कारवाही गरेको छ । लकडाउनको उलंघलन गरी हिड्ने व्यक्ति तथा सवारी

    • प्रकाशित मितिः वैशाख १६, २०७७
    • 138 पटक पढिएको
    • "नेपाल रेखा"
  • इटहरीमा विहान सात बजेदेखि १० बजेसम्म खाद्यन्न पसल खुलाउन दिइने

    इटहरी । इटहरीमा विहान सात वजे देखि दश वजे सम्म खाद्यान्न, तरकारी र फलफुलका पसल खुल्ला गरिने भएको छ । म्ंगलबार इटहरी उपमहानगरपालिकाका नगर प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा वसेको वैठकले जिल्ला सुरक्षा समितिसँग वैशाख १७ देखि विहान सात वजे देखि दश वजे सम्म खादयान्न, तरकारी र फलफुका पसल खुल्ला गर्न अनुरोध गर्ने निर्णय गरेको हो । वडाध्यक्षहरु, प्रहरी प्रशासन, उद्योग वाणिज्य संघ र नागरिक समाज समेतको सहभागितामा भएको वैठकले विहान तीनघण्टा खुल्ला गर्ने निर्णय गरिएको हो । सवारी साधन प्रयोग नगरि एक परिवारवाट एक जना मात्र खरिदका लागि सम्वन्धित पसल सम्म आउजाउ गनुपर्ने निर्णय भएको छ ।तोकिएको समयमा खरिद व

    • प्रकाशित मितिः वैशाख १६, २०७७
    • 485 पटक पढिएको
    • "नेपाल रेखा"
  • लकडाउन अझै एक साता लम्ब्याउने तयारी

    काठमाडौं / उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको छ । यद्यपि यसबारे मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्नेछ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालेको थियो । यद्यपि बैठकमा केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विकल्प समेत आएको थियो । समितिको सिफारीसमा नै पछिल्लो पटक वैशाख १५ गतेसम्मका लागि लकडाउन थपिएको थियो । -सञ्चारपाटीबाट

    • प्रकाशित मितिः वैशाख १३, २०७७
    • 156 पटक पढिएको
    • "नेपाल रेखा"
  • इटहरीका दलहरु एक ठाम, राहत प्रक्रिया व्यबस्थित बनाउन सर्वदलिय संयन्त्र

    इटहरी/ इटहरी उपमहानगरपालिकाको राहत वितरण कार्यक्रमलाई प्रभावकारी बनाउन राजनितिक दलहरुले नियमन र अनुगमन गर्ने भएका छन् । इटहरीमा क्रियाशिल राजनीतिक दलहरुका बिचमा सर्वदलिय संयन्त्र बनाई स्थानीय सरकारलाई कोभिड १९ का बिरुद्ध लड्न आवश्यक सल्लाह र र नीति बनाउन समेत सहयोग गर्न दलहरु त्यार भएका छन् ।कोरोना भाईरस( कोविड १९)का कारण समस्यामा परेका विपन्न परिवारलाई राहत वितरण गर्दा केही समस्या देखिएको भन्दै, वितरण प्रणालीलाई थप व्यवस्थित बनाउन आवश्यक रहेकाले सवैदलिय संयन्त्र मार्फत काम गर्न सहमति जुटेको हो । संवाद समुह सनुसरीले आयोजना गरेको अनलाईन संवादमा सहभागी दलका प्रमुखहरुलदे हरुले कठिन समयमा प्रदान

    • प्रकाशित मितिः वैशाख १३, २०७७
    • 257 पटक पढिएको
    • "नेपाल रेखा"
  • प्रतिष्ठानका उपकुलपति गिरीको गैरजिम्मेवारीले धरानमा जोखिम भयाे-मेयर राई

    धरान / धरानस्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका उपकुलपतिको गैरजिम्मेवार पूर्ण कामले धरानमा जोखिम बढेको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताएका छन् । स्थानीय तहसँग समन्वय नगरि काम गर्दा प्रतिष्ठानमा कार्यरत नर्स, चिकित्सक तथा प्रहरीसमेत जोखिममा परेको उनले बताएका छन् । समन्वय नभएको कारण संक्रमितको पुर्नः पुष्टी गर्ने क्रममा धरानमा कोरोनाको जोखिम बढेमा प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीले जवाफदेहिता बहन गर्नुपर्ने उनले बताए । ‘४ दिनदेखि लगातार फोन गरिरहेको छु । भिसी सापलाई फोन उठ्दैंन् । कल ब्याक पनि गर्नु भएको छैन । म प्रतिष्ठानको सिनेट सदस्य पनि हु ।’ उन

    • प्रकाशित मितिः वैशाख १३, २०७७
    • 183 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]