कोसी आधारभूत विद्यालयको क्वारेन्टाइनमा फितलो व्यवस्थापन

  • वैशाख १७, २०७७ / "नेपाल रेखा"
alt

सुनसरी । सप्तरीको भारदहस्थित कोसी आधारभूत विद्यालयको क्वारेन्टाइनमा राखिएका भारतीय नागरिकहरुले आफूहरुलाई आधारभूत व्यवस्थापकीय सामाग्री समेत नभएको गुनासो गरेका छन् ।


आफूहरु विकास निर्माण सम्बन्धी मजदुरी गर्न भारतबाट आएको उनीहरुमध्येका एक आबुक कलामले बताए । कोरोना भाइरसका कारण नेपाल र भारतमासमेत लकडाउन भएपछि उनीहरु घर फर्किन खोज्दा क्वारेन्टाइनमा बस्नु परेको हो ।


सो क्वारेन्टाइनमा ७२ जना भारतीय नागरिक छन् । उनीहरु सबै भारत सिपोल जिल्ला वीरपुरका हुन् । उनीहरुले बिहान बेलुका दाल र भात बाहेक अन्य खाद्य सामाग्री केही नभएको बताए । उनीहरु सो क्वारेन्टाइनमा बसेको वुधबार १० दिन पूरा हुदैछ ।
सो क्वारेन्टाइनमा ओढ्ने, ओछ्याउने, झुल, मच्छड धुप केही पनि छैन । उनीहरु आफूसँग भएको गाम्छा ओढेर स्कूलको चिसो भूइंमा सुत्न वाध्य छन् । यसका साथै तरकारीको समेत व्यवस्था नभएको उनीहरुको गुनासो छ ।


विजुलीको सुविधा नहुदा उनीहरुले मोवाइल चार्ज गर्न पाएका छैनन् । जसले गर्दा घर परिवारसँगसमेत उनीको सम्पर्क टुटेको छ । उनीहरु नेपाल हुने विकास निर्माणको काम गर्न यहाँ आएका हुन् । सो क्वान्टाइनमा राखिएका भारतीय नागरिकहरुले छिट्टै घर जान पाए हुन्थ्यो भन्ने आशा राखेका छन् ।


यस विषयमा हनुमाननगर कंकालिनी नगरपालिका मेयर शैलेशकुमार साहले यहाँका असुविधाहरुलाई चाँडै व्यवस्थापन गरिने आश्वासन दिएका छन् । सोही नगरपालिका वडा नम्बर १ का अध्यक्ष भीमराज मण्डलले आफूहरुले खानाको लागि जनपद र शशस्त्र प्रहरीलाई वजेट दिएको सोही वजेटले त्यहाँको व्यवस्थापन गर्नु पर्ने बताए ।

सामाजिक सद्भाव र दिग ...

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापत ...

कात्स्यव गोत्रीय अधि ...

सामाजिक, सांस्कृतिक तथा निजामती सेवामा लामो अनुभव हासिल ...

बर्डफ्लु नियन्त्रणमा ...

चितवन । पन्छीमा देखिएको बर्डफ्लु रोग नियन्त्रणमा आएसँगै ...

दक्षिणकाली माताको मन ...

हेटौँडाको सानोपोखरास्थित प्रसिद्ध श्री दक्षिण ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]