सुनसरीमा मानव अधिकार अनुगमन समिति गठन "संयोजकमा अमर खड्का"

  • वैशाख १७, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । कोभिड–१९ को सन्दर्भमा सुनसरी जिल्ला स्तरीय मानव अधिकार अवस्था अनुगमन समिति वुधवार गठन गरिएको छ ।
मानव अधिकार अनुगमन समितिको सुनसरी जिल्ला संयोजक अमर खड्का र सदस्यहरुमा शारदाप्रसाद अधिकारी, रामसुन्दर मेहता, रमेश भट्टराई र मौसम राई रहेका छन् । यी मध्ये खड्का नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष हुन् भने शारदाप्रसाद अधिकारी नेपाल बार एशोसिएसन सुनसरी बार इकाई अध्यक्ष हुन् । साथै रामसुन्दर मेहता गैर सरकारी संस्थाबाट प्रतिनिधित्व गर्छन् भने रमेश भट्टराई मानव अधिकारको क्षेत्रमा क्रियाशिल छन् । मौसम राई महिला मानव अधिकारको क्षेत्रमा क्रियाशिल रहेकी छन् ।
यो समितिले वर्तमान जटिल परिस्थितिमा कोभिड–१९ विरुद्ध लड्न नेपाल सरकारबाट भइरहेका कार्यहरु, स्वास्थ्योपचारको व्यवस्था, आम उपभोक्ताहरुको अधिकार, अभिव्यक्ति स्वतन्त्रता, न्याय प्रशासनमा पहुँच, नागरिकको कर्तव्य लगायत कोभिड–१९ बाट प्रभावित अन्य मानव अधिकारहरुको अवस्थाको अनुगमन गरी स्थानीय स्तरमा देखिएका समस्या समाधानमा सहजीकरण गर्ने तथा राष्ट्रिय मानव अधिकार आयोगका कार्यालयहरुमा तथ्य तथा सूचनाहरु सम्प्रेण गर्नेछन् । समिति गठन भएसँगै मानव अधिकार आयोगका अनुगमन कार्यमा आवश्यक सहयोग पु¥याइदिनु हुन सरोकारवाला सबैलाई आग्रहसमेत गरिएको छ ।

कोशी प्रदेश सरकारले ...

विराटनगर । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन क ...

मुस्कुराइरहेको प्रकृ ...

–विजय खतिवडा प्राकृतिक सौन्दर्य, जैविक विविधता र ...

सिदादान गर्न लामबद्ध ...

कुशे औँशीका अवसरमा शुक्रबार भक्तपुर नगरपालिका ...

भोटेकोशी बाढीमा बेपत ...

इटहरी । भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका बर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]