सुन्दरहरैंचामा लक डाउन कडा

  • वैशाख १६, २०७७ / "नेपाल रेखा"
alt


मोरङ । कोरोना भाइरसको संक्रमण नफैलियोस भने नेपाल सरकारले लगाएको लकडाउनको पूर्ण रुपमा पालना नभएको भन्दै चौतर्र्फी आलोचना भइरहेको समयमा गृह मन्त्रालयले लकडाउनलाई थप कडा पार्न निर्देशन गरे वमोजिम प्रदेश नम्बर १ का बिभिन्न ठाउँमा कडाइ गर्न थालिएको छ ।

लकडाउनको समयमा समेत विभिन्न वहाना वनाएर जथाभावी रुपमा घर वाहिर निस्कने कार्यलाई निरुत्साहित गर्न सुरक्षाकर्मीहरु कडाइ गर्न थालेका हुन् ।

मोरंगको सुन्दरहरैंचा क्षेत्रमा समेत लकडाउन पालना नगरि विभिन्न वहाना वनाएर बजार, चौक क्षेत्रमा निस्कनेहरुलाई सशस्त्र प्रहरी बल हाइवे चेक पोष्ट सलकपुरले कारवाही गरेको छ । लकडाउनको उलंघलन गरी हिड्ने व्यक्ति तथा सवारीहरुलाई नियन्त्रणमा लिएर कारवाही गरिएको चेक पोष्टका इञ्चार्ज सशस्त्र प्रहरी निरिक्षक विदुर भट्टराईले जानकारी दिए । उनले विना काम निस्किनेहरुलाई चेकजाँचका क्रममा रोकेर एक घण्टा सम्म कोरोना रोकथाम, नियन्त्रणमा सर्वसाधारणको भुमिका लगायतका कोरोनाबाट बच्ने विषयमा सन्देस मुलुक जानकारी गराएर छोडिएको बताए ।

त्यसै गरी सशस्त्र प्रहरीको चेकजाँचका क्रममा अनावश्यक रुपमा वाहिर निस्केको पाइएका मानिसहरुले पनि आफुहरुबाट गल्ती भएको स्वीकार गर्दै गल्ती नदोहोर्याउने प्रतिवद्धता जनाए ।

सुन्दरहरैंचाको सलकपुर क्षेत्र मात्र नभएर लकडाउनको समयमा समेत विना काम वाहिर निस्कने रमितेहरुको संख्या अन्य ठाउँहरुमा समेत उल्लेखिय हुने गरेको छ ।

कोशी प्रदेश सरकारले ...

विराटनगर । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन क ...

मुस्कुराइरहेको प्रकृ ...

–विजय खतिवडा प्राकृतिक सौन्दर्य, जैविक विविधता र ...

सिदादान गर्न लामबद्ध ...

कुशे औँशीका अवसरमा शुक्रबार भक्तपुर नगरपालिका ...

भोटेकोशी बाढीमा बेपत ...

इटहरी । भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका बर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]