प्रतिष्ठानका उपकुलपति गिरीको गैरजिम्मेवारीले धरानमा जोखिम भयाे-मेयर राई "स्थानीय तहसँग छैन समन्वय"

  • वैशाख १३, २०७७ / "नेपाल रेखा"
alt

धरान / धरानस्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका उपकुलपतिको गैरजिम्मेवार पूर्ण कामले धरानमा जोखिम बढेको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताएका छन् । स्थानीय तहसँग समन्वय नगरि काम गर्दा प्रतिष्ठानमा कार्यरत नर्स, चिकित्सक तथा प्रहरीसमेत जोखिममा परेको उनले बताएका छन् ।

समन्वय नभएको कारण संक्रमितको पुर्नः पुष्टी गर्ने क्रममा धरानमा कोरोनाको जोखिम बढेमा प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीले जवाफदेहिता बहन गर्नुपर्ने उनले बताए ।

‘४ दिनदेखि लगातार फोन गरिरहेको छु । भिसी सापलाई फोन उठ्दैंन् । कल ब्याक पनि गर्नु भएको छैन । म प्रतिष्ठानको सिनेट सदस्य पनि हु ।’ उनले भने ‘यो उहाँको गैर जिम्मेवारीपन हो । धरानमा संक्रमणको जोखिम बढे यहाँका पदाधिकारी, भिसी जिम्मेबार हुनु पर्छ ।'

केही दिन अघि उदयपुरबाट ८ जना संक्रमितलाई स्वाब लिन प्रतिष्ठान ल्याइएको थियो । उपकुलपति गिरीले कसैलाई जानकारी नदिएर टाडाबाट ल्याएका व्यक्तिलाई ढिलो गरी स्वाब लिदा प्रतिष्ठान क्षेत्रमा संक्रमणको खतरा बढेको मेयर राईको भनाई छ ।

सो कारणले त्यहाँ कार्यरत नर्स, चिकित्सक जोखिममा परेको भन्दैं स्थानिय सरकारसँग गुनासो गरिरहेकोसमेत उनले बताए । सोही कारणले प्रतिष्ठानमा खटिएका प्रहरी जवानहरुसमेत हाल क्वारेन्टाइनमा राखिएको छ । उपकुलपतिले प्रतिष्ठानमा उचित व्यवस्थापन र समन्वय नगरेका कारण धरान नै उच्च जोखिममा पर्न लागेको मेयर राईले बताए ।

वीपीले हाल कोरोना बाहेक अन्य उपचार कमै मात्र गर्दैआएको छ । सम्पर्कमा आउने विमारीहरुलाई चिकित्सकहरुले फोन तथा भिडियोमार्फत परामर्श दिने गरेका छन् । प्रतिष्ठानमा हुने अत्यन्तै विशिष्ट सेवाको बारे जनप्रतिनिधी र नगरबासी जानकार नहुँदा कोरोनासंग लड्नका लागि धरान उपमहानरपालिकाले चालेको अभियान असफल हुन सक्ने मेयर राईले बताए ।

वीपीको व्यवस्थापनले संक्रमित व्यक्तिहरूलाई समेत सामान्य विरामी जस्तै खुल्ला रूपले उपचार भइरहेको र त्यहाँ कार्यरत चिकित्सक र स्वास्थ्य कर्मचारीहरूलाई समेत जानकारी नहुँदा उनीहरू जोखिममा रहेको मेयर राईको भनाई छ । प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुको मनोवल उच्च राख्न उपमहानगरले प्रयाप्त सहयोग गर्ने तर यहाँका पदाधिकारीहरुले स्थानीय तहसँग समन्वय नै नगरेको उनको भनाई छ ।

यस विषयमा उपकुलपति गिरी, अस्पताल व्यवस्थापन र यस क्षेत्रका माननीयहरुलाई आफुले ध्यानाकर्षण गराइ सकेको मेयर राईले बताए । भर्खरै नियुक्ति भएका प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीसँग समपर्क गर्दा उनले फोन उठाएनन् । म्यासेज गर्दासमेत उनले जवाफ दिएनन् । - ब्लाष्ट खबरबाट

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]