इटहरीका बालबालिकालाई खोप लगाइदै "कुन वडामा कहिले ?"

  • वैशाख १८, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । लकडाउनकै वेला पनि इटहरी उपमहानगरपालिका भित्रका बालबालिकालाई खोप लगाइने भएको छ ।
इटहरी अस्पतालका इमरजेन्सी इन्चार्ज रामकुमार धमलाका अनुसार इटहरी अस्पतालले लगाउने खोप तालिका अनुसार वडा नम्बर २ को महेन्द्र माविमा बैशाख २१ गते वडा नम्वर २ कै आयुर्वेद औषाधालय हवाई चौंकमा बैशाख २२ गते खोप लगाइने छ ।
बैशाख २१ गते वडा नम्बर ३ को सामुदायिक स्वास्थ्य क्लिनिक र २२ गते तामागं टोलमा खोप लगाइने छ । वडा नम्बर ४ मा बैशाख २३ गते कचना मावि र २४ बैशाखमा वडा नम्बर ५ को ज्योति माविमा खोप लगाइने छ । बैशाख २५ गते वडा नम्बर ६ को इटहरी अस्पतालमै खोप लगाईने छ ।
बैशाख २१ र २२ गते नै इटहरी ७ को सामुदायिक क्लिनिकमा खोप लगाईने छ । बैशाख २१ र २२ गते नै इटहरी वडा नम्बर ८ को पनि सामुदायिक क्लिनिकबाटै खोप लगाईने छ । वडा नम्बर ९ को इटहरी अस्पतालबाटै बैशाख २६ देखि ३० गतेसम्म बालबालिकाहरुलाई खोप लगाइने छ ।
बैशाख ३१गते वडा नम्बर १४ का बालबालिकाहरुलाई सोही वडाको सामुदायिक केन्द्रबाट खोप लगाइने छ । वडा नम्बर २० मा रहेको हाँसपोसा स्वास्थ्य चौंकीले पनि आफ्नो कार्यक्षेत्र भित्रका वडाहरुको खोप तालिका पनि सार्वजनिक गरेको छ । बैशाख २१ गतेबाट शुरु गरि जेष्ठ १ गतेसम्म बालबालिकाहरुलाई बिषेश खोप लगाउने तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार सेरा चौक इटहरी १९ मा वैशाख २१ गते,१९ नम्वर वडा कार्यालयमा २२ र २३ गते, पिएचसी तरहरामा २४ देखि २७ गते सम्म खोप लगाइने छ । यस्तै आँपगाछीमा २८ गते र २९ देखि जेठ १ सम्म हाँसपोसा स्वास्थ्य चौकीमा खोप लगाइने छ ।
खोप विहान ११ वजेदेखि २ वजे सम्म लगाइने छ । वच्चालाई खोप लगाउन लिएर आउदा एकजना मात्र आउन आग्रह गरिएको छ । खोप केन्द्रमा पनि दुई मिटरको दुरी कायम गरेर वस्नु पर्ने छ । विरामी ज्वरो आएका र सुख्खा खोकी लागेका वच्चाहरुलाई भने खोप लगाउन नल्याउन भनिएको छ ।

कोशी प्रदेश सरकारले ...

विराटनगर । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन क ...

मुस्कुराइरहेको प्रकृ ...

–विजय खतिवडा प्राकृतिक सौन्दर्य, जैविक विविधता र ...

सिदादान गर्न लामबद्ध ...

कुशे औँशीका अवसरमा शुक्रबार भक्तपुर नगरपालिका ...

भोटेकोशी बाढीमा बेपत ...

इटहरी । भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका बर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]