शिक्षा–स्वास्थ

    Showing 61-70 of 197 items.
  • आनन्द मानेर विद्यार्थी सिकाइमा व्यस्त

    इटहरी । कुनै पनि मानिसले सहि प्रयोगात्मक प्रयोगको अवसर पायो भने शिप, सोंच र ज्ञानले उसलाई तिखार्छ भन्ने भनाईं छ । यस भनाईं सुनसरी रामधुनी वडा नं. ६ मा सञ्चालित आदर्श माध्यमिक विद्यालय कक्षा १० मा अध्यनरत छात्र सञ्जय राजधामीले छोटै अवधिमा प्रमाणित गरेका छन् ।विद्यार्थीका लागि प्रयोगात्मक विधिको पढाइ व्याख्यान भन्दा कैयौं गुणा बढी प्रभावकारी मानिन्छ । पाठ्यक्रम विकास केन्द्रले पनि प्रयोगात्मक विधिबाट पढाउनुपर्ने विषयहरूमा शिक्षकका लागि निर्देशिका नै बनाएको छ । यद्यपी, सही रुपमा भने कार्यान्वयन हुन सकेको छैन । केही सीमित सामुदायिक विद्यालयले प्रयोगात्मक विधिलाईं पछ्याउँदै आएका छन् । ‘प्लान

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • 100 पटक पढिएको
    • नेपाल रेखा
  • विराटनगर पूर्ण खोप सुनिश्चित घोषणा

    विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा आइतबार भएको विशेष समारोहमा विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । विराटनगर महानगरपालिका कोशी प्रदेशमा रहेका स्थानीय तहमध्ये पूर्ण खोप सुनिश्चितता गर्ने पहिलो पालिका पनि बनेको छ । विराटनगर महानगरपालिकामा १७ हजार ५०२ बालबालिकाहरुलाई खोप लगाइसकिएको छ । १७ हजार ५०२ बालबालिकाहरुमध्ये १ हजार ५९२ जना बालबालिकाहरु पूर्ण खोप लगाउनबाट छुटेका थिए । उनीहरुलाई घरघरमै पुगेर स्वास्थ्यकर्मीहरुले खोप लगाइसक

    • प्रकाशित मितिः वैशाख ४, २०८०
    • 89 पटक पढिएको
    • नेपाल रेखा
  • जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना

    दमौली । आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिले छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका छन् । गाउँ कार्यपालिकाको बैठकबाट नयाँ शैक्षिकसत्रबाट जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय भएपछि जनप्रतिनिधिले सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गराउन थालेका हुन् । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले दुई छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरिसक्नुभएको छ । छोरा अनुराग चुमानलाई आँबुखैरेनी गाउँपालिका–२ स्थित अन्नपूर्ण प्राथमिक विद्यालयमा कक्षा २ मा र छोरी अक्षरा चुमानलाई आँबुखैरेनी –३ स्थित रामशाह माध्यमिक विद्यालयमा कक्षा ७ मा भर्ना गराएको अध्यक्ष चुमानले जानका

    • प्रकाशित मितिः वैशाख ३, २०८०
    • 102 पटक पढिएको
    • नेपाल रेखा
  • चन्दा सङ्कलन गरेर विद्यालय पुनःनिर्माण

    बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगस्थित महादेव माध्यमिक विद्यालय भवन प्रवासी बेगखोलावासीको नेतृत्वमा पुनःनिर्माण भएको छ । पुरानो भौतिक संरचना र २०७२ सालको भूकम्पका कारण सो विद्यालय भवन जीर्ण बनेको थियो । विद्यालयको स्वर्ण जयन्तीका अवसर पारेर विस २०७५ देखि सुरु भएको विद्यालय भवन पुनःनिर्माण अभियानअन्तर्गत प्रवासमा रहेका बेगखोलावासीको नेतृत्वमा एक करोड ५० लाख सहयोग जुटाएर भवन नयाँ बनाइएको हो ।देश तथा विदेशमा छरिएर रहेका बेगखोलावासी बेगखोला कल्याणकारी समाजमा गोलबद्ध बनेर विद्यालय भवन पुनःनिर्माण अभियान सुरु गरेका थिए । अभियानका क्रममा रु एक करोड ५० लाख सहयोग सङ्कलन गरेर विद्यालयको

    • प्रकाशित मितिः वैशाख ३, २०८०
    • 98 पटक पढिएको
    • नेपाल रेखा
  • वैशाख ११ देखि खोप सप्ताह

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । मन्त्रालयले वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो । लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्णखोप रहेको सुनिश्चित गर्नका लागि सप्ताह मनाउन लागेको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले जानकारी दिए। उनले सप्ताहमा लगाउन छुटका सबै बालबालिकालाई खोप दिइने बताए । विभिन्न जिल्लामा खोप लगाउन छुटेका बालबालिकाको सङ्ख्या बढ्दै गइरहेकाले उनीहरूमा दादुरा, रुवेलालगायत महामारीको जोखिम बढ्न स

    • प्रकाशित मितिः वैशाख ३, २०८०
    • 101 पटक पढिएको
    • नेपाल रेखा
  • सुर्तीजन्य पदार्थको सेवन निषेध अभियान सफल बनाउन प्रभातफेरी आयोजना

    विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरुमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको छ । महानगरले अभियानलाई सफल बनाउन सचेतनामूलक प्रभातफेरी निकालेको छ । महानगर परिसरबाट सुरु भएको प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमापछि शहीद रंगशालामा पुगेर समापन भएको थियो । समापन समारोहलाई सम्बोधन गर्दै महानगरका कार्यबाहक मेयर काजीबहादुर बस्नेतले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र सभ्य सहर बनाउने उद्देश्यका सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाइएको बताए । सुर्तीजन्य पदार्थको सेवनले विभिन्न रोग लाग्नुका साथै सहरको सौन्दर्य

    • प्रकाशित मितिः चैत ३०, २०७९
    • 122 पटक पढिएको
    • नेपाल रेखा
  • विराटनगरलाई प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने तयारी

    विराटनगर । विराटनगर महानगरपालिकालाई कोशी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने तयारी भएको छ । पूर्ण खोप सुनिश्चित पालिका घोषणाका लागि महानगरले सरोकारवालासित बुधबार छलफल गरेको छ । विराटनगरलाई आगामी वैशाख ३ गते पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने महानगरको योजना रहेको छ । मेयर नागेश कोइरालाले पूर्ण खोप सुनिश्चित घोषणाका लागि महानगरले तयारी तीव्र बनाएको बताए । मेयर कोइरालाको अध्यक्षतामा भएको छलफलमा मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले तथ्य र तयारीका आधारमा अनुगमन गरेर आउने प्रतिवेदनअनुसार पूर्ण खोप सुनिश्चिता भएको पालिका घोषणा गर्नुपर्नेमा जोड

    • प्रकाशित मितिः चैत २३, २०७९
    • 122 पटक पढिएको
    • नेपाल रेखा
  • योग तथा प्राकृतिक शिक्षाको पठन–पाठन सुरु गर्ने मनमोहनको तयारी

    विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले देशमै पहिलो पटक योग तथा प्राकृतिक शिक्षाको पढाई सुरु गराउने तयारी थालेको छ । विश्वभरि प्राकृतिक स्वास्थ्यको बढ्दो मागलाई ख्याल गर्दै दक्ष जन शक्ति उत्पादन गरेर रोजगारमा आत्मनिर्भर बनाउने उद्देश्यले पहिलो प्राविधिक विश्वबिद्यालयले देशमै पहिलो पल्ट उच्च शिक्षामा योग तथा प्राकृतिक चिकित्साको पढाई सुरु गराउन लागेको हो । नेपालमै प्राकृतिक स्वास्थ्य शिक्षाको पढाई सुरु गराउनलागि नेपाल र भारतका विज्ञहरुबाट धमाधम पाठयक्रम निर्माण भैरहेको विश्वविद्यालयका उपकुलपति डा. सुभाषश्री पोखरेलले बताए । उनकाअनुसार पाठयक्रम निर्माणपछि तुरुन्तै अनुमति प्राप्

    • प्रकाशित मितिः चैत १२, २०७९
    • 122 पटक पढिएको
    • नेपाल रेखा
  • प्रयोगात्मक कार्यलाई प्राथमिकता राखेर विद्यार्थीको शैक्षिक

    इटहरी । विद्यार्थीका लागि प्रयोगात्मक विधिको पढाई व्याख्यानभन्दा कैयौ गुण बढी प्रभावकारी मानिन्छ । पाठ्यक्रम विकास केन्द्रले प्रयोगात्मक विधिबाट पढाउनुपर्ने विषयहरूमा शिक्षकका लागि निर्देशिका नै बनाएको छ । अझ आमाको दुध छुटेर विद्यालय गएका साना उमेरका बालबालिकाका निम्ति त झनै प्रयोगात्मक विधिमार्फत विद्यालय आउँ–आउँ भन्ने वातावरण तय गर्नुपर्छ । आइतबार इटहरीमा रहेको चिजन्स प्यालेस मन्टेश्वरीले प्रयोगात्मक कार्यलाई प्राथमिकता राखेर विद्यार्थीको शैक्षिक प्रदर्शनी गरेको छ ।कक्षा एक देखि ५ सम्म सहभागी विद्यार्थीहरुले विभिन्न विधामा शैक्षिक प्रदर्शनी गरे । विद्यालयले कक्

    • प्रकाशित मितिः चैत ७, २०७९
    • 109 पटक पढिएको
    • नेपाल रेखा
  • स्वास्थ्य शिविरमा ४ हजार बढीको परीक्षण

    मोरङ । विराटनगर महानगरपालिकाले सञ्चालन गरेको एकीकृत स्वास्थ्य शिविरमा ४ हजारभन्दा बढीले स्वास्थ्य लाभ लिएका छन् ।गत माघ २९ गतेदेखि सुरु भएको एक महिने शिविरमा ४ हजार ८४ जनाले स्वास्थ्य जाँच गराएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले जानकारी दिए । विराटनगर वडा नम्बर १८ बाट सुरु भएको शिविर सोमबार वडा नम्बर १९ बाट समापन भएको छ । पुरुषभन्दा महिला बढी स्वास्थ्य जाँच गर्न आएको उनले बताए । २ हजार ४४५ जना महिला र १ हजार ४३४ जना पुरुषले स्वास्थ्य जाँच गराएका थिए । जसमा भिडियो एक्स–रे १ हजार १७६ जा, ईसीजी ५३५ जना, ल्याब सेवा ८३० जना, भीआइए (पाठेघरको जाँच) ६५० जनाले

    • प्रकाशित मितिः फागुन ३०, २०७९
    • 103 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]