स्वास्थ्य शिविरमा ४ हजार बढीको परीक्षण

  • फागुन ३०, २०७९ / नेपाल रेखा
alt

मोरङ । विराटनगर महानगरपालिकाले सञ्चालन गरेको एकीकृत स्वास्थ्य शिविरमा ४ हजारभन्दा बढीले स्वास्थ्य लाभ लिएका छन् ।
गत माघ २९ गतेदेखि सुरु भएको एक महिने शिविरमा ४ हजार ८४ जनाले स्वास्थ्य जाँच गराएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले जानकारी दिए । विराटनगर वडा नम्बर १८ बाट सुरु भएको शिविर सोमबार वडा नम्बर १९ बाट समापन भएको छ । पुरुषभन्दा महिला बढी स्वास्थ्य जाँच गर्न आएको उनले बताए । २ हजार ४४५ जना महिला र १ हजार ४३४ जना पुरुषले स्वास्थ्य जाँच गराएका थिए । जसमा भिडियो एक्स–रे १ हजार १७६ जा, ईसीजी ५३५ जना, ल्याब सेवा ८३० जना, भीआइए (पाठेघरको जाँच) ६५० जनाले सेवा लिएको उहाँको भनाइ थियो । शिविरमा कोशी अस्पताल, विराट मेडिकल कलेज, नोवेल मेडिकल कलेज, क्षयरोग निवारण संस्थालगायतले सहयोग पु¥याएका थिए ।
समापन समारोहलाई सम्बोधन गर्दै महानगरका मेयर नागेश कोइरालाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले स्वास्थ्यमा दक्ष जनशक्तिको व्यवस्थापनमा महानगर लागिपरेको सुनाए । एकीकृत स्वास्थ्य शिविरका विषयमा महानगरवासीबाट राम्रो प्रतिक्रिया आएको उनको भनाइ थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, वडा नम्बर १ का अध्यक्षसमेत रहनु भएका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, १९ का श्याम घिमिरेलगायतको उपस्थिति रहेको थियो । शिविरमा बालरोग, स्त्रीरोग, दन्तरोग, हाडजोर्नी, छालारोग, फिजिसियनलगायतका सेवा प्रवाह गरिएको थियो ।

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]