विराटनगर पूर्ण खोप सुनिश्चित घोषणा

  • वैशाख ४, २०८० / नेपाल रेखा
alt

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा आइतबार भएको विशेष समारोहमा विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । विराटनगर महानगरपालिका कोशी प्रदेशमा रहेका स्थानीय तहमध्ये पूर्ण खोप सुनिश्चितता गर्ने पहिलो पालिका पनि बनेको छ । विराटनगर महानगरपालिकामा १७ हजार ५०२ बालबालिकाहरुलाई खोप लगाइसकिएको छ । १७ हजार ५०२ बालबालिकाहरुमध्ये १ हजार ५९२ जना बालबालिकाहरु पूर्ण खोप लगाउनबाट छुटेका थिए । उनीहरुलाई घरघरमै पुगेर स्वास्थ्यकर्मीहरुले खोप लगाइसकेपछि मात्रै पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
जिल्ला समन्व्य समिति मोरङका अध्यक्ष अजम्बर राईले विराटनगर महानगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका भएको घोषणा गर्दै मेयर नागेश कोइराला, उपमेयर शिल्ला निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालाई प्रमाणपत्र प्रदान गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले विराटनगर महानगरपालिका एक कदम अगाडि बढेको बताए । विराटनगर प्रदेशको राजधानी र कोशी प्रदेशको एकमात्रै महानगरपालिका भएकाले पूर्ण खोप सुनिश्चितता भएको पालिका हुनु गौरवको विषय भएको चर्चा गरे । “आज विराटनगर महानगरपालिका एक कदम अगाडि बढेको छ,” उनले भने, “प्रदेशको राजधानी पनि यहीं भएकाले राम्रा कामको केही प्रतिशत जस हामीलाई पनि आउँछ । विराटनगरको विकासका लागि प्रदेश सरकारले सधैं सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।” डिजिटलाइज गरेर नयाँ जन्मिने बालबालिकाहरुको अभिलेख राख्नुपर्नेमा उनले सुझाव दिए ।
मेयर नागेश कोइरालाले सबैको साथ र सहयोगले नै विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गर्न सफल भएको बताए । कार्यक्रममा कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बू, संघीय सरकारका स्वास्थ्य सचिव डा. रोशन पोखरेल, जिल्ला समन्व्य समिति मोरङका अध्यक्ष अजम्बर राई, विराटनगर महानगरपालिकाकाकी उपमेयर शिल्ला निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, सुनसरीको इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी, बर्जु गाउँपालिकाका अध्यक्ष जिवछकुमार रायलगायतले विराटनगर महानगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका बनेको प्रतिबद्धतापत्रमा हस्ताक्षर गरे ।
जन्मिएको १५ महिनाभित्र ७ पटकसम्म १३ प्रकारको खोप बालबालिकालाई अगाइसकेपछि मात्रै खोपको मात्रा पूरा हुने गरेको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले जानकारी दिए । कार्यक्रममा विराटनगर वडा नम्बर १ का काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ४ का जितन थापा, ५ का सन्तोष न्यौपाने, ६ का हरिशचन्द्र सहनी, ७ का मधुबाबु तिवारी, ८ का राम पोखरेल, ९ का विश्वनाथ भगत, १० का अर्जुन गिरी, ११ का तीर्थेन्द्र नेउपाने, १२ का हिरालाल कामत, १३ का सूर्यलाल यादव, १४ का सूर्यनारायण महतो, १५ का प्रकाश साह, १६ का उद्धव भुजेल, १७ का समिम कमर मिया, १८ का जितेन्द्रकुमार साह र १९ का श्याम घिमिरेलाई मेयर कोइराला र उपमेयर कार्कीले पूर्ण खोप सुनिश्चितता वडा भएको प्रमाणपत्र प्रदान गरेका थिए ।

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]