प्रयोगात्मक कार्यलाई प्राथमिकता राखेर विद्यार्थीको शैक्षिक

  • चैत ७, २०७९ / नेपाल रेखा
alt

इटहरी । विद्यार्थीका लागि प्रयोगात्मक विधिको पढाई व्याख्यानभन्दा कैयौ गुण बढी प्रभावकारी मानिन्छ । पाठ्यक्रम विकास केन्द्रले प्रयोगात्मक विधिबाट पढाउनुपर्ने विषयहरूमा शिक्षकका लागि निर्देशिका नै बनाएको छ । अझ आमाको दुध छुटेर विद्यालय गएका साना उमेरका बालबालिकाका निम्ति त झनै प्रयोगात्मक विधिमार्फत विद्यालय आउँ–आउँ भन्ने वातावरण तय गर्नुपर्छ । आइतबार इटहरीमा रहेको चिजन्स प्यालेस मन्टेश्वरीले प्रयोगात्मक कार्यलाई प्राथमिकता राखेर विद्यार्थीको शैक्षिक प्रदर्शनी गरेको छ ।
कक्षा एक देखि ५ सम्म सहभागी विद्यार्थीहरुले विभिन्न विधामा शैक्षिक प्रदर्शनी गरे । विद्यालयले कक्षा कोठामा मात्र सीमित सैद्दान्तिक ज्ञानलाई प्रयोग गर्दै प्रयोगात्मक रुपमा उक्त शैक्षिक प्रदर्शनी गरेको हो । विद्यार्थीको ज्ञानलाई प्रत्यक्ष र प्रयोगात्मक रुपमा अवलोकन गर्न पाउँदा अभिभावक खुसी भेटिए ।
मन्टेश्वरीले किताबी अध्ययनमा मात्र सीमित रहेर पठनपाठन गराउँदा पछिल्लो समय विद्यार्थीहरुले आफ्नो सामाजिक चालचलन, परम्परा र मौलिकता विर्सिदै गएका छन् । यही कुरालाई ध्यानमा राखेर मन्टेश्वरीले प्रदर्शनीमा परम्परागत मौलिक खानाहरु, पुर्खाहरुले दैनिक जीवनमा प्रयोग गर्ने सामाग्री, बाजाहरु साथै सामाजिक चालचलनका कुराहरुलाई पनि प्रदर्शनीमा राखिएको थियो ।
प्रदर्शनीमा खानेकुरा वास्तवमा हाम्रो जीवन पद्धति सुहाउँदा बनाएर राखिएको थियो । आउने अभिभावक र पाहुनाले विद्यार्थीले बनाएका परिकारको स्वाद पनि लिएका थिए । अधिकांश नेपाली मौलिक खाना लोप हुँदै गएको अवस्थामा विद्यार्थीले त्यसलाई पुनः प्रयोगमा ल्याउन गरिएको कार्य निकै लोभलाग्दो भएको सञ्जय चौधरीले बताए । पहिला बाबुबाजेले प्रयोग गरेका तर अहिलेका पुस्ताले नदेखेका घ्यू राख्ने हर्पे, तेल राख्ने चौंठी, मोही पार्ने काठको ठेको, मदानी, दही जमाउने काठको आरीलगायतका सामग्री संकलन गरेर प्रदर्शनीमा गरिएको राखिएको थियो ।
प्रदर्शनीमा भाषा, नेपाली, गणित ,सामाजिक, विज्ञान र अंग्रेजी विषयसँग सम्बन्धित विभिन्न समाग्री साथै सामाजिक, सास्कृतिक र मौलिक नेपालीपन झल्काउने बाजा तथा सामग्री राखिएको थियो । विद्यार्थीहरुबाटै निर्मित गेमजोन र रोबर्ट पनि प्रदर्शनीमा राखिएको थियो । साँस्कृतिक कार्यक्रम गरेर मात्र अभिभावकले विधार्थीको सिकाइ नदेख्ने हँुदा यसपटक फरक र नयाँ पुस्तालाई पुराना ऐतिहासिक पक्षको ज्ञान दिन यसपटकको प्रदर्शनी राखेको विद्यालयका संचालक हरि आचार्यले बताए । कार्यक्रमको औपचारिक उदघाटन निःसहाय बालबालिका अनाथ आश्रमकी संचालिका गीता गौतमद्वारा गरिएको थियो ।

नवनियुक्त मुख्यमन्त् ...

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमा ...

इलाममा आजदेखि सूर्यो ...

इलाम। इलाममा आजदेखि दुई दिने ‘प्रथम सूर्योदय चिया ...

आयोगले थाल्यो स्थानी ...

काठमाडौँ। निर्वाचन आयोग स्थानीय तहको चुनावको तयारीमा जु ...

चालु आवको तीन महिना: ...

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाम ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]