इटहरी । इटहरी उपमहानगरले जनता बहुमुखी क्याम्पसमा संचालन गरेको क्वारेन्टाइनमा नेपाल सहित तीन देशका ८१ जना नागरिक रहेका छन् । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमकाअनुसार क्वारेन्टाइनमा ६० जना भारतीय, ७ जना पाकिस्तानी र १४ जना नेपाली नागरिक छन् । त्यहाँ ७८ जना पुरुष र ३ जना महिला छन् । क्वारेण्टाइनमा रहेका सवैजनाको अवस्था सामान्य छ । त्यहाँ जनता क्यामपसको क्यारेण्टाइन सय जना क्षमताको छ । यसैबिच इटहरीबाटै स्वाब संकलन थालिएको छ । क्वारेन्टाइनमा रहेका २० जनाको स्वाब परीक्षणको स्याम्पल लिएर कोशी अस्पताल विराटनगरमा पठाइएको छ । परिक्षणको चाँडै पिसिआर रिर्पोट आइसक्ने इटहरी अस्पतालका इमरजेन्सी प
विराटनगर । प्रदेश नम्बर १ मा हालसम्म पाँच हजार ५१८ जनामा कोरोना परीक्षण भएको छ । द्रूत परीक्षण विधि (आरडिटी) बाट आइतबारसम्म जम्मा चार हजार ५४५ र ल्याबमा नमूना ल्याएर गरिने परीक्षण (पिसीआर) विधिबाट ९७३ जनाको नमुना परीक्षण भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको सूचना डेस्कका अनुसार आरडीटीबाट तीन हजार ८०८ जना पुरुष र ७३७ जना महिलाको परीक्षण भएको छ । पिसीआरतर्फ ७२० पुरुष र २५३ जना महिलाको परीक्षण भएको छ । प्रदेशमा ३० जनामा हालसम्म कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको सङ्ख्या आइतबारसम्म कूल एक हजार ७७१ जना पुगेको छ । ४७ जना घर गएक
दीपक कार्कीइटहरी । सुनसरीको इटहरीमा रहेको माया घर नेपालमा आश्रितहरुका लागि दाताहरुले औषधि उपलव्ध गराएका छन् । लकडाउन लम्बिरहेको समयमा माया घरमा आश्रय लिदै आएका बिरामीहरुका लागि औषधि अभाव हुन थालेको खबर थाह पाएपछि नवरत्न मेडिसिन प्रालिले औषधि सहयोग गरेको हो । विरामीहरुलाई चाहिने औषधि अभाव हुन थालेको माया घर नेपालका पदाधिकारीहरुले सञ्चार माध्यमका गुनासो गरेको थाहा पाएर आफूहरुले औषधि उपलव्ध गराएको नवरत्न मेडिसिन प्रालिका सञ्चालक सन्तोष सुवेदीले जानकारी दिए । उनले माया घर नेपालमा आश्रय लिइरहेकाहरुले प्रयोग गर्दै आएको औषधिको लिष्ट माग गरेर सो अनुसार औषधि उपलव्ध गराएको बताए । माया घरका लागि औषधि सहि
सप्तरी । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर–३ भुल्केमा फेला परेका सङ्क्रमित बसेको कञ्चनरुप नगरपालिकाको मस्जिद आसपास बसोबास गर्नेको स्वाब सङ्कलन गरिएको छ । नगरपालिका–१ वैरवा र २ बरमझियास्थित मस्जिदसँग प्रत्यक्ष सम्बन्धित ३४ जना र नगरपालिकाद्वारा सञ्चालित क्वारेन्टाइनमा बसेका नौ जना गरी ४३ जनाको स्वाब सङ्कलन गरिएको नगरपालिका स्वास्थ्य शाखाका वरिष्ठ अधिकृत डम्बरप्रसाद गुप्ताले जानकारी दिए । क्वारेन्टाइनमा बसेका नौ जना भारतबाट आएका स्थानीयवासी हुन् । क्वारेन्टाइनमा रहेका बाँकी २२ जनाको आइतबार आरडिटी गरिएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पि
इटहरी । विपद ब्यवस्थापन समिति सुनसरीलाई पिपिई र थर्मल गन प्रदान गरिएको छ । बिपद ब्यवस्थापन समिति सुनसरीका अध्यक्ष प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई ३० थान पीपीई सेट र ४ थान थरमल गन प्रदान गरेको सेभ द अर्थ सुनसरी अध्यक्ष पुष्प भटटराईले बताए । वल्र्ड भिजन नेपाल विराटनगर इकाईको सहयोग र सेभ द अर्थ सुनसरीको संयोजनमा ती समाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले यो संकटको घडीमा आवश्यक पर्ने समाग्री प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरे ।
धरान / धरानस्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका उपकुलपतिको गैरजिम्मेवार पूर्ण कामले धरानमा जोखिम बढेको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताएका छन् । स्थानीय तहसँग समन्वय नगरि काम गर्दा प्रतिष्ठानमा कार्यरत नर्स, चिकित्सक तथा प्रहरीसमेत जोखिममा परेको उनले बताएका छन् । समन्वय नभएको कारण संक्रमितको पुर्नः पुष्टी गर्ने क्रममा धरानमा कोरोनाको जोखिम बढेमा प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीले जवाफदेहिता बहन गर्नुपर्ने उनले बताए । ‘४ दिनदेखि लगातार फोन गरिरहेको छु । भिसी सापलाई फोन उठ्दैंन् । कल ब्याक पनि गर्नु भएको छैन । म प्रतिष्ठानको सिनेट सदस्य पनि हु ।’ उन