प्रदेश नम्बर १ मा पाँच हजार बढीको परीक्षण "पत्रकारलाई एन ९५ मास्क "

  • वैशाख १५, २०७७ / "नेपाल रेखा"
alt

विराटनगर । प्रदेश नम्बर १ मा हालसम्म पाँच हजार ५१८ जनामा कोरोना परीक्षण भएको छ ।

द्रूत परीक्षण विधि (आरडिटी) बाट आइतबारसम्म जम्मा चार हजार ५४५ र ल्याबमा नमूना ल्याएर गरिने परीक्षण (पिसीआर) विधिबाट ९७३ जनाको नमुना परीक्षण भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको सूचना डेस्कका अनुसार आरडीटीबाट तीन हजार ८०८ जना पुरुष र ७३७ जना महिलाको परीक्षण भएको छ । पिसीआरतर्फ ७२० पुरुष र २५३ जना महिलाको परीक्षण भएको छ । प्रदेशमा ३० जनामा हालसम्म कोरोना सङ्क्रमण देखिएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको सङ्ख्या आइतबारसम्म कूल एक हजार ७७१ जना पुगेको छ । ४७ जना घर गएका छन् । क्वारेन्टाइनमा ३०८ महिला र एक हजार ४६३ पुरुष छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन् । एकजना डिस्चार्ज भएका छन् । होम क्वारेन्टाइनमा जम्मा पाँच हजार ७६० जनामा महिला एक हजार दुई जना र पुरुष चार हजार ७५८ जना रहेका छन् ।

पत्रकारलाई एन ९५ मास्क

कोरोना रोकथाममा नियमित समाचार सङ्कलन गर्ने पत्रकारको स्वास्थ्य एवं सुरक्षाका लागि ध्यान दिई करुणा फाउण्डशेन नेपाले स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

फउण्डेशनका प्रदेश सहनिर्देशक योगेन्द्र गिरीले नेपाल पत्रकार महासङ्घ मोरङका उपसभापति कुमोद अधिकारीलाई एन ९५ मास्क, सेनेटाइजरलगायतका स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् ।

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]