दीपक कार्की
इटहरी । सुनसरीको इटहरीमा रहेको माया घर नेपालमा आश्रितहरुका लागि दाताहरुले औषधि उपलव्ध गराएका छन् ।
लकडाउन लम्बिरहेको समयमा माया घरमा आश्रय लिदै आएका बिरामीहरुका लागि औषधि अभाव हुन थालेको खबर थाह पाएपछि नवरत्न मेडिसिन प्रालिले औषधि सहयोग गरेको हो ।
विरामीहरुलाई चाहिने औषधि अभाव हुन थालेको माया घर नेपालका पदाधिकारीहरुले सञ्चार माध्यमका गुनासो गरेको थाहा पाएर आफूहरुले औषधि उपलव्ध गराएको नवरत्न मेडिसिन प्रालिका सञ्चालक सन्तोष सुवेदीले जानकारी दिए । उनले माया घर नेपालमा आश्रय लिइरहेकाहरुले प्रयोग गर्दै आएको औषधिको लिष्ट माग गरेर सो अनुसार औषधि उपलव्ध गराएको बताए ।
माया घरका लागि औषधि सहित ग्लोपस, मास्क, डिटोल, बेटाडिन र डाईपर लगायतका ३२ हजार बराबरका सामानहरु हस्तान्तरण गरेको हो । औषधि हस्तान्तरण गर्न पुगेका नेपाल औंषधि व्यावसायिक संघका सुनसरी अध्यक्ष रविन्द्र घिमिरेले आफूहरुको संयुक्त लगानीमा सञ्चालन भइरहेको नवरत्न मेडिसिनले यस अघि पनि माया घरलाई औषधि सहयोग गर्दै आएको भएपनि लकडाउनका समयमा समन्वय नभएको कारण ढिलो भएको हुदा पुन औषधि ल्यइदिएको वताए ।
दाताहरुको उल्लेखिय सहयोग रहदै आएको माया घरमा हाल ५० जनाले आश्रय लिदै आएकोमा ३२ जनाले विभिन्न रोगको औषधि सेवन गर्ने रहेको माया घर नेपालकी सचिव सुभद्रा प्याकुरेलले जानकारी दिइन् ।
माया घर नेपालले विभिन्न कारणले सडक क्षेत्रमा वस्दै आएकाहरुलाई उद्धार गरी संरक्षण दिदै आएको छ । नेपाल औंषधि व्यावसायिक संघका उपाध्यक्ष प्रभात श्रेष्ठ लगायतले माया घरकी सचिवलाई हस्तान्तरण गरेका थिए ।