एकराज पाठककाठमाडौँ । विसं २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्रको उदय भएको भोलिपल्टै राजधानी काठमाडौँबाट पहिलो दैनिक पत्रिका प्रकाशन भयो । देशवासीले प्रजातन्त्र प्राप्त गरेको २४ घन्टाभित्रै निजी क्षेत्रबाट अर्थात् कुनै व्यक्तिको पहलकदमीबाट दैनिक पत्रिका प्राप्त गर्नुलाई समान्यरूपमा मात्र लिन सकिँदैन । त्यस समयका युवाकवि शिद्धिचरण श्रेष्ठले ‘आवाज’ नामको दैनिक पत्रिका विसं २००७ फागुन ८ गते प्रकाशन गर्नुभएको थियो । यो नै नेपालको पहिलो दैनिक पत्रिका हो । यसअघि गोरखापत्र दैनिकरूपमा प्रकाशित थिएन । अरु पत्रिकाहरू साप्ताहिक र अधिकांश मासिकरूपमा प्रकाशन हुने गर्दथे ।मुलुकमा राणा शासन थियो ।
बहराइनले डा. सन्दुक रुइतलाई इसा अवार्ड फर सर्भिस ह्यूमानिटी दिने घोषणा गरेपछि वरिष्ठ चिकित्सक सन्दुक रुइतका बारेमा सबैले खोज खबर गरेर वाहाँका विययमा संचार माध्यममा आएका समाचार, लेख सामाजिक संजालमा आएका सामग्रहीहरुलाई विशेष रुपमा चाख राखेर अध्ययन विश्लेषण गर्न थालेका छन् । डा. रुइतले १३ करोड ८ लाख रुपैयाँको अवार्ड, गोल्ड मेडल र प्रमाण–पत्र पाउदै हुनुहुन्छ । यो अवार्ड नेपालीले पाएको हाल सम्मकै ठूलो राशी भएको भन्ने दावी गर्ने गरिएको छ । ताप्लेजुङको ओलाङचुङगोलामा जन्मनु भएका डा.रुइतले यस अघि रेमन म्यागसेसे, भारतबाट पद्मश्री नामको अवार्ड लगायतका अवार्डहरु प्राप्त गरि सक्नु भएको छ । डा. रुइतले
आसन्न मंसिर ४ गते हुने निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुको मनोनयन दर्ता पश्चात घोषित निर्वाचन कार्यक्रम अनुरुप मतदान पूर्वको अन्तिम कार्यक्रम मौन अवधी कायम रहेको छ । यही मंसिर १ गते राति १२ बजे देखि मौन अवधी शुरु भएको छ । लोकतान्त्रिक अभ्यास अनुरुप हुने निर्वाचनमा बहुमतीय (पहिलो हुने) प्रत्यक्ष निर्वाचन प्रणाली अनुरुप वालिग मताधिकार प्रयोग गर्ने अवसर प्राप्त छ भने समानुपातिक मत प्रणाली अनुरुप मतदान प्रत्यक्ष र प्रतिनिधि अप्रत्यक्ष भएको सम्भावित मत प्रणालीबाट राजनीतिक दलले प्राप्त मतलाई समानुपातिक रुपमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलले हासिल गरेको न्यूनतम मतबाट अधिकतम मतको
गणेश लम्साल संघियता कार्यान्वयनपछि यही ४ मंसिरमा दोस्रो आम निर्वाचन हुदैछ । र अबको एक हप्तापछि निर्वाचन सम्पन्न भएर केहीदिनपछि मतगणनाको परिणाम पनि सार्वजनिक हुन थाल्नेछ । यो निर्वाचननले धेरैको भविष्य बनाउने छ भने धेरैको भविष्यलाई असफल पनि बनाउने छ । आम निर्वाचन केवल कसैलाई जिताउने र हराउने चुनाव मात्र हैन । यो लोकतन्त्रको अद्यावधिक गहना हो । जसले राजनैतिक अधिकारको सुनिश्चितासँगै समग्र नागरिकहरुको उन्नति र सामाजिक न्यायको प्रत्याभूति गराउन बल पुर्याउँछ । अर्थात हामीले अथक संघर्षले निर्माण गरेको नयाँ संबिधान कार्यान्वयन गराउन सहयोग गर्छ । सही नेतृत्व चयन गर्न सक्यौ भने देशमा शुसासन कायम हुन्छ
शालिग्राम पाण्डे नेपाल सरकारले वस्तु वा सेवाको प्रचार प्रसारका लागि गरिने विज्ञापन तथा विज्ञापन सम्बन्धि व्यवसायलाई नियमन गर्ने भनेर विज्ञापन(नियमन गर्ने) ऐन, २०७६ बनाएको छ । देशमा छापा, विद्युतीय माध्यम, अनलाइन आदि संचार माध्यमहरु रहेका छन् देशको कानुन पालना गरेर दर्ता गरि प्रकाशन तथा प्रसारण भइरहेका संचार माध्यमहरुले पाउने नेपाल सरकारका विज्ञापनहरु समानुपातिक ढंगले पाउनु पर्छ भन्ने विषयमा कुरा उठान भएको २० वर्ष बितिसकेको छ । समानुपातिक विज्ञापन नीति सम्बन्धमा अदालतमा मुद्दा परि अदालतबाट विज्ञापन सम्बन्धि ऐन बनाएर अदालतबाट आदेश भएपछि नेपाल सरकारले विज्ञापन ऐन, २०७६ बनाएको अवस्था छ । सरकारले
जनक पाण्डे इटहरी । रफ्तारमा आएको स्कुल बसले आफुलाई झण्डै ठक्कर दिएको बारे मैले स्थानीय जनप्रतिनिधिलाई सुनाउँदा–‘तँपाई त आज एकपल्ट पर्नुभएछ; यहाँ त त्यस्तो कहिलेकाँही दिनमै ३÷४ वटा पनि भइदिन्छ’, ती जनप्रतिनिधिले भने–स्कुल आवरमा यो बाटो अतिनै ब्यस्त बन्छ । बाटो घुमाउरो छ, त्यसमा पनि यो बाटो स्कुल बसहरुको तिव्र गतिका कारण झनै जोखिमपूर्ण छ । ५ नं. वडा इटहरी स्थित नेप्से चौक र सिमरवना चोकका स्थानीय र अभिभावकहरु अहिले ती सडकहरुमा चल्ने स्कुल बसहरुको अश्वाभाविक गति देखेर चिन्ता संगै आक्रोशित देखिएका छन् । धेरै सम्झाउँदा पनि स्कुुल बसले अटेर गर्न थालेपछि आफुले गाडी
परिचयः डेंगु एक प्रकारको भाइरसबाट लाग्ने रोग हो। यो एडीस प्रजातीको एडीस एजिप्टी र एडीस एल्बोपेक्टस नामको पोथी लामखुट्टेबाट मानिसमा सर्दछ। यो प्रजातीका लामखुट्टेले डेंगु रोग भएको मानिसलाई टोकेमा ती भाइरस उक्त लामखुट्टेको पेटमा पुग्दछन् र फेरि स्वस्थ व्यक्तिलाई टोक्दा ती भाइरस स्वस्थ मानिसको शरीरमा प्रबेश गर्दछन् र ३ देखी ७ दिन सम्ममा स्वस्थ मानिसमा पनि रोगका लक्षण देखा पर्न थाल्दछन्। डेंगु सिधै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन। यो रोग सार्नको लागि माध्यम लामखुट्टे नै हो। डेंगु लामखुट्टेले संग्लो, जमेको पानीमा बसेर प
गोविन्द आचार्यतत्कालिन केपी ओली नेतृत्वको सरकारले सम्बन्धित सरोकारवालाहरुसँग छलफल नै नगरी २०७६ वैशाख २७ गते संघीय संसदको राष्ट्रियसभामा नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक दर्ता गरायो ।नेपाल सरकारले दर्ता गरेको यो विधेयकप्रति नेपाल पत्रकार महासंघ लगायत सरोकारवालाहरु र प्रेस काउन्सिलसमेतको विरोधपछि राष्ट्रियसभाको विधायन व्यवस्था समितिले सबै सरोकारवालाहरुसँग छलफल गरी प्रस्तावित विधेयकमा संशोधन गर्न एक उपसमिति गठन गर्यो । उक्त उपसमितिले विभिन्न चरणमा नेपाल पत्रकार महासंघ लगायत सरोकारवालाहरुसँग छलफल गरी समितिमा प्रस्ताव पेश गरेपछि समितिले विधेयकमा केही संशोध
२०४७ साल यता राजनीतिक दलहरुको संरक्षणमा स्थापना भएका पत्रपत्रिकाहरुले निष्पक्ष समाचार प्रवाह गर्नुको साटो आफु पक्षधर पार्टी र धारको बिचार मात्र प्रवाह गर्ने र वास्तबिकता ढाकछोप गर्ने प्रबृत्तिको बिकाश हँुदै गयो । देशमा संञ्चार क्षेत्रमा ठुलो लगानी भएता पनि नेपाली पत्रकारिता पार्टीगत राजनीतिबाट अछुतो हुन नसकेकोले वाध्यकारी कारण पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ पनि राजनीतिक भागबन्डाले गर्दा पत्रकारिता स्वतन्त्र र निश्पक्ष हुन सकिरहेको छैन । यो परिवेशमा संञ्चार माध्यमहरु राजनीतिक संरक्षणमा हुर्किरहेको देखिन्छ । यसरी संञ्चार माध्यमहरु पार्टीको मुखपत्र जस्तो बन्दै गईरहेको आवस्थालाई हे
जनताको माग भनेको राजनीतिक दलहरुले जनतालाई लाभ फाइदा हुने कार्यक्रम ल्याउनु पर्छ मुलुक र जनताको हितमा रहेर राजनीति गर्नेलाई मात्र भोट दिनु पर्छ भन्ने हो । गठबन्धन गरेर, जालझेल गरेर, कानुन मिचेर शक्तिको आडमा अझै जे मनलाग्यो त्यही गर्ने ? जनता गरिवी, अशिक्षा, भोकमरी, वेरोजगारीमा डुवी रहुन् वास्ता नगर्ने ? आफु र आप्mना परिवार नातागोता अकुत सम्पत्ती कमाउन र सत्तामा पुगेर ऐस आराम गर्नमा रम्ने जनताको दुःख सुख देखेर पनि नदेखेको बहाना गर्नेहरुलाई सचेत मतदाताले आउने मंसिर ४ गतेको निर्वाचनमा धुलो चटाउनै पर्छ । –शालिग्राम पाण्डे । नेपाली जनताले फेरी एक पटक आप्mनो अधिकार