पत्रकारिता स्वतन्त्र पेसा हो भने यो पेसा अपनाउन चाहनेमा न्यूनतम योग्यता हुनैपर्दछ । स्वस्थ पत्रकारिता सशक्त र सुयोग्य पत्रकारबाट मात्रै सम्भव हुन्छ । पत्रकारिता आफैमा श्रद्धेय बौद्धिक पेसा हो तर आज पत्रकार भन्नासाथ नाक खुम्च्याउनुपर्ने अवस्था पत्रकारिताको धर्म नबुझेकाहरुको प्रवेशकै कारण सिर्जना भएको हो । नेपालमा अहिले पत्रकारहरु राजनीतिक दलहरुको छायामा रहेका प्रेस युनियन, प्रेस सगठन, प्रगतिशिल पत्रकार संघ, क्रान्तीकारी पत्रकार महासंघ, मिडिया नेपाल, मिडिया सोसाइटी, थारु पत्रकार संघ, मगर पत्रकार संघ, फोनिज लगायत बिभिन्न जातीय पत्रकार संघ÷संगठन भित्र रहेर पत्रकारिता गर्नेहरुको स
प्रहरी, सुरक्षाकर्मी महानुभावहरु तँपाईले लोकतन्त्रको रक्षा गर्दै जनताको सेवा गर्ने हो जनताप्रति दमन गर्ने होइन, जनतालाई त्रसित, आतंकित बनाउने होइन । निर्दोषलाई जबरजस्ती दोषी बनाउने होइन ‘बरु ९९ अपराधी छुटुन् तर एउटा पनि निरपराधि नपरुन्’ भन्ने मोटो के का लागि हो छातीमा हात राखेर एक मुठी माटो हातमा लिएर विशुद्ध ढंगले सोच्नुस त तँपाई जन्मिदा के लिएर आउनु भएको थियो अनि मर्दा के लिएर जानु हुन्छ ? लकडाउन छ भन्दैमा अत्यावश्यक वस्तु त रोकिएको छैन नि प्रहरी प्रशासनलाई सामान चाहिदा पसल खोल्न लाएर सामान लिने अनि सर्वसाधारणलाई सामान चाहिदा १० मिनेट खोलेर सामान विक्रि गर्दा व्यापारी त्यत्रो ठूल
इटहरी । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको त्रास नेपालमा पनि परेको छ । कोरोना भाइरसको त्रासका कारण सरकारले २०७६ चैत्र ११ गते देखि देशभर लकडाउन गरेकाले लकडाउनका कारण सानो लगानीका धेरै मिडियाहरु बन्द हुन पुगे । लकडाउनले खास गरि छापामाध्यमलाई असर पारेको अवस्था छ । लकडाउनका कारण उद्योग धन्धा, व्यापार व्यवसाय बन्द भएकाले संचार माध्यमले पाउने विज्ञापनमा गिरावट आयो । जसका कारण कतिपय संचारमाध्यम बन्द भए भने कतिपय संचारमाध्यमले पत्रकारहरुलाई जागिरबाट विदा दिएको अवस्था छ । कतिपय पत्रकारहरुले काम गरेको तलव पाएका छैनन्, ठूलो लगानीको संचार गृहहरुबाहेक सबैको अवस्था यस्तै छ । बिभिन्न संचार माध
आधुनिक लोकतन्त्रमा नागरिकले सूचना प्राप्त गर्ने हक अन्य हक अधिकारहरुको सामिप्यमा सर्वाङ्गिण मानिन्छ । त्यसैले लोकतन्त्रमा सूचनाको हक जनताको आँखा, कान र मष्तिस्कसम्म पुर्याउने कार्यका खातिर पत्रकारितालाई राज्यको चौथो अंगको रुपमा स्वीकार गरियो । लोकतान्त्रिक मुलुकहरुमा सूचनाको निर्वाध हकलाई सुरक्षित गर्न विशेष प्रकृतिका गोपनीय अधिकार बाहेक अन्य अधिकारहरु सर्वथा खुल्ला, पारदर्शी र खुलस्त ठानिन्छन् । यीनै सूचनाहरुको सर्वव्यापकताको क्षेत्रमा काम गर्ने मानव श्रोत नै सूचना प्रवाहका हस्ती पत्रकारहरु हुन् । पत्रकारिता र पत्रकारको विचमा रहेको व्यवसायिक साइनो कमाई खाने मात्र होइन । पत्रकारिता राष्ट्रिय ज
विश्वव्यापी रुपमा देखिएको कोभिड–१९ को बढ्दो प्रभावलाई अपेक्षित रुपमा रोकथाम गर्न सन्सारभरिका राष्ट्र राज्यहरुले भगिरथ प्रयत्न गरिरहेका बेला नेपालमा २०७६ चैत्र ११ गते देखि लागू भएको बन्दाबन्दी करिव ४ महिना पछि अर्थात २०७६ साउन ८ गते देखि अन्त्य भएकोमा नेपाल सरकारले पुनः बन्दाबन्दीको स्वरुप परिवर्तन गरी निश्चित क्षेत्र र स्थानमा स्थानीय प्रभाव र असरका आधारमा स्वयं स्थानीय सरकारले नै आवश्यकता महसुस गरी बन्दाबन्दी घोषणा गर्ने नीतिगत परिवर्तन गरेको हुँदा मुलुकमा अन्त्य भएको बन्दाबन्दी पश्चात अस्वभाविक र असुरक्षित आवागमनका कारणले रोगको संक्रमण समुदाय स्तरमा फैलिएको प्रष्ट छ । लामो समय सम
मुलकमा कोरोना भाइरसको संक्रमणको जोखिम देखाएर २०७६ साल चैत्र ११ गतेदेखि लकडाउन गरिएको थियो । लकडाउन गरिदाको अवस्थामा कोरोना संक्रमितको संख्या दर्जन पनि पुगेको थिएन । सरकारले करिव ४ महिना पछि लकडाउन खोल्यो लकडाउन खोल्दाको अवस्थामा कोरोना भाइरस संक्रमितको अवस्था १५ हजारको हाराहारीमा पुगेको थियो । सरकारले यति लामो समयसम्म लकडाउन गर्न हुदैन थियो लकडाउन भनेको सरकारद्वारा जनताको स्वतन्त्रताको हरण गर्ने कार्य हो । लोकतान्त्रिक सरकारले पटक–पटक जनताको स्वतन्त्रताको हरण गरिरहँदा मानवअधिकारवादीहरु किन मौन छन् बुभ्mन सकिएन । सरकारले जनताको हिड्ने, बोल्ने, पेशा व्यवसाय गर्ने सम्पत्ती बेच विखन गर्ने, स
हाम्रो देश वहुजाती बहुभाषि मानिसहरुले बसोबास गरेको सुन्दर राष्ट्र हो । जुन विभिन्न जात जाति धर्म संस्कृति परम्परा मुल्य मान्यताले सम्पन्न छ । यहाँ विभिन्न जातजातिहरुले विभिन्न चाडपर्वहरु मनाउने गर्दछन् । जस्तै दशै, तिहार, छैट, एकादशी, जितिया, उद्यौली, उ भौली, तिज, जनैपूर्णिमा लोसार आदि । यी विभिन्न चाडपर्वहरुले समाजलाई एक सुत्रमा बाँधेर सम्य समाज निर्माण गरी एक आपसमा भाइचाराको सम्बन्ध स्थापित गर्ने कार्यमा महत्वपूर्ण भुमिका खेलेको पाइन्छ । यी हरेक चाडपर्वहरुको आ–आफ्नै किसिमको महत्व र विशेषता रहेको हुन्छ । हाम्रा यस्ता चाडपर्वहरुले समाजमा एकअर्का प्रति सम्मान
“अनुदान भन्दा अगाडी उहाँको सफलताका लागि दृढ संकल्प सहितको ईच्छाशक्ति, ईमान्दारिता, आत्मविश्वास, अटुट परिश्रमले काम गर्दछ । यो कसैलाई पत्तो छैन । अनि पारिवारिक समर्थनलाई उहाँ कहिल्यै बिर्सनुुहुुन्न । अनुदानमा मात्र खासै विश्वास नराख्ने नवराजलाई ‘अनुदानले अल्छे बनाउछ भन्ने लाग्छ ।” इटहरी उपमहानगरको एका छेउमा कृषिलाई ब्यावसायीकरण गर्दै जिवनलाई उत्साहि बनाउने मेहनति पशुपालक किसानसँग फोन सम्वादमै परिचय भयो । उहाँले आफ्नो कृषि कार्यको बारेमा सम्वादमै मलाई पनि उत्साह भर्नु भयो । म अकर्मण्यताका साथ उहाँको गोठ र खोर भएकै ठाँउमा पुग्न लालायीत भएँ । उहाँले मलाई फोन सम्वादमै पशुपालन
प्राकृतिक सम्वेग र समवेदनाका रुपमा आएको नोवल कोरोना भाइरसले मानव र प्रकृतिका विचमा यथोचित सम्बन्ध गाँस्न सकेन । चिनको उहानबाट परिचित हुँदै आएको कोरोना भाइरस कोभिड–१९ ले संसारकै ठूलो औद्योगिक मुलुक चिनलाई आक्रान्त बनायो । चिन र चिनको राज्य सत्ताले तत्कालै उक्त भाइरसको बैज्ञानिक परिक्षण र निदान विधिको उपयुक्त प्रयोगका कारण करिव २ महिनाको अवधिमा भयावह रुपमा फैलिएको कोभिड–१९ लाई नियन्त्रणमा लिन सफल भयो । औद्योगिक राष्ट्र भएकाले चिनमा आवतजावत गर्ने पर्यटक वा चिनवाट बाहिरीने चिनीयाँ नागरिकबाटै कोरोना भाइरस चिनको भूगोल नाघ्न सफल भयो । अपरिचित भाइरस भएका कारणले संक्रमण भएका नयाँ मुलुकहरुमा
सुनसरी जिल्लाको पूर्वी सिमाना र मोरङ जिल्लाको पश्चिम सिमाना एकिन गर्ने बुढी गंगा खोलाले सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका र मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिकालाई प्राकृतिक सिमाको रुपमा सिमाङ्कन गर्छ भने बुढी गंगा खोलाको किनारमा बनाइएको मुक्तिधामको दक्षिण तर्फ पूर्व पश्चिम राजमार्ग रहेको अवस्था छ । सो को दक्षिण २०० मिटर खोला पूर्व इटहरी उपमहानगरपालिकाको थोरै भूभाग पर्दछ । महेन्द्र राजमार्गमा रहेको बुढीखोलाको पुल बालुवा र अन्य अनधिकृत उत्खनन्का कारण मानवीय अतिक्रमणमा परि जोखिमयुक्त अवस्थामा छ । सो पुलका खम्बाहरु र खम्बाका जगहरु खोलाजन्य पदार्थ बालु, गिटी आदि उत्खनन् गरेका कारण साविक पुल निर