हरिशयनी एकादशीको महत्व र वातावरण "दुर्गा दङ्गाल (चाँदनी)"

  • असार १९, २०७७ / "नेपाल रेखा"
alt

हाम्रो देश वहुजाती बहुभाषि मानिसहरुले बसोबास गरेको सुन्दर राष्ट्र हो । जुन   विभिन्न  जात जाति धर्म  संस्कृति परम्परा मुल्य मान्यताले सम्पन्न छ । यहाँ विभिन्न जातजातिहरुले विभिन्न  चाडपर्वहरु मनाउने गर्दछन् । जस्तै दशै, तिहार, छैट, एकादशी, जितिया, उद्यौली, उ1 भौली, तिज, जनैपूर्णिमा लोसार आदि । यी विभिन्न चाडपर्वहरुले समाजलाई एक सुत्रमा बाँधेर सम्य समाज निर्माण गरी एक आपसमा भाइचाराको सम्बन्ध स्थापित गर्ने कार्यमा महत्वपूर्ण भुमिका खेलेको पाइन्छ । यी हरेक चाडपर्वहरुको आ–आफ्नै किसिमको महत्व र विशेषता रहेको हुन्छ । हाम्रा यस्ता चाडपर्वहरुले समाजमा एकअर्का प्रति सम्मान सदभाव अनुशासन नैतिकता र शान्ति कायम गर्ने कार्यमा महत्वपूर्ण भुमिका खेलिरहेका हुन्छन् । यी विविध चाडपर्वहरुमध्ये हरिशयनी एकादशी पनि एक महान पर्व हो । यस हरिशयनी एकादशीको पनि फरक सांस्कृतिक महत्व र अस्तित्व रहेको छ । सनातन धर्म परम्परा अनुसार आचरण शुद्धिका लागि धर्मका नाममा गरिने विभिन्न ब्रत अनुष्ठान मध्ये एकादशी ब्रत शारीरिक स्वस्थ्य, स्वच्छता र दिर्घायुका लागि गरिने धार्मिक अनुष्ठान हो । त्यसैले हिन्दु समाजमा हरिशयनी एकादशीको दिनलाई एक महत्वपूर्ण पर्वको रुपमा लिएको पाइन्छ । हिन्दु धर्मावलम्वीका लागि महत्वपूर्ण दिनका रुपमा लिइने यो दिन निराहार ब्रत बसी भगवान श्री विष्णु र तुलसीको पुजा अर्चना गरेमा आफ्नो मनोकामना पुरा हुने जनविश्वास रहेको पाइन्छ । 

जेष्ठ शुक्ल एकादशीका दिनमा घरघरमा तुलसीको मोठमा राखिएको दलको विरुवा आषाढ शुक्ल एकादशीका दिन घरघरमा विरुवा सारी चार महिनासम्म गरिने विशेष पुजा शुरु गरिन्छ र कार्तिक शुक्ल एकादशीका दिन सम्म विशेष पुजा अर्चना गर्ने परम्परा रहेकोछ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णु भगवानको प्रतिक मानिन्छ । एक वर्षमा २४ वटा एकादशी पर्दछन् । सक्नेले सवै एकादशीमा फलाहार मात्र गरेर ब्रत बस्दछन् भने नसक्नेले चर्तुमासका चार महिनामा पर्ने आठ एकादशीमा ब्रत बस्दछन् ।
धार्मिक दृष्टिकोणबाट हेर्दा जसका घर आँगनमा तुलसीको मोठ मंन्दिर राखि तुलसी रोपिन्छ त्यहाँ देवताको वास भइरहन्छ । तुलसीको वोट विरुवामा जल चढाइरहने मानिसका वंशको तीनै लोकमा कल्याण हने तथा घर परिवार तथा गाँउ राष्ट्रमा सुखशान्ति हुने र आफ्नो मनोकामना पुरा हुने जस्ता धेरै जनविश्वास रहेको समाजमा पाइन्छ । त्यसकारण विष्णु भगवानका प्रतिकका रुपमा तुलसी रोपेर एकादशी मनाउने परम्परा रहेकोछ । त्यसैले पनि यो एकादशीलाई तुलसी एकादशी पनि भन्ने गरिन्छ ।
यस एकादशीलाई व्यवहारिक तथा वैज्ञानिक रुपमा हेर्ने हो भने पनि उतिकै महत्व रहेको पाइन्छ । वृक्षहरुमा सवै भन्दा ज्यादा अक्सिजन उत्सर्जन गर्ने र वातावरणीय दृष्टिले अत्यन्तै पवित्र वृक्षको रुपमा तुलसीलाई मानिन्छ । विभिन्न प्रकारका औषधी निमार्णका लागी पनि अत्यन्तै महत्वपूर्ण मानिन्छ । त्यसैले तुलसीको विरुवा घरघरमा रोपेको खण्डमा विग्रदै गएको वातावरणलाई स्वच्छ बनाउन सकिने वताइएको पाइन्छ । त्यसैले पनि मानिसको मृत्यु हुने र भएको अवस्थामा तुलसीको मोठमा लगेर राख्ने प्रचलन समाजमा देख्न सकिन्छ ।
अन्तमाः यी विविध महत्व वोकेका हाम्रा धर्म संस्कृति चाडपर्वहरुलाई हामीले हरेक दृष्टिकोणबाट हेर्दा आत्मासाथ गर्नु नै मानव जातिका निम्ति उपयुक्त हुने देखिन्छ । तर हालको नेपाली समाजको अवस्थालाई हेर्ने हो भने हाम्रो समाजमा पश्चिमा संस्कृतिको हावी भएको पाईन्छ भने हाम्रा कतिपय चाडपर्व धर्मसंस्कृतिलाई त्यति महत्व दिइएको पाईदैन । यहाँ हत्या, हिंसा, वलत्कार जस्ता जघन्य अपराधहरु तिव्र रुपमा बढदै गएको र कोरोना, क्यान्सरजस्ता विभिन्न किसिमका रोगहरुको उत्पति भई समाजमा अशान्ति फैलिदै गई वातावरण विग्रदै गएको अवस्था देखिन्छ । त्यसैले हरेक व्यतिले आफु र आफ्नो परिवार गाउँ समाज राष्ट्र स्वस्थ स्वच्छ राख्नका निम्ति हाम्रा धर्म संस्कृति चाडपर्व परम्पराहरुलाई आत्मासाथ गरि जोगाई राख्नु पर्ने जरुरी भैसकेको देखिन्छ ।

tulashi

 

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]